मनोरन्जन

पोखरा म्याराथनमा कोटा (संख्या) निर्धारण

पोखरा १६, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा ९संख्या० निर्धारण संगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष… पुरा पढौ

पुन हिल कप भलिवल प्रतियागिता पोखरामा जारी

पाखरा १६, माघ पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा पोखरा प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् । बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइन स्थान सुरक्षित गरेको थियो ।… पुरा पढौ

माघ १८ देखि २ पोखरा थिएटरमा धनिरामको गोरू मंचन

पोखरा १६, माघ पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ। प्रत्येक दिन बेलुका ५ बजे नाटक मंचन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले जानकारी गराइन । उनका अनुसार शनिबार १ बजे पनि नाटक मंचन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन । पोखरामा नाटक मंचनलाई बढ्वा दिने उद्देश्य… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन ‘मिडिया पार्टनर’हरु संग छलफल

पोखरा १६, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सञ्चार माध्यमबाट अझै उचाईमा पुर्‍याउन ‘मिडिया पार्टनर’हरु संग छलफल सम्पन्न भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनलाई जन–जनमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसतर्फ सबैको सहयोगका लागि आग्रह गरे । पोखरा म्याराथन सुरु हुनका लागि अझै १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकहरुले… पुरा पढौ

अरुणा लामा – तारादेवी स्मृति साँझ पोखरामा सम्पन्न

माघ १४ पोखरा हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो । साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको… पुरा पढौ

सवै वर्ग र समुदायमा विमाको पौच पुग्नु पर्छ ःदाहाल

पोखरा ,माघ १४ नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले विमाको पौचलाई धनि देखि गरिव एवंम सवै वर्ग र समु्दायमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । पेशागत विमा अभिकर्ता संघ विमक समिति एल आई सी नेपाल पोखरा साखाको नवौं बार्षिक साधारण सभा तथा पाचौं अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले विमा बचत,लगानी र पारिवारीक आर्थीक सुरक्षाको कवज भएकाले विमा मानव जिवनका लागि अनिवार्य सर्त भएको बताएका हुन् । सोही अवसरमा पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले विमाको… पुरा पढौ

डिफेण्डिङ् च्याम्पियन संकटा स्तव्ध, आर्मी आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश

दीननाथ बरालपोखरा १४, माघ डिफेण्डिङ्ख च्याम्पियन संकटा क्लवलाई स्तब्ध बनाउदै विभागिय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनल खेलमा खेलमा आर्मीले संकटा माथि ३–० को गोल अन्तरले पराजित गरी स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाएको हो । आर्मीको जितमा जिलेस्पीजंग कार्कीको एक र दिनेश हेमजनले दुई गोलको योगदान दिनु भयो । पहिलो हापको अन्तिम समय अर्थात ४५ औं मिनेटमा भरत खबासको पासमा… पुरा पढौ

अतिरिक्त समयमा आशिष चम्कदा थ्री स्टार सेमिफाइनलमा

दीननाथ बरालपोखरा १३, माघ पाहुना टोली भुटानको पारो एफसी आहा रारा पोखरा गोल्ड कपबाट बाहिरियो थपिएको ३० मिनेटको अतिरिक्त समयमा आशिष चापागाई चम्कदा थ्री स्टार क्लव २३ ओैं आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको छ । अतिरिक्त समयको २४ औं र २९ औं मिनेटमा चापागाईले दुई गोल गर्दा पाहुना टोली भुटानको पारो एफसी भने प्रतियोगिताबाट बाहिरिएको छ । तष्विर शुर्दशन रञ्जित शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा थ्री स्टारले अतिरिक्त समयको सहायताबाट २—० को गोल अन्तरले पारो… पुरा पढौ

नेपालमै पहिलो पल्ट पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप हुने

पोखरा, १३ माघ । पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ । विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । यो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ । शनिबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा… पुरा पढौ

पोखरामा खुल्ला नेपाल स्नोकर प्रतियोगिता सुरु

पोखरा १३, माघ पोखरामा आज (शनिबार) देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० सुरु भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन पोखरा ६ स्थित वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले गर्दै संसारमा लोकप्रिय खेल स्नोकरलाई नेपालमा अझै व्यबस्थित बनाउनु पर्ने बताउनु भयो । खेलकुदले व्यक्तिलाई आत्म अशुसासन, समाजमा शान्ति सुरक्षा समेत कायम गर्न मद्वत पुग्ने उहाँले बताउनु भयो ।… पुरा पढौ