पोखरा, १९ साउन , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक विकासमा जोर्ज जोन दम्पतीको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित मुलुककै अग्रणी पृथ्वीनारायण कलेजको स्थापना तथा विकासमा अग्रस्थानमा बसेर गरेको काम अतुलनीय रहेको भन्दै भट्टले डा। जोर्ज जोन र डा। एलियाम्मा जोनको खुलेर प्रशंसा गर्नुभयो । जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भट्टले शिक्षा क्षेत्रमा लागेका व्यक्तित्वहरुको सम्मान र असहाय, जेहेन्दार, गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा प्रतिष्ठानको कामको लागि…
पुरा पढौ