अर्थतन्त्र

कास्कीका कुन कुन बिद्यालयले ४ जिपिए ल्याए ! , कास्कीमा ८१.७५ प्रतिशत उत्तीर्ण, ६५ विद्यार्थीले ल्याए ४.० जिपिए, एकै बिद्यायका १२ जनाले ल्याए ४.० जिपिए

दीननाथ बराल,पोखरा, २९ वैशाख, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा कास्कीबाट ८१.७५ प्रतिशत उत्र्तीण हुनु भएको छ । जिल्लामा कुल सहभागी विद्यार्थी मध्ये ८१.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले पोखरा क्लिकलाई जनाएको छ । १८.२५ प्रतिशत बिद्याथी भने नन् ग्रेडेड भएका छन् । कास्कीमा यस बर्ष ९ हजार ७ सय ५ जना र प्राविधिक धार तर्फ १ सय ८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका… पुरा पढौ

पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम सकियो

पोखरा, २९ वैशाख, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि सुरु भएको पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा र नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) को प्राविधिक सहयोगमा भएको तालिम मंगलबार सकिएको हो । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरु सहभागी थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्माले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शर्माले अहिलेको समय एआई र मल्टिमिडियाको भएको उल्लेख… पुरा पढौ

छोरेपाटन माविका ३ जनाले ल्याए एसइईमा ४ जिपिए

पोखरा, २९ वैशाख, राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार छोरेपाटन माविका ३ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले उच्चतम् ४.० जिपिए ल्याएका हुन् । विद्यालयबाट २०८१ सालमा १ जनाको पनि ४.० जिपिए आएको थियो ।नतिजा हेर्दा छोरेपाटन माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ । कुल १ सय ८१ जना विद्यार्थी परीक्षामा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी… पुरा पढौ

बेसलाइन एकेडेमीकी छात्रा कृतिका ले यस बर्षको एसईईमा ल्याइन ४.० जिपिए

पोखरा १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको नतिजाअनुसार उनले यो उच्चतम् सफलता हात पारेकी हुन् । विद्यालयबाट यस वर्षको परीक्षामा कुल ३२ जना विद्यार्थी सहभागी भएका थिए । नतिजाको विवरणअनुसार विद्यालयका ६ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए (ए प्लस) ल्याउन सफल भए । त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए (ए) हासिल गरेका छन् । परीक्षामा… पुरा पढौ

वर्ष महिला खेलाडी को होला !

पोखरा, दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट मनोनयनमा परेका… पुरा पढौ

पोखराको मदरल्याण्ड माविका १२ जना विद्यार्थीले ४.० जिपिए ल्याए

दीननाथ बराल,पोखरा, २९ वैशाख, पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका १२ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल हुनु् भएको हो । यस वर्षको नतिजासँगै मदरल्याण्डले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बिद्यालयको दाबी छ । विद्यालयबाट २०८० सालमा १० जना र २०८१ सालमा ११ जनाले ४.० जिपिए ल्याएका थिए भने यसपटक उक्त संख्या बढेर १२ पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार विद्यालयबाट एसइईमा सहभागी १ सय ६३… पुरा पढौ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौलाको उम्मेदवारी दर्ता

पोखरा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा जारी महाधिवेशनमा सिटौलाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर रहेका छन् भने समर्थकमा महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहेका छन् । सिटौला वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । वैशाख २९ गतेसम्म पोखरामा सञ्चालन हुने महासंघको महाधिवेशनका लागि सिटौलाले ‘शक्तिशाली महासंघ र सुरक्षित लगानी’ भन्ने मूल नारासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा… पुरा पढौ

यस वर्षको एसईई नतिजा एक महिनामै सार्वजनिक, गत वर्षभन्दा सुधार — ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सकिएको करिब एक महिनामै सार्वजनिक गरेको छ । यसपटकको नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । यस वर्ष उक्त संख्या बढेर ६५.९८ प्रतिशत पुगेपछि नतिजामा सुधार आएको शिक्षा सचिव चुडामणि पौडेलले बताएका छन् । यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी… पुरा पढौ

उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

पोखरा, २८ वैशाख, पोखराले नेपाली खेल इतिहासमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको छ । यही गौरवशाली विरासतलाई अगाडि बढाउने क्रममा अहिले युवा खेलाडीहरुको एउटा यस्तो पुस्ता मैदानमा देखिएको छ, जसले आफ्नो कलिलो उमेरमै ठूला–ठूला सफलताको जग बसालिसकेका छन् । खेलप्रतिको अगाध प्रेम, नियमित प्रशिक्षण, अनुशासन र राष्ट्रको झण्डा फहराउने दृढ संकल्प बोकेका यी खेलाडीहरू यतिबेला नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएका छन् । यसै सन्दर्भमा, पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान… पुरा पढौ

मेडिप्लस अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” आयोजना गर्ने

पोखरा, अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरले “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” अन्तर–नर्सिङ विभागीय मेडिकल क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । नर्सिङ स्टाफहरूको क्षमता अभिवृद्धि, टीमवर्क सुदृढीकरण, सञ्चार सीप विकास तथा व्यावसायिक ज्ञान विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रकाश बि.क.ले बताउनु भयो । यही वैशाख २९ गते (मे १२) मा हुने प्रतियोगितामार्फत अस्पतालभित्र सिकाइमैत्री, प्रतिस्पर्धात्मक र प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा… पुरा पढौ