अर्थतन्त्र

२० औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार विहान ठिक ७ बजे दौड सुरु हुने, नेपाल सहित २१ देशका ३५०६ धावक २१ इभेण्टमा प्रतिष्प्रर्धा गर्दै, ७६ जना पुरस्कृत हुने

दीननाथ बराल. पोखरा १, फागुन खेलकुदको शहर पोखरामा भोलि (शनिबार) २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान ठिक ७ः०० बजे उक्त दौड पोखरा रंगशालाबाट सुरु हुने भएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार बिहान ६ः०० रिपोटीङ हुने भएको छ । म्याराथन सहितको २१ वटा इभेण्टको लागि आवश्यक अन्तिम तयारी पूरा भएको समेत बताउदै उहाँले यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन… पुरा पढौ

बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन्। शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाको आयोजनामा सम्पन्न भएको “बालबालिका सम्बन्धी नियमावली, २०८२” को मस्यौदामाथि विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रदेश बाल अधिकार समितिको बैठकसमेत बसेर बाल अधिकार संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको उनले उल्लेख गरे । “बालबालिका भविष्यका मात्र होइन,… पुरा पढौ

प्रेमी जोडीलाई अन्नपूर्ण केवलकारले केक सहितको छुट्टै क्याबिनको प्याकेज ल्यायो

दीननाथ बराल,पोखरा, १ फागुन, भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई लक्षित गर्दै पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले प्रेमी जोडीका लागि केकसहितको छुट्टै क्याबिन प्याकेज सार्वजनिक गरेको छ । फेब्रुअरी १४, (शनिबार) का दिन मात्र लागू हुने यो अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने जोडीले बेलुन र फूलले सिँगारिएको प्राइभेट क्याबिनमा विशेष यात्रा अनुभव गर्न पाउने भएकाछन् । प्रेम दिवसलाई अझ स्मरणीय बनाउने उद्देश्यले क्याबिनभित्रै आधा पाउन्ड केक निःशुल्क उपलब्ध गराइने भएको कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले पोखराक्लिकलाई बताए । उनका अनुसार केक काट्ने… पुरा पढौ

मनाङ मर्स्याङ्दी क्लव आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा, शुक्रबार दिउसो ३ः०० बजे पछि प्लानिङ व्वाइज बिरुद्ध फ्रेन्ड्स क्लव भिड्ने

दीननाथ बराल, पोखरा, २९ माघ, पोखरेलीको प्रिय टिम उत्कृष्ट कमव्याक हुदै मनाङ मर्स्याङ्दी क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (विहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा मनाङले उत्कृष्ट कमव्याक गर्दै बिभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २—१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा तय गरेको हो । सम्हालिन नपाउदै एक गोल खाएर पहिलो हापमा १—० ले पछि परेको मनाङ दोश्रो हापमा सुधार गर्दै जित… पुरा पढौ

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा, निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि सुरु भएको तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले लोकतन्त्रको उत्सब भएको बताउदै पत्रकारले निर्वाचनका बेला सवेदनशिल भएर निष्पक्ष समाचार जनतामाझ पस्कन पर्ने बताउनु भयो । उहाँले निर्वाचन स्वच्छ, शान्त र निष्पक्ष बनाउन आम सञ्चारको भूमिका लाई ध्यानमा राखेर तालिम आयोजना गरेकोमा महासंघ कास्कीलाई धन्यवाद दिनुभयो ।तालिममा सहभागीहरु मध्यबाट… पुरा पढौ

बिटी कपमा रामघाट फेरि स्तब्ध, लामागाउँ दोस्रो पटक च्याम्पियन, सरोज बने सर्वोत्कृष्ट

पोखरा, २९ माघ, बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ । पोखरा १ टुंडिखेलमा आज ९बिहीबार० भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो । लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे । यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको क्लबका निवर्तमान अध्यक्ष असिम थापाले बताए । गुरुका अनुसार यसअघि सातौं विरेन स्मृति… पुरा पढौ

कुमुदिनी होम्समा कथा वाचन प्रतियोगिता

पोखरा,माघ २९, पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीबार तहगत रुपमा कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि जागोस् र विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्य राखेर नेपाली साहित्यको रसिलो विधा कथा वाचन प्रतियोगिता आयोजना गरिएको कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताउनुभयो। आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा कक्षा ७ (क) की आयुषा गुरुङ प्रथम, कक्षा ८ (क) को एशव परियार र ६… पुरा पढौ

गण्डकी प्रदेशमा सरकारी निकायबाट एक बर्षमा २२ लाख ६४ हजार कण्डम वितरण, शुक्रबार कण्डम दिवस पोखरामा पनि मनाइदै (भिडियो सहित)

पोखरा, २९ माघ, अन्तर्राष्ट्रिय कण्डम दिवसको पुर्व अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग विहिबार अन्तरक्रिया गरेको छ । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । https://www.youtube.com/watch?v=InG2I1MET48 अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए ।… पुरा पढौ

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा

पोखरा , नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जस अन्तर्गत क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरी प्रसाद पहारी निर्वाचित भए । त्यसैगरी सदस्यमा रविन अधिकारी, ओमित गुरुङ, ईस्का राई, राम तामाङ र राजेश गिरी निर्वाचित भएका छन । अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङले पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र साहसिक पर्यटन… पुरा पढौ

मलाई उत्तम पौडेल चाहिएको छ ःरवि लामिछाने

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विगत ३४ वर्षदेखि देशको ढुकुटी सक्नेहरूलाई जनताले नबिर्सने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कार्यक्रममा उहाँले सुशासन लागू गरी कुसासनविरुद्ध संघर्ष गर्ने अभियानमा साथ दिन पोखरेलीसँग अपिल गर्नुभयो। “यहाँ सयौंलाई अन्यायमा पारिएको छ, ३४ वर्षसम्म देशको ढुकुटी सक्नेलाई हामी बिर्सँदैनौं,” उहाँले भन्नुभयो, “हामी सुशासनका लागि सहयात्रा गर्न चाहन्छौं, कुसासनविरुद्ध हाम्रो यात्रा जारी छ।” कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेललाई संसद्‌मा पठाउन आग्रह… पुरा पढौ