अर्थतन्त्र

हिल प्वाईटमा परिवार नियोजनको सचेतना

पोखरा, १७ चैत, नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित हिल प्वाईट माविमा अभियान संचालन गरिएको छ । त्यस अवसरमा विद्यायका भाईस प्रिन्सिपल गंगाराम पौडेलले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद… पुरा पढौ

पोखरामा अवैध ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ जना पक्राउ

पोखरा, सायद कसैले कल्पना पनि नगरेको दृश्य सोमबार राति पोखराको सेदीस्थित सामुदायिक वन नजिकै देखियो। संगीतको तेज धुन, जंगलको एकान्त वातावरण र त्यसैबीच लागुऔषधको नशामा रमाइरहेका युवायुवती—यही अवस्थाबाट प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले राति करिब १ः३० बजे गोप्य सूचनाका आधारमा छापा मारेको थियो। यो ट्रान्स पार्टी कम्तीमा ७२ घण्टासम्म सञ्चालन गर्ने योजना बनाइएको रहेछ। तर प्रहरीको सक्रियताले पहिलो रातमै उक्त योजना असफल बनायो। प्रहरीले… पुरा पढौ

याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम सुरु

पोखरा, १७ चैत, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबार देखि सुरु भएको तालिम बुधबार सकिनेछ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय… पुरा पढौ

याङ्जाकोटमा फोटो पत्रकारको साधारण सभा

पोखरा, १७ चैत, नेपाल फोटो पत्रकार संघ कास्कीको साधारण सभा मंगलबार भएको छ । कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा साधारण सभा भएको हो । साधारण सभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले दिगो र व्यावसायिक फोटो पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए । सूचना प्रविधिको युगमा स्तरीय फोटो खिच्न चूनौति रहेको उनको भनाइ थियो । सोही कारण समाचारको अभिन्न अंग फोटो व्यावसायिक बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । साधारण सभाबाट संघले गरेको प्रमुख उपलब्धि… पुरा पढौ

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

पोखरा, १७, चैत, पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही चैत २८ गते हुने पोखरामा हुने “नाइट रन” प्रतियोगिताको तयारी तीव्र पारिएको छ । मंगलबार पोखरास्थित चाइनिज गार्डेन रेस्टुरेन्टमा आयोजित छलफलमा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा पहिलोपटक हुन लागेको रात्रिकालीन दौडप्रति उत्साहसँगै सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह… पुरा पढौ

विविध कार्यक्रमबीच सहारा बाल आधारभूत विद्यालयको २९औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, पोखरा महानगरपालिका–९ मा रहेको सहारा बाल आधारभूत विद्यालयले आफ्नो २९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त समारोहले शैक्षिक उपलब्धि, सामाजिक सहकार्य र विद्यार्थीको प्रतिभालाई एकैसाथ उजागर गरेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं। ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लोचना कुमारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका वार्षिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो। वार्षिकोत्सवकै अवसरमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि समेटिएको… पुरा पढौ

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

काठमाडौं, काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्। आज (मंगलबार) बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ । रिजालमाथि गत भदौ २३ र २४ गते भएको तथाकथित “जेनजी आन्दोलन” मा दमन गरेको आरोप लागेको छ। सो समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा कार्यरत थिए। आन्दोलनपछि उनी एक महिनाभित्रै उक्त पदबाट बाहिरिएका थिए । यस प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले विस्तृत अनुसन्धान गर्दै रिजाललाई दोषी ठहर गरी… पुरा पढौ

पोखरामा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’मा एक सय गाडी बुकिङ, ८५ करोडको कारोवार

दीननाथ बराल,पोखरा, १६ चैत, पर्यटकीय नगरी पोखरामा सम्पन्न दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’मा करिब एक सय सवारी साधन बुकिङ भएको छ । पाँच दिनसम्म सञ्चालन भएको उक्त अटो शोले ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै अटो शो सम्पन्न भएको आयोजक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=nUCoA-7Dnq4 नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतीमा लेकसाइडस्थित तालबाराही चोक नजिक बाराही खेल मैदानमा आयोजित प्रदर्शनीमा ३५ हजार दर्शकले अवलोकन गरेको वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताउनु भयो… पुरा पढौ

दसौँ पोखरा स्पोर्टस् अवार्ड तयारी, उपसमिति गठन

पोखरा, १६ चैत, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी वैशाख १८ गते आयोजना गर्ने १० औं पोखरा स्पोर्टस् अवार्डको तयारी गरेको छ । सोमबार मञ्चको आयोजनामा अवार्ड तयारीका लागि सदस्यहरु तथा पत्रकार सम्बद्ध संघसस्थाहरुका प्रतिनिधिबीच भेला सम्पन्न भयो । मञ्च अध्यक्ष एमबि आस्थाको अध्यक्षतामा बसेको भेलाले विभिन्न १० उपसमिति गठन गरेको महासचिव परशुराम शर्माले जानकारी दिए । अवार्डको मूल आयोजक समिति संयोजकमा अध्यक्ष एमबि आस्था तथा सहसंयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले छन् । आर्थिक उपसमिति संयोजक जिम्मेवारी कोषाध्यक्ष… पुरा पढौ

कसैले पनि कानून हातमा लिनु हुँदैनः मुख्यमन्त्री पाण्डे, सहारा क्लव सहित ३ पत्रकार सम्मानित (भिडियो सहित)

पोखरा, १६ चैत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कानून बाधक बनेको अवस्थामा त्यसलाई संशोधन गर्न सकिने स्पष्ट पार्दै कसैले पनि कानून हातमा लिन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा ७१औँ स्थापना दिवसको अवसरमा पोखरामा सोमबार आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन्। https://www.youtube.com/watch?v=1n4JBBR9hhI उनले वर्तमान राजनीतिक परिस्थितिमा सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको जिम्मेवारी अझ बढेको तर्क गरे । “अहिलेको अवस्थामा पत्रकारिता कमजोर… पुरा पढौ