अर्थतन्त्र

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा ५, माघ पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको खेल तालिका सार्वजनिक, दील्ली एफसीको स्थानमा एपिएफ सहभागि हुने

दीननाथ बरालपोखरा ५, माघ, २३ औ संस्करणको आहा!रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को उद्घाटन खेलमा आयोजक सहारा क्लव र थ्री स्टार क्लब बिच खेल हुने भएको छ । यही माघ ९ गते हुने उद्घाटन खेलमा समुह एकका सहारा र थ्री स्टार दुबै क्लव बिच पोखरा रंगशालामा उद्घाटन खेल हुने तयारी गरिएको क्लवले जनाएको छ । साथै क्लवले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै पाहुना टोली भारतको दील्ली एफ.सी. टिम नआउने त्यसको स्थानमा शसस्त्र प्रहरी वलको एपिएफ सहभागि हुने जनाएको… पुरा पढौ

शल्यकृया गर्न रकम अभाव भएका बिरामीलाई सहयोग गर्दै युवा व्यावसायी खतिवडा

जया पौडेलपोखरा ५, माघ, शल्यकृया गर्न रकम अभाव भएर पिडामा रहेका बिरामीलाई पोखराका युवा व्यवसायी युवराज खतिवडाले आर्थिक सहयोग गरेका छन्। पोखराका विभिन्न स्थानमा सस्तो बजार संचालन गरी हजारौं जनालाई स्वरोजगार बनाउन सहयोग गरेका खतिवडाले विभिन्न कारणले तत्काल शल्यकृया गर्नुपर्ने तर रकम अभावले गर्दा पिडामा रहेका केही बिरामीलाई अस्पतालमै पुगेर सहयोग गरेका हुन्। युवा व्यावसायी खतिवडाले पर्वत जलजला गाउँपालिकाकी रसिला दमाइलाई आर्थिक सहयोग गरेका छन्। पर्वतको जलजला गाउँपालिकाकी –४,लामाखेतमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी रसिलाको ढाँडमा हाल… पुरा पढौ

गौ सेवाका लागि महायज्ञबाट ५८ लाख सङ्कलन

पोखरा, ०५ माघ राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु।५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा ९वात्सायन क्षेत्र० मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन रु।७२ हजार ८३०, दोस्रो दिन रु।२ लाख ३४ हजार २ सय, तेस्रो… पुरा पढौ

साविक विजेता गण्डकी र हेल्प नेपाल टाइगर कप भलिवलको उपाधिको लागि भिड्ने

पोखरा ५, माघ चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० को उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब फाइनल खेलमा भिड्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पुरुषतर्फको सेमीफाइनलमा आ–आफ्ना खेल जित्दै गण्डकी प्रदेश भलिबल संघ र हेल्प नेपाल स्पोर्टस क्लब फाइनलमा यात्रा तय गरेका हुन। घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगितामा पुरुष तर्फ घरेलु टिम गण्डकी सेमीफाइनलमा, एपिएफसंग भिड्ने

दीननाथ बराल पोखरा ४, माघ, पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुष तर्फको खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफसंग सेमिफाइनलमा भिड्ने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकीले विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन आर्मी क्लबसंग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमीफाइनलको यात्रा तय गरेको हो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५, १७–२५, २५—२१ र पाँचौ सेटमा १५—६ सेटमा पराजित गरेको हो… पुरा पढौ

पुर्व गर्भनर क्षेत्रीद्धारा सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्रः परेको आरोप

पोखरा ४, माघ, योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको आरोप लगाएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारले प्राथमिकतामा राखेको मध्यपहाडी लोकमार्ग अलपत्र पर्ने गरेको प्रसंगबारे गरेको प्रश्नमा जवाफिदै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष… पुरा पढौ

पोखरा–१५ को खेल महोत्सव ः गलेश्वर र श्री १५ फुटबलको फाइनलमा, विद्यालयतर्फ रेन्बो प्रथम

माघ ४, पोखरा । पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो । शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् । निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का… पुरा पढौ

युवा पलायन रोक्न आर्थिक वृद्धि र रोजगारी सिर्जना जरुरी ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

पोखरा,४ माघ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले युवा पलायन रोक्नको लागि आर्थिक वृद्धिसँगैको रोजगारी सिर्जना हुनुपर्ने धारणा राखेका छन् । मासिक ५०÷६० हजारदेखि ३ लाख रुयैयाँसम्म तलब खानेहरुले पनि देश छाडिरहेका छन्,अहिले मनोवृत्ति नै विदेश जानुपर्छ भन्ने देखिएको छ, चाहेर पनि उनीहरुलाई रोक्न सकिएको छैन,’ बिहीबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,‘दक्ष जनशक्ति पलायन रोक्ने हो भने उनीहरुको इच्छा र आकांक्षालाई संवोधन गरिनुपर्छ । विदेश जानेहरुलाई गाली गरेर,अर्ति–उपदेश दिएर यो समस्या… पुरा पढौ

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ८ गते पोखरामा हुने, अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधिसंग भेट्ने अवसर

पोखरा ४, माघ ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ यही माघ ८ गते पोखरामा हुने भएको छ । उक्त कार्यक्रममा अष्ट्रेलियाका १३ बढी युनिभर्सिटीका प्रतिनिधि आउने भएको ग्लोबल रिच नेपाल पोखरा शाखाका संयोजक सरिता गुरुङले बताउनु भयो । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले माघ ८ गते सोमबार अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’सञ्चालन गर्न लागेको उहाँले बताउनु भयो । ग्लोबल रिचको… पुरा पढौ