अर्थतन्त्र

जिसस महासंघ गण्डकीको भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न

पोखरा, फागुन १ जिल्ला समन्वय समिति महासंघ गण्डकीको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । भेलाले उक्त घोषणा जारी गर्दै जिल्ला समन्वय समितिको अनुगमन कार्यलाई प्रभाबकारी बनाउन दक्ष जनशक्ति सहित ल्याबको ब्यबस्था गर्न संघ र प्रदेश सरकारलाई माग गरेको छ । संबिधान संसोधन गरी गाउँ सभा र नगर सभाका सदस्यहरूको मतबाट जिल्ला समन्वय समिति निर्बाचित हुने ब्यबस्था गर्न, राष्ट्रिय सभाको निर्बाचनमा जिल्ला समन्वय समितिका प्रमुख र उप(प्रमुखहरूलाई मताधिकारको ब्यबस्था गर्न ,संघीय सरकारले बनाउने ऎन ,कानुन, कार्यविधिका… पुरा पढौ

पोखरामा ‘बिटी कप सुरु, मेनीमोरको विजयी सुरुवात

पोखरामा बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा आजदेखि सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलबाट मेनीमोर एफसीले विजयी सुरुवात गर्याे । बिटी क्लब हरियो र मेनीमोरबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनीमोरले ३–२ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्याे ।… पुरा पढौ

गण्डकी प्रदेश आइस हक्की संघ गठन, ‘पूर्वाद्धार निर्माण गछौं’–अध्यक्ष पाठक

पोखरा १, फागुन गण्डकी प्रदेशमा आइस हक्की संघ गठन भएको छ । नेपाल आइस हक्की संघको संयोजनमा पोखरामा सम्पन्न एक भेलाले गण्डकी प्रदेश आइस हक्की संघ गठन गरेको हो । नवगठित संघको अध्यक्षमा विरेन्द्र पौडेललाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा मनिष केसी, सचिवमा पूर्ण बहादुर गुरुङ, कोषाध्यक्षमा बिष्णु कार्की चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यमा शिव पौडेल, निपेन्द्र श्रेष्ठ, इश्वरी चापागाई र राजु गिरी रहेका छन् । भेलाले विभिन्न ६ जिल्लामा आइस हक्की खेलको प्रचार र… पुरा पढौ

काली गण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियनसिपमा प्याडल नेपाललाई उपाधि

पोखरा १, फागुन प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक काली गण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज… पुरा पढौ

पोखरामा मंगलबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

पोखरा १, फागुन, पोखराको ड्याम साइड क्लवको आयोजनामा आज (मंगलबार) देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० सुरु भएको छ । पोखरा ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा शान्ति निकुञ्ज स्कुलले जित हासिल गरेको छ । शान्ति निकुञ्जले पोखरा किन्डर गार्डेन (पि.के.जी.) लाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । शान्ति निकुञ्जको जितमा प्रशन्न थापाले निर्णायक एक गोल गरे । खेलमा उनी म्यान अफ दी म्याच समेत घोषित… पुरा पढौ

अफ्रिकन स्वाइन फिभर रोगबाट कास्की सहित गण्डकी प्रदेशमा १६ हजार ५ सय बंगुर÷सुंगुर मरे

दीननाथ बराल, सर्तक रहन तत्काल धेरै सङख्यामा बंगुर उत्पादन नगर्न सुझाव कास्की सहित गण्डकी प्रदेशमा करिब साँढे दुई बर्षको अवधिमा १६ हजार ५ सय ५४ वटा बंगुर तथा संगुर मरेका छन् । अफ्रिकन स्वाइन फिभर रोगका कारण प्रदेशमा उक्त संख्यामा बंगुर मरेको गण्डकी प्रदेशको पशुपालन तथा मत्स्यपालन विकास निर्देशनालय पोखराले सोमबार आयोजना गरेको बंगुर÷सुंंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धि मिडिया ब्रिफिङ कार्यक्रममा उक्त सत्थाङक सार्वजनिक गरिएको हो । यस अवधिमा कास्की जिल्लामा मात्र १५ हजार ३ सय ८८ वटा… पुरा पढौ

पुष्प कविता संग्रह लोकार्पण, पोखरा चिसाखोला वेद बिद्याश्रममा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना

पोखरा २९, माघ विशिष्ट प्रमुख अतिथि प्रा. हरि शरण उपाध्यायल आफू देवघाटबाट आएर यो आश्रमको संचालन तथा पठान पाठन हेर्दा ९६ बर्षसम्मको अनुभवनमा ऋषिकुल आश्रम जस्तो अनुशासित देखेर हर्षित भएको बताए । प्रा.डा. जगन्नाथ रेग्मीले कृतिको समीक्षा सह प्रा.डा. भोलानारायण रेग्मीले कृतिको परिचर्चा सह प्रा. कपिलदेव भट्टराईले सम्पादकीय मन्तव्य व्यक्त गरे। परिषद्का अध्यक्ष नरहरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना, संयोग बस्याल लगायतले वोलेका थिए । पोखरा चिसाखोला बेद विद्याश्रममा संस्कृतिविद् नेपाल ऋषि प्राज्ञ डा. जगमान… पुरा पढौ

पोखरामा मंगलबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने,उद्घाटन खेलमा शान्ति निकुन्ज र पि.के.जी. प्रतिष्प्रर्धा गर्ने

पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (मंगलबार) देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० हुने भएको छ । पोखरा ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा मंगलबार हुने उद्घाटन खेलमा शान्ति निकुञ्ज स्कुल र पोखरा किन्डरगार्डेन मावि (पि.के.जी.) बिच प्रतिष्प्रर्धा हुने भएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु भयो । त्यसै गरी मंगलबार नै दिउँसो १ः०० बजे पछि शिशु कल्याण स्कुल र पोखरा स्पाइरल स्कुल बिच खेल हुने भएको हो । फागुन ६ गतेसम्म संचालन हुने तेश्रो संस्करणको उक्त… पुरा पढौ

काली गण्डकीमा दोश्रो दिन र्‍याफटिङका दुई स्पर्धा सम्पन्न

पोखरा २९, माघ गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम… पुरा पढौ

नासिर र गौरिकाद्वारा किर्तिमान भङ्ग

पोखरा २९, माघनासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो किर्तिमान भंग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७।२६ सेकेन्डको समयमा ०।८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६।३९ सेकेन्ड समयको नयाँ किर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् । नासिरले हिजो आईतबार भएको ४००… पुरा पढौ