अर्थतन्त्र

यति एयरलायन्सले मंगलबार देखि पोखरा भैरहवा हवाई उडान गर्ने, बुद्ध सहित ३ वटा हवाई उडान हुने

दीननाथ बराल, पोखरा २६, कार्तिक, यति एयरलायन्सले भोलि (मंगलबार) देखि पोखरा देखि भैरहवा सिधा हवाई उडान गर्ने भएको छ । यतीले पहिलो पटक पोखरा देखि भैरहवा पहिलो पटक उडान गर्न लागेको हो । बिहान ११ः०५ मा भैरहवा देखि पोखराको उडान गर्ने भएको छ भने पोखरा देखि भैरहवाको उडानको समय तालिका भने ११ः४५ बजे रहेको यति एयरलायन्सकी दीपीका खत्रीले बताउनु भयो । पहिलो चरणमा ७२ सिटे जहाजबाट उडान हुने भएको हो भने हवाई भाडा शुल्क हाललाई २ हजार ५ सय रहेको… पुरा पढौ

पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी, सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ हुँदै

भरतपुर, कार्तिक २६, भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत १।५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४… पुरा पढौ

नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्नेः पूर्वजनरल महता

दीननाथ बराल, पोखरा २६, कार्तिक, भारतीय सेनाका पूर्वजनरल अशोक मेहताले भारतमा नेपालीहरुको लागि भर्ती केन्द्र पुनः खुल्ला गर्नुपर्ने बताउनु भएको छ । २÷५ जी आर ९एफ एफ० ९भी।सी।पल्टन० पूर्व सैनिक परिवार पोखराको १३८ औं जन्म जयन्ती को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा आइतबार पोखरामा वोल्दै पूर्वजनरल मेहताले सयौं देखि नेपाल र भारत बिचको सम्बन्ध छुट्टै रहेको उल्लेख गर्दै केही बर्ष देखि स्थगित भएको भर्ती केन्द्रलाई पुनः संचालन गर्न आग्रह गर्नु भएको हो । यस बिषयमा नेपाल सरकारले भारत समक्ष पुनः… पुरा पढौ

विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको छः अध्यक्ष बराल, विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा सम्पन्न

जया पौडेल,पोखरा २६, कार्तिक, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले विश्व शान्ति स्तुपःले स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भयो । हालै सम्पन्न भएको विश्व शान्ति स्तुप को २५ औं वार्षिक पूजा कार्यक्रममा बोल्दै उहाँले पुम्दी भुम्दी क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपले धेरै पर्यटकहरुलाई आकर्षण गर्दा स्थानियको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको बताउनु भएको हो । पुम्दी भुम्दी मा रहेको पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, बिशाल महादेवको मुर्ति, बुद्ध पार्क निर्माण लगायतका भौतिक… पुरा पढौ

रास्वपाका सभापति रवि लामिछानेलाई पुनः म्याद थप

पोखरा २५, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पुनः १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा कार्तिक २ गते पक्राउ पर्नु भएको सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले चौथो पटक थप १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रवि माथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो ।… पुरा पढौ

महिला समाजसेवा पुरस्कार पद्मादेवी शर्मालाई प्रदान, समुहको अध्यक्षमा ज्योति वस्नेत

पोखरा २५ कार्तिक, यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ ।मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएकोे हो । शनिवार समुहकोे २८ औं साधारण सभा तथा तेह्रौ अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र समुहका अध्यक्ष मनु वस्नेतले नगद ५ हजार, सम्मानपत्र र दोशल्ला ओढाएर शर्मालाई सम्मान गर्नुभयो… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पोखरा २८ का मनोहरि पौडेल मनोनित

पोखरा २५, कार्तिक, पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेल मनोनित भएका छन् । संघका अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।बुद्ध विशाल बजारमा रहेको टुइन्स कलेक्सनका सञ्चालक पौडेल बुद्घ विशाल बजार व्यापरिक एसोसिएनका प्रवक्ता समेत हुन । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य समेत रहेका पौडेल विभिन्न संघ संस्थामासमेत आवद्ध छन् । त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष रहेका पौडेल शीतल युवा क्लब पोखरा १२ को… पुरा पढौ

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष उद्घाटन

पोखरा, २५ कात्तिक पोखरा महानगरपालिका वडा नं १७ सीताको पाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुुभएको हो । बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौवटा विस्तारा, थेरापी मेसिन एवम् औषधी उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य विमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनुुभयो ।स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज… पुरा पढौ

तेस्रो पोखरा अन्तराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगितामा पोखरा र स्याङजामा धावकलाई भव्य स्वागत, एकल तर्फ चाइनालाई र समुह तर्फ नेपालको वर्चश्व

दीननाथ बराल,पोखरा २४, कार्तिक, पर्यटकीय नगरी पोखरामा शनिबार सम्पन्न भएको तेस्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा एकल तर्फ चाइनिज धावकहरुले उपाधि जित्न सफल हुँदा समुह तर्फ भने नेपालका धावकले वर्चश्व कायम गर्न सफल भए । पोखराको बाराहीघाट खेल मैदानबाट सुरु भएको ५० किलोमिटर दौडमा एकल तर्फ चाइनाका पुरुष तर्फका खेलाडी एङ ज्याङ जेन र महिला तर्फ झेङ वाङ रोङले उपाधि जित्दा समुह तर्फ (मिश्रित) ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ (बोटिङ) तर्फ नेपाली सेनाको समुहले… पुरा पढौ

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा दोहोरिए तिमिल्सिना

पोखरा २४, कार्तिक, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज ९शनिबार० पोखरामा आज सम्पन्न भएको हो । संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरिन् । सो अवसरमा बोल्दै कोइरालाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, शेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् । ‘सहकारीलाई जीवन्त, दिगो, बलियो र संस्थालाई अगाडि बढाउन सबैको भूमिका महत्वपूर्ण… पुरा पढौ