अर्थतन्त्र

पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसे र लापसे गरेको अबस्थामा भेटिए

दीननाथ बराल,पोखरा ५, जेठ, पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को परीक्ष गर्दा एक जना मापसे र लापसे गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याँमबाबु ओलीयाको नेतृत्वमा पोखरा २४ मान्द्रढुंगामा पुगेर आज उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको भेटिएको प्रहरीले जनाएको छ । पोखरा २४ घर भएका विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन गरेको टोलीले फेला पारेसंगै उहाँलाई नियन्त्रणमा… पुरा पढौ

“एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गर्यो

दीननाथ बराल,पोखरा ५, जेठ, “एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गरेको छ । कार्यालयमा वातावरण मैत्रि फुल विरुवा रोप्दै कार्यालयको सौन्दर्यताको लागि उक्त अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले पोखराक्लिकलाई बताउनु भयो । कार्यालयमा कार्यरत १ सय जना सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई ४ वटा हाउसमा विभाजन गरी प्रत्येक महिनाको अन्त्यमा उत्कृष्ट टोलीलाई पुरस्कृत गर्ने गरी आन्तरिक कार्यविधी बनाई मुल्यांकन समिति समेत गठन गरी प्रत्येक प्रहरी कर्मचारीहरुलाई १÷१ वटा गमला हस्तान्तरण… पुरा पढौ

गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने

दीननाथ बराल, पोखरा ४, जेठ, गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने भएको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले यही जेठ ११ गते आइतबार दिउँसो २ः०० बजेका लागि प्रदेश बैठक आह्वान गर्नु भएको हो । हालै बसेको क्याविनेट बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता यही जेठ १२ गते प्रस्तुत गर्ने भएको छ । बजेटका सिद्धान्त तथा प्राथामिकता माथि छलफल सकिए पछि नीति तथा कार्यक्रम प्रस्तुतः हुने प्रदेशका आर्थिक मामिला… पुरा पढौ

मुख्यमन्त्रीलाई भेटेर राइडर्सहरुले भने ‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन्… पुरा पढौ

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले मनायो रजत जयन्ती

हेमजा, पोखरा–२५, हेमजामा अवस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था ली।को २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह विविध कार्यक्रम गरी शनिवार सम्पन्न भएका छ । कृषक केन्द्रित बचत तथा ऋण, कृषकहरूलाई अति आवश्यक पर्ने अन्नत जातका तरकारी बिउ विजन,रासायनिक मल विषादी र कृषि उपकारणहरू विक्री वितरण तथा उत्पादित कृषिको बजार व्यवस्थापनमा जोड दिने उद्देश्यका साथ २०५७ सालमा स्थापित संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहको उद्घाटन गण्डकी प्रदेश माननीय कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जी।सी श्रेष्ठले गरिन ।… पुरा पढौ

पोखराको हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–हुने

पोखरा, ४, जेठ, “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न।२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान९गैरी०लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको… पुरा पढौ

पोखरामा पाँचौं संस्करणको ब्रेकिङ बाउण्ड्रिज टी–२० क्रिकेट प्रतियोगिता शुरु

जेष्ठ ४,पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले एक समारोहका विच प्रतियोगिताको उद्घघाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दैै वडाध्यक्ष बरालले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले नवप्रतिभाशाली खेलाडी उत्पादनमा मद्धत पुग्ने बताउनुभयो । खेलाडीहरुभित्र रहेका प्रतिभा प्रस्फुटन गर्न पनि यस्ता प्रतियोगिता सिद्ध हुने उहाँले औंल्याउनुभयो । पछिल्लो समय नेपालमा क्रिकेटको लोकप्रियता बढेको जनाउँदै अब… पुरा पढौ

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन… पुरा पढौ

जेनेसिस भिल्ला उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलता पूर्वक बुकिङ

पोखरा, ४, जेठ, जेनेसिस भिल्ला परियोजनाको धेरै प्रतिक्षित उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलतापूर्वक बुकिङ भएको छ । यो कार्यक्रम लगानीकर्ता र सम्भावित ग्राहकहरूलाई भिल्लाको विशेषताहरू र परियोजनाका बारेमा विस्तृत जानकारी दिन आयोजित गरिएको थियो। परियोजना संयोजक प्रवेश श्रेष्ठले कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषताहरू र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विशेषगरी ग्राहकमैत्री सेवा मोडलहरूमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध “बाइ ब्याक ग्यारेन्टी” सेवा बारे विस्तारमा बताउनुभयो । यस अन्तर्गत खरिदकर्ताले निश्चित… पुरा पढौ

वाईसिएल गण्डकीको अध्यक्षमा थमन

पोखरा, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) गण्डकी प्रदेश अध्यक्षमा थम बहादुर गुरुङ (थमन)चयन हुनु भएको छ । आज पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा सम्पन्न प्रथम सम्मेलनले गुरुङको अध्यक्षतामा सर्वसम्वत नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा रिजन वि.क., महिला उपाध्यक्षमा सविता निउरे, सचिवमा सुमित घर्ति, सहसचिवहरुमा दिपेन्द्र थापा, बसन्त सदा शंकर, दिपेन्द्र नेपाली, बिकास तामाङ, सागर गुरुङ चयन हुनु भयो भने कोषाध्यक्षमा आइतराम तामाङ चयन हुनु भएको वाईसिएल गण्डकीले पोखराक्लिकलाई जनाएको छ । अन्य सदस्यहरु समेत चयन हुनु भएको… पुरा पढौ