अर्थतन्त्र

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आधुनिक हवाइ इन्धन डिपो निर्माण , साउन दोश्रो साता देखि सेवा सुरु हुने

दीननाथ बराल, पोखरा, १९ असार, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आधुनिक हवाइ इन्धन डिपो निर्माण गरिएको छ । पहिलो पटक शतप्रतिशत नेपाली सीप र पुँजी प्रयोग गरी उक्त डिपो करिब ७५ करोड रुपैयाँ लागतमा (भ्याटबाहेक) उक्त परियोजना निर्माण कार्य सम्पन्न भएको नेपाल आयाल निगमले बिहीबार डिपोमै आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । यस परियोजनाले अब पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई सहज, सुरक्षित र सस्तो इन्धन आपूर्तिको लागि सहज हुने भएको परियोजना प्रमुख प्रदिप कुमार यादवले बताउनु भयो ।… पुरा पढौ

माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास

पोखरा, १९ असार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखर्रााको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् । लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख… पुरा पढौ

पोखरा–५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

पोखरा, असार १९, पोखरा महानगरपालिका वडा नं। ५ को नवनिर्मित भवन आज (बिहीबार) एक समारोहबीच नगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। १६ हजार ३४२ वर्गफुट क्षेत्रफलमा बनेको चारतले यो भवनमा प्रशासन, लेखा, पुस्तकालय, सभाहल, तालिम कक्ष र अपांगमैत्री संरचना रहेको पाखरा ५ का वडा अध्यउक्ष बिष्णुप्साद बरालले बताउनु भयो । ७ करोड २६ लाखको अनुमानित लागतमा बन्ने भनिएको भवन ४ करोड ८४ लाखमा सम्झौता भई निर्माण सम्पन्न गरिएको उहाँले उल्लेख गर्नु भयो। २०७९ माघ २३ मा सम्झौता भएको यो परियोजना २०७९… पुरा पढौ

टी २० महिला क्रिकेट कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याङजाले अंक बाड्यो

पोखरा पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार… पुरा पढौ

सीप मै समृद्धिः गण्डकीमा आव २०८१ र ०८२ मा ७८७ लिए सीपमूलक तालिम

पोखरा, गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आव २०८१ र ०८२ मा ३८ वटा तालिम सञ्चालन भइसकेका छन्, जसमा ७८७ जना सहभागी भएको जानकारी गराइएको छ । पछिल्लो ३ महिनामा मात्रै २०४ जना सहभागी १० वटा तालिम पूरा गरी अब व्यवसायिक यात्राको सुरुवातमा छन् ।सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आयोजित समापन कार्यक्रममा सहभागी हुँदै आगामी वर्षमा १४… पुरा पढौ

फोनिज कास्कीः भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न

पोखरा, असार १९, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ९फोनिज० कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा आयोजित भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले फोनिजकर्मी पत्रकारहरु र विभिन्न आदिबासी संघसंस्थाको बृहतरको लागि महानगरले सधै सहकार्य र… पुरा पढौ

कास्कीका सुनचाँदी पसल ६ दिनदेखि बन्द

दीननाथ बराल,पोखरा, १८ असार, हिजो आज कास्की जिल्लाका सबै जसो सुनचाँदी पसलहरू ६ दिनदेखि बन्द छन्। सरकारद्वारा सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा शुरु भएको यो आन्दोलन अन्तर्गत गत शुक्रबारदेखि कास्की जिल्लाभरका पसलहरू बन्द भएको महासंघ कास्की अध्यक्ष भविन्द्र विश्वकर्माले पोखराक्लिकलाई बताउनु भयो । सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागमा सुनुवाइ नभएपछि बाध्य भएर आफुहरु आन्दोलनमा जानुपर्ने बाध्यता रहेको उहाँले जनाउनु भएको हो । अध्यक्ष विश्वकर्माले… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्ट सहित सातै प्रदेश प्रमुखको राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं, १८ असार, गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टका साथै कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए। शिष्टाचार भेटका… पुरा पढौ

महिला टी २० क्रिकेट ः कास्की र नवलपुरको जित

गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो । पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो । स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४०… पुरा पढौ

पोखरामा असार २४ देखि क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, तयारी अन्तिम चरणमा

पोखराः पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४… पुरा पढौ