अर्थतन्त्र

रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

२२ असार,पोखरा, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिनुभयो । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उहाँले अपेक्षा… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्न स् पत्रकारिता, नेतृत्व र भविष्यका बहसहरूमा जोड

पोखरा, चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।संघका सल्लाहकार सुरेश रानाभाटले… पुरा पढौ

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन, असार २२, भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपैयाँले सम्मानित गरेको हो। अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उहाँले खुसी व्यक्त गर्दै उहाँले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।… पुरा पढौ

महिला टी २० क्रिकेटको उपाधि स्याङजालाई

पोखरा, स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी… पुरा पढौ

५ किलोमिटर सञ्चारकर्मी दौडमा दिलिप थारु र सरिता गुरुङ प्रथम

दीननाथ बराल,पोखरा, २१ असार, पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर सञ्चारकर्मी सडक दौडमा दिलिप थारु र महिला तर्फ सरिता गुरुङ प्रथम भएका छन् ।समाधान दैनिकका थारुले २१ मिनेट ०७ सेकेण्डमा दौड पुरा गर्दा प्रमुख मिडियाकी सरिता गुरुङले ३० मिनेट ४३.०६ सेकेण्डमा फिनिश लाइन पार गरिन्। त्यसैगरी, गोल नेपालका अर्जुन हिताङले २२ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै पुरुषतर्फ दोस्रो स्थान पाए भने समाधान दैनिककै भिमपाणी बराल तेस्रो भए। पब्लिक फोरके टिभिका रिखीराम जिशी चौथो र मयुर टाइम्सका प्रविन मगर पाँचौं स्थानमा… पुरा पढौ

नेपालले जित्यो एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि

पोखरा २१, असार, नेपालले जित्यो एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि । आज (शनिबार) सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित पराजित गर्दै उक्त उपाधि जितेको हो । सिंगापुरले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाउदै जित हात पारेको हो । यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता भएको थियो । नेपालले सन् २०२३ मा पनि उक्त उपाधि जितेको थियो । नेपाललाई… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्त आचार्यले छण् युनिट रगत संकलन भएको बताइन ।कार्यक्रममा बोल्दै आचार्यले रक्तदान जीवनदान भएको र रगत दिदा मानिस स्वास्थ रहने बताईन । नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको आयोजना एवं मार्गदर्शन एकेडेमीको व्यवस्थापनमा र स्थानीय संघसंस्थाको सहयोगमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले रक्तदान भनेको केवल रगत दिने कुरा मात्र… पुरा पढौ

एसईई पास भएका विद्यार्थीहरूलाई हिमालयन बोर्डिङले सम्मान गर्दै बिदाई गर्यो

पोखरा, पोखरा घारीपाटनमा रहेको हिमालयन बोर्डिङ स्कुलले यस बर्ष एसईई परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान तथा बिदाई गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका कार्यबहाक प्रमुख बद्रीनाथ सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बराल लगायतले उत्कृष्ट नतिजा प्राप्त गरेका सबै विद्यार्थीहरूलाई सम्मान गरिएको बिद्यालयका प्रिन्सिपल डा.टेकनारायण पौडेलले बताउनु भयो । बिद्यालयका २ जना विद्यार्थीले फो जीपीए प्राप्त गर्नु भएको थियो। कार्यक्रमले सम्पूर्ण विद्यालय परिवारको परिश्रम, शिक्षण वातावरण र विद्यार्थीहरूको लगनशीलतालाई उच्च सम्मान दिएको उहाँले बताउनु भयो । कार्यक्रममा विद्यालय… पुरा पढौ

हचुवाका भरमा थियो पर्यटक संख्या, अब साउनदेखि पोखरामा तथ्याङ्क संकलन हुने !

दीननाथ बराल,पोखरा, १९ असार, अहिलेसम्म पोखरामा हचुवाका भरमा पर्यटक सङख्या सार्वजनिक गर्दै आए पनि अब भने आउँदो आर्थिक बर्षकोे साउन महिनाबाटै पर्यटकको तथ्याङक संकलन गरिने भएको छ । गण्डकी प्रदेश सरकारले विभिन्न निकायसंगको सहकार्यमा पोखरा आउने पर्यटकको तथ्याङक संकलन गर्ने भएको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले पोखराक्लिकलाई बताउनु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणा भएको १६ महिना पछि यहाँ आउने विदेशी पर्यटकहरुको तथ्याङक राख्न आवश्यक भएकोले त्यसको सम्पूर्ण व्यबस्थापन गर्ने भएको उहाँले जनाउनु भयो । गण्डकी… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा, पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्के स्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो । विदाई कार्यक्रममा शुक्रबार प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले… पुरा पढौ