विचार/ब्लग

पोखराबाट अब सुतेर पनि काठमाण्डौं जाने बस सेवा सुरु, भाडा शुल्क कति !

दीननाथ बराल,पोखरा १२, कार्तिक, पोखरा काठमाण्डौं रुटमा विभिन्न कम्पनीहरुले स्तरिय बस सेवा संचालन गर्दै आएको सन्र्दभमा पछिल्लो समयमा सुतेरै पनि यात्रा गर्न सकिने बस सेवा संचालन भएको छ । कोइली ट्राभल्स प्रालिले पोखरा २५ हेम्जादेखि काठमाण्डौंको भक्तपुरसम्म सञ्चालन हुनेगरी थप दुई सिल्पर बस (सुतेर यात्रा गर्न मिल्ने बस) रहेकोे जसमा एसीसहित सोफा सिट जडान गरिएको कोइली ट्राभल्स प्रालिका सञ्चालक मेघराज त्रिपाठीले बताउनु भयो । सोमबार पोखरा जिरोकिलोमिटरबाट सुरु भएको डेमो हेमजा सम्म गरिएको थियो भने मंगलबारबाट व्यवसायीक रुपमा संचालन हुने… पुरा पढौ

शकुनको सुसाधना : खबरमा छु प्रिय !

सन्दर्भ परिचयगुल्मीको ग्वाँदीमा जन्मेर समाजशास्त्रमा स्नातकोत्तर गरेकी शकुन ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी छन् । झण्डै दर्जन लोकदोहोरी र तीजेगीतका एल्बम बजारमा ल्याइसकेकी शकुनले २०६१ भाद्र २९ गते अली मियाँ लोकवाङ्मयको व्यानरमा पहिलो कविता कृति “पालुवा र मञ्जरी’ पोखरामै लोकार्पण गरेकी थिइन् । गायन यात्राको आयामसँगै साहित्यिक अध्याय थपेर आफूलाई बहुआयामिक व्यक्तित्वका रुपमा उभ्याएकी शकुनका तीन कवितासङ्ग्रह "तिमी र म”, "भन्दिनु है बा !” पछि "खबरमा छु प्रिय !” मुक्तकसङ्ग्रह बजारमा आइसकेका छन् । यसरी अगाडि बढ्ने क्रममा… पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललेसङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाईगर्नुभएको सम्बोधन = प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ… पुरा पढौ

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोलेका हुन् । गुरुङले संघीयता कार्यान्यवनको दोस्रो… पुरा पढौ

सपनाले भरिएको बिदेश सङै बिद्यार्थीको कथा अनि ब्यथा!

हजार माईलको यात्रा एक पाईलाबाट शुरु हुन्छ भने झै, आफ्नो बाल्यकाल बिताएको जन्मभुमि नेपाल देखि परदेशसम्मको यो यात्रालाई पनि एक पाईला सम्झीएको छु। समयलाई सस्तोमा बेचेर महंगो घडी लगाउनुको केहि अर्थ छैन भन्ने बुझ्दै गरेका म जस्तो हजारौं बिद्यार्थीहरु आफ्ना हरेक पाईलाको महत्त्व खोज्दै हातमा पासपोर्ट अनि शैक्षिक सर्टिफिकेट भरिएको झोला काधमा बोकेर दिनहुँजसो २५०० युवाहरू वैदेशिएका छन।  देशमा आमूल परिबर्तन ल्याउन र समृद्ध राष्ट्र निर्माण गरि अबसरको मुल फुटाउन लामो समय द्वन्द भयो। राज्य व्यवस्थाहरू धेरै परिबर्तन पनि भए।… पुरा पढौ

चुहिने टपरी टाल्ने कि फाल्ने?

म प्राथमिक बिद्यालयमा पढदै गर्दा नेपालमा पञ्चायति ब्यबस्था किशोर उमेरको थियो। मेरो बाल मस्तिषमा पञ्चायति ब्यबस्था भनेको कुनै फलफुल वा अन्नको जात होला जस्तो लाग्दथ्यो। किनभने पञ्चयती ब्यबस्था नेपालको हावा-पानी र माटो सुहाउदो ब्यबस्था हो भनिथ्यो। किसानहरुको कुराकानी सुन्दा  हावा-पानी र माटोको कुरा कुनै अन्न वा बिरुवा सँग सम्वन्धित हुन्थ्यो। “वर्ग समन्वय”को धरातलमा “हुकुम”बाट सन्चालित त्यो ब्यबस्था बयस्क उमेरमै अवसान भयो। ब्यबस्थाको त अवसान भयो तर पनि हावा, पानी र माटो सुहाउदो (जनता सुहाउदो होईन) ब्यबस्थाका अवसानको रुपमा रहेका प्रबृती… पुरा पढौ

प्रकृतिमैत्री पूर्वाधार

यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति पुग्यो । मनसुन सकिनै लाग्दा (भाद्र २० गते राति) काठमाडौँ उपत्यकामा परेको ‘आरिघोप्टे वर्षा’ ले… पुरा पढौ

नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

राजनैतिक पार्टीहरू मध्ये मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक प्रणालीलाई आफ्नो प्राण मान्ने दल, मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाली काँग्रेसले गर्ने आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय राजनीतिमा छुटै महत्त्व राख्छ । पार्टीले विभिन्न बाधा अड्चन र कोभिड-१९ को महामारीको बिचमा पनि नेपाली काँग्रेसले आफ्नो चौधौँ नियमित महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई उभ्याउदैछ । राजनैतिक पार्टी सम्बन्धी कानुन एवम् नियमावलीको कारण महाधिवेशन गर्नुपर्ने बाध्यतालाई समेत पुरा गर्दै यही २०७८… पुरा पढौ

किन मौलाउँदै छ हनी ट्रयापिङ ?

२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो “हनि ट्रयापिङ” । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव गराउछे। यसरि नजिक बनेको पुरुषलाई एकान्तमा बोलाउने , अश्लील हर्कत… पुरा पढौ

पिर्के लोकतन्त्र र सार्वभौम जनता

चुनावको सन्दर्भमा एउटा भनाई छ “चुनाव अगाडि उमेद्द्वार मतदाताको चरणमा र चुनाव पछी मतदाता चुनाव बिजेताको चरणमा”। नेपालको केही औलामा गन्न सकिने नेताहरु बाहेक स्थानिय खुद्रे पिर्के नेता देखि आफुलाई आठारौ सताप्दीको बादशाहको कोटिमा राख्ने नेताहरुको व्यबहारिक हालत यस्तै छ। अनेक जालसाझी गरेर एकपट्क कुनै पद हात पर्‍यो भने पाच बर्ष सम्म आफुले अंसमा पाएको पुर्ख्यौली सम्पत्ति, दाईजो बकसमा पाएको उपहार वा लुटको लागि पाएको लाईसेन्स ठान्ने प्रबृती ह्वात्तै बढेको छ। उता मतदातहरु कि उनिहरुकै भक्तिभाव र चाकडी गरी अनुग्रह… पुरा पढौ