सिद्धि गौचनको १६ औं स्मृति दिवसमा थकाली सेवा समिति पुरस्कृत

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८३ मा प्रकाशित


पोखरा, १२ कार्तिक,

समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १६ औं स्मृति दिवसमा थकाली सेवा समिति नदीपुर–३, पोखरालाई पुरस्कृत गरिएको छ ।

विभिन्न भू–भागमा रहेका थकाली समुदायको हकहित, संस्कृति संरक्षण र सामाजिक कल्याणका लागि थकालीहरू बीच सामूहिक भावना तथा सहकार्यको वातावरण सिर्जना गरी २०११ सालदेखि पोखरामा सक्रिय रहेको संस्थाले पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उक्त पुरस्कार अर्पण गरिएको हो ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित पुरस्कार अर्पण समारोह बीच संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी, बिम्बकवि रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्ची, कोषका संस्थापक विश्वमोहन गौचन लगायतले १० हजार एकसय १० नगदसहितको उक्त पुरस्कार अर्पण गरे । बिम्बकवि रमेश श्रेष्ठले पोखराकी पहिलो महिला वडाध्यक्ष सिद्धि गौचनले तत्कालीन सभ्य समाज र विकास निर्माणमा पु¥याएको योगदानको चर्चा जति गरे पनि कमै हुने बताए । अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले जुन घर परिवारमा महिलाको सम्मान हुन्छ त्यो स्वर्ग समान हुने बताए ।

इन्द्र–हुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले समाजमा स्तुत्य कार्य गरेका परिवारजनको योगदानको स्मरणका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए । सम्मानित संस्था थकाली सेवा समिति गण्डकीका अध्यक्ष तेजेन्द्र तुलाचनले सामाजिक संघसंस्थाका लागि प्राप्त हुने सम्मान तथा पुरस्कार मूूल्यसँग तुलना नहुने बताउँदै संस्थाका लागि यो सम्मान बहुमूल्य रहेको धारणा राखे । समाजको भवन स्थापनाकालको स्मरण गर्दै उनले सिद्धि गौचनलाई व्यक्ति एक व्यक्तित्व अनेक भएकी प्रतिभाका रूपमा चिनाए ।

प्रा।डा। यमबहादुर पौडेल क्षत्रीले थकाली समुदाय बीचको एकता, आपसी सद्भाव र व्यवसायप्रतिको लगाव सबैका लागि प्रेरणापरक भएको धारणा राखे । प्रतिभा चयन समितिका संयोजक कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषको आर्जित व्याजबाट डा। वसन्त ताम्रकार, रामकली खड्का र हिमाली सांस्कृतिक परिवार यस अगाडि सम्मानित भइसकेको जानकारी गराए । प्रतिभा चयनका लागि पौडेलको संयोजकत्वमा साहित्यकार दुर्गाबहादुर शाह बाबा र लोकनृत्य निर्देशक बबिता गुरुङ रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का बिखर्ची, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, थकाली सेवा समितिका सल्लाहकार हरिध्वज तुलाचन, निवर्तमान अध्यक्ष ई। रुजिन्द्र तुलाचन, प्राध्यापक ज्योति भट्टचन, लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहकी अध्यक्ष भगवती गुरुङले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका विविध आयाममा गौचनले समुदायबाट पहिला अमेरिका पुगेर सिकेर आएको ज्ञान, सीप र कलाले सिङ्गो समुदायलाई व्यवसाय र सेवामा लाग्न प्रेरित गरेको योगदानको स्मरण गरे । समारोहमा साहित्यकार छविलाल आचार्य, विष्णुप्रसाद बास्तोला, टेकनाथ पीडित, साहित्यकार एवं पत्रकार असफल गौतम लगायतले रचनावाचन गरेका थिए ।



This will close in 20 seconds