
पोखरा, १८ भदौ,
पोखरा १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ ले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार दिएका केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीलाई विजयी गराउन एक अपिल जारी गरेको छ । यही भदौ २० र २१ गते हुने महाधिवेशनका लागि केन्द्रका अध्यक्ष अधिकारीले खुला सदस्य पदमा उम्मेदवारी दिएका छन्।
विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेका अधिकारी पोखरा–१, हरिचोकस्थित अस्ताम अधिकारी गिफ्ट एन्ड किचनका सञ्चालकसमेत हुन् । व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझेका अनुभवी व्यवसायी तथा सामाजिक व्यक्तित्वका रुपमा परिचित अधिकारीलाई मत दिएर विजय गराउन अविल मार्फत अनुरोध गरिएको छ। सामाजिक सेवा, व्यवसाय तथा विभिन्न संघ–संस्थामार्फत अधिकारीले पु¥याउँदै आएको योगदानलाई आधार बनाउँदै उनलाई खुला सदस्य पदमा निर्वाचित गराउन व्यवसायीहरुसँग केन्द्रले आग्रह गरेको छ । व्यवसायीको हकहितका पक्षमा आवाज उठाउन सक्ने, सक्षम तथा इमानदार नेतृत्व आवश्यक रहेको भन्दै अधिकारीलाई समर्थन गर्न अपिल गरिएको हो।
उम्मेदवारी दिएका अधिकारीले व्यवसायीका समस्या र आवश्यकतालाई संघमार्फत सम्बन्धित निकायसम्म पु¥याउने, व्यवसायमैत्री वातावरण निर्माणमा पहल गर्ने तथा पोखराको आर्थिक विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार अधिकारीको निर्वाचन क्रम संख्या ८ रहेको छ । उनलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्दै व्यवसायीको हकहित, व्यवसायमैत्री वातावरण र समृद्ध पोखराका लागि क्रम संख्या ८ मा मतदान गर्न अपिल गरिएको छ। अधिकारीको उम्मेदवारीलाई समर्थन गर्दै जारी गरिएको अपिलमा व्यवसायी, उद्योगी तथा शुभेच्छुकहरुबाट साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको छ । महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व चयन हुँदैछ।





