हेमजामा हुने बिच एण्ड फिस फेस्टिवल अन्र्तगत फाइभ ए साइड फुटवल बिजेतालाई ५० हजार पुरस्कार

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


पोखरा ३, कार्तिक,

पोखरा महानगरपालिका वडा नम्बर २५ मा रहेको आर.एस.बिच क्लबको आयोजनामा बिच एण्ड फिस फेस्टिभल २०८१ हुने भएको छ । आज (शनिबार) आर.एस.बिच क्लबको खेल मैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

उक्त फेष्टिवल अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु हुने भएको आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले बताउनु भयो । पोखरा २५ हेमजा क्षेत्र एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना हुने भएको उहाँले जनाउनु भयो ।
कार्तिक ९ गते देखि सुरु हुने उक्त फेस्टिभलमा बल्छि हान्ने प्रतियोगिता, फ्रि स्टाइल फुटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,साईक्लिङ प्रतियोगिता, फाइभ ए साइड फुटबल प्रतियोगिता खेलहरु हुने भएको कार्कीले जनाउनु भयो । प्रतियोगितालाई भव्य र आर्कषण बनाउनको लागि नेपालका पूर्व राष्ट्रिय चर्चित फुटबल खेलाडी हरि खड्कालाई फ्रि स्टाइल फुटबलको निर्णायकमा राखिएको छ भने अन्य दुई जना हुने क्लवले जनाएको छ ।

यही कार्तिक ९ गते देखि सुरु हुने फाइभ ए साईड फुटबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार र दोश्रो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन । प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्डर र हाईस्कोररलाई पुरस्कारको व्यवस्था गरिएको छ । फिस फेष्टिवल भने केही समय पछि मिति घोषणा गरिने भएको छ । केही समय अघि टुर दी हेमजा भन्ने नारा सहित साइकल र्याली भएको स्थानिय शंकर थापाले बताउनु भयो । फुटबल प्रतियोगिताका लागि एन्फामा आबद्ध क्लबहरु त्था वडाको सिफारिसमा मात्र भाग लिन पाउने छन । पोखरा २५ का कार्यवाहक अध्यक्ष धना कुमारी तिमिल्सिना पोखरेलले पर्यटन प्रबद्र्धनमा यस्ता कार्यक्रमले मद्धत पुग्ने बताउँदै आफ्नो वडाले कार्यक्रमलाई सक्दो सहयोग गर्ने वचन दिनु भयो ।
सो फेस्टिभलमा फ्रि स्टाईल फुटबल प्रतियोगितामा प्रथमलाई १० हजार बराबरको बन्जी प्याकेज र द्धितियलाई ५ हजार नगद, घोडा दौड प्रतियोगिता प्रथमलाई २० हजार र द्धितियलाई १० हजार नगद र बल्छि हान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई पनि आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराल,बिष्णु पादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठ, लायन्स क्लब पिस सोसाईटीका प्रतिनिधि नेत्र तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । यसैबिच, आयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच मैत्रीपूर्ण फाइभ ए साइड फुटबल आयोजना भएको थियो । पत्रकार र आयोजकको २÷२ टिम बिच खेल भएको हो । पहिलो खेलमा पत्रकारको टोली ४—२ ले पराजित भयो भने अर्को खेलमा ५—३ ले पराजित भयो । पहिलो खेलमा पत्रकारको तर्फबाट निराजन अधिकारी र गोविन्द सुवेदीको पासमा दीननाथ बरालले गोल गरे । पाएका अवसर सदुपयोग गर्न नसक्दा पत्रकारको दुबै टिम पराजित भएको हो ।