पोखरा २२, पुष
अग्रज काटुनिष्ट दुर्गा बराल (वात्सायन) ले आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई बिषेश आग्रह गर्नु भएको छ । एटुजेड डटकम तथा पोखराक्लिक डटकममा विगत दुई बर्ष देखि कार्यरत जीवन बराल उच्च शिक्षा हासिल गर्न जापान जान लागेको पूर्वसन्ध्यामा आइतबार शुभकामना दिने कार्यक्रममा बोल्दै वात्सायनले उच्च शिक्षा हासिल गर्ने नाममा धेरै युवाहरु विदेशीको प्रशंग उठाउदै आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई आग्रह गर्नु भएको हो ।
पत्रकारिता पेशा हरेक दिन जोखिम बन्दै आएको बताउदै उहाँले पत्रकारिता पेशालाई अझ मर्यादित र विश्वशनिय बनाउन पत्रकारिताको मर्म र भावना अनुसार काम गर्नेपर्नेमा जोड दिनु भयो । कान्तिपुर दैनिकमा विगत २७ बर्ष देखि निरन्तर काटुनिष्टको रुपमा आफ्नो पहिचान बनाउनु भएको वात्सायनले कुनै वेला पत्रकारिता गर्दा आफुलाई फाँसि दिनेसम्मको चुनौतीको सामना गरेको स्मरण गर्नु भयो ।
पोखरा २२ का जीवन बराल तिव्र इच्छा र चहानाले संचारक्षेत्रमा हात हालेको बताउदै पोखराक्लिक प्रा.लि.द्धारा संचालित उक्त अनलाइनका प्रकाशक तथा सम्पादक दीननाथ बरालले दुई बर्ष बरालले संस्थामा पुराएको योगदानको उच्च कदर गर्दै सम्मान सहित शुभकामना प्रदान गरिएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कार्यलय सचिव समेत रहनु भएको बराल उच्च शिक्षाको लागि जापान जान लागेको सन्र्दभमा महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जसरी महासंघमा रहेर सबैको मन जित्न सफल र आफ्नो कार्यमा उत्कृष्ट प्रर्दशन भएको छ त्यसै गरी आफ्नो लगनशिलता र आफ्नो क्षमता प्रर्दशन गर्न शुभकामना दिनु भयो । महासंघ प्रदेशका सदस्य सुनिल पाण्डेले शिक्षा र रोजगारकै शिलशिलामा निश्चित समय विदेश गए पनि त्यहाँको सिप कला स्वदेशमा फर्कियर पुनः प्रर्दशन गर्न आग्रह गर्नु भयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सचिव शसि कुमार पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, युवा पत्रकार सन्देस श्रेष्ठ, पोखराक्लिकका व्यबस्थापक सागर सुनार लगायतले बरालको उच्च शिक्षा सहित यात्राको सफलताको कामना गर्नु भएको थियो ।
उक्त अवसरमा प्रा.लि.ले बराललाई प्रशंसा पत्र प्रदान गरी खादा लगायर शुभकामना सहित सम्मान गरेको हो । केही अवसरको खोजिमा सुरुमा पत्रकारितामा लागे पनि विदेश गयर केही गर्न सकिन्छ की भन्ने प्रयास स्वरुप जापान जान प्रयास गरेको पहिलो चरणमै नाम निस्केकोले जापानको टोकियोमा आफु जान लागेको बरालले बताउनु भयो ।