खेलकुद

पुनहिल कपको उपाधि माछापुच्छ्रे र समीर सुनचाँदीलाई

पोखरा २०, माघ पुन समाज नेपालको आयोजनामा भएको खुल्ला पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको उपाधि माछापुच्छ्रे, पोखरा भेट्रान र समीर सुनचाँदीले उचालेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छे्रले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन महानगरका वडाहरुलाई मेयरको निर्देशन

पोखरा २०, माघ आगामी फागुन पाँच गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विभिन्न वडाहरुलाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले निर्देशन दिएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि शनिबार पोखरा महानगरपालिका सँग भएको छलफलको क्रममा पोखराका मेयर आचार्यले म्याराथनको रुटमा पर्ने वडाहरुमा रहेका बाधा–अवरोध हटाउँदै समग्र पोखरा महानगरवाशीलाई म्याराथनमा सहभागिता गराउने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् । म्याराथनको संरक्षक समेत रहेको पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय म्याराथन महानगरको इभेन्ट समेत भएकाले त्यसको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन स् दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते हुने

पोखरा २०, माघ पोखरा १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले उक्त सुझाबलाई मनन गर्दै सो दिन तय गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् । १८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने… पुरा पढौ

कल्याण शेरचन स्मृति दिवस मनाइदै, कुमार र राजनलाई सम्मान गरिने

माघ २०, पोखरा, कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेत र लोक गायक राजन कार्कीलाई सम्मान अर्पण गर्ने भएको छ । प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मान गर्न लागेको हो । स्रष्टा सम्मान अन्तरगत ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित र स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कारबाट राष्ट्रिय… पुरा पढौ

थ्रि स्टारसंग बदला लिदै आर्मी आहा रारा पोखरा गोल्ड कपमा इतिहास रच्यो, आर्मीका पाण्डे उत्कृष्ट खेलाडी

दीननाथ बरालपोखरा २०, माघ, विभागिय टोली त्रिभुवन आर्मी क्लवले पोखरामा संचालन भएको प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा इतिहास रचेको छ । यस अघिका संस्करणमा ४ पटक फाइनलमा पुगेर पनि उपाधि विहिन भएको आर्मीले नेपालको चर्चीत क्लव थ्रि स्टार क्लवसंग ५ बर्ष अघिको बदला लिदै पोखराको मैदान इतिहास रचेको हो । पोखरा रंगशालाको फुटवल मैदानमा शनिबार सम्पन्न भएको २३ ओैं आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको फाइनल खेलमा आर्मीले थ्रिस्टार माथि एकतर्फी ३–० को गोल अन्तरले पराजित… पुरा पढौ

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति, हिमाल र पोखरा आसपासको दृश्य अझै राम्रो देखिने

पोखरा १९, माघ, हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यस अगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडे बताउँछन् । पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार… पुरा पढौ

आहा रारामा इतिहास रच्दै उपाधि जित्ने दाउमा आर्मी, थ्रीस्टारले भने छैटो उपाधि जित्ने रणनितीमा

दीननाथ बराल पोखरा १९, माघ, विभागिय टोली त्रिभुवन आर्मी क्लवले आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नयाँ इतिहास रच्ने दाउमा रहेको छ भने प्रतिद्धन्दी टीम थ्रि स्टार क्लवले छैटो पटकको उपाधि रक्षा गर्ने रणनितीमा रहेको छ । आहा रारा पोखरा गोल्ड कपको ४ पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आर्मीले यसपाली थ्रि स्टार क्लवसंग ५ बर्ष अघिको बदला लिदै नयाँ इतिहास रच्न चाहेको छ । यता थ्रि स्टार क्लवले भने छैटौ पटक उक्त उपाधि आफ्नो पोल्टामा पार्ने गरी शनिबार… पुरा पढौ

पोखरा म्याराथनलाई सहारा युकेद्वारा ५० हजार नगद हस्तान्तरण

पोखरा १९, माघ आसन्न १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहारा यूकेले नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि संकलित उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई हस्तान्तरण गरिएको हो । सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ ९कृष०सहितको टोलीले ५० हजार बराबरको चेक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई हस्तान्तरण गरे । सो अबसरमा बोल्दै सहारा युकेका अध्यक्ष गुरुङले सहारा युकेको परिवारबाट संकलित उक्त रकम हस्तान्तरण गर्न पाउनु निकै गर्वको… पुरा पढौ

सहारा युके टोलीलाई सहारा आ.वि.मा स्वागत

पोखरा १९, माघ पोखरा ९, बसपार्कमा सहारा युके टोलीलाई सहारा आ.वि.मा स्वागत पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा युकेको टोलिलाइ विद्यालयमा स्वागत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालिको संयोजकत्वमा आयोजित कार्यक्रममा सहारा यु।के का अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष लेप्टिनेन्ट कुसाङ गुरुङ, पूर्व अध्यक्ष कुमार गुरुङ, लगाएत सहारा क्लबका अध्यक्ष केशव राज बराल, सहारा हङकङका अध्यक्ष दिपक गुरूङ, सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ, मुछेत्र गुरुङ को उपस्थिती रहेको थियो… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा १९, माघ, १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै… पुरा पढौ