खेलकुद

एनआरएनए र नेपाल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता, सात लाख ५० हजार प्रदान

पोखरा २३, माघ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ ९एनआरएनए आइसीसी० बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ ।… पुरा पढौ

सगरमाथामा वार्षिक खेलकुद कार्यक्रम शुरु

२३ माघ,पोखरा पोखराको सगरमाथा निकेतन विद्यालयमा त्रि–दिवशिय वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यालय प्राचार्य दिलिप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटस्थित नवनिर्मित विद्यालय प्राङ्गणमा कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा उनले मानव स्वास्थ्यका लागि खेलकुद महत्पूर्ण भएको औल्याए । विद्यालयले शिक्षासंगै खेलकुद र अनुशासनलाई महत्वका साथ राखेको बताउँदै विद्यार्थीहरुलाई खेल भावना अनुरुप खेल्न आग्रह गरे । स्वस्थ्य र अनुशासित नागरिक उत्पादन गर्न सकिए समाज र राष्ट्र पनि अनुशासित बन्ने उनको भनाई थियो । विद्यार्थी अनुषा अधिकारीले खेल भावनाको सपथ ग्रहण… पुरा पढौ

पोखरामा वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने

पोखरा २३, माघ पोखरामा आगामी वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ ।नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति आगामी अप्रिल २७ लाई अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारिक वेभसाईटमै राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार च्याम्पियनसिप अन्तर्गत ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । अध्यक्ष श्रेष्ठका अनुसार… पुरा पढौ

एट ए साइड भेट्रान फुटबल ः दोस्रो दिन ६ खेल सम्पन्न

पोखरा २२ माघ, पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे । दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

दीननाथ बराल,पोखरा २२, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत सोमबार तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गर्नु भएको छ । सोमबारको खेलमा काठमाण्डौंका विकास… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा २२, माघ आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी… पुरा पढौ

नारायणी नदीमा आयोजित राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगितामा डम्वर बहादुर पूर्वाछाने बिजेता

पोखरा २२, माघ नवलपुरलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक नारायणी नदीमा आयोजित उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई उछिन्दै डम्वर बहादुर पूर्वाछाने बिजेता बनेका छन् । नवलपुरको कावासोती नगरपालिकाको नारायणी नदीको अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म आयोजित १२ किलोमिटर कायाकिङमा ३५ मिनेट ३८।३० सेकेण्डमा दुरी पार गर्दै बिजेता बनेका हुन् । बिजेता बने संगै पूर्वाछानेले नगद रु… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा ६ जना खेलाडी प्रि—क्वाटरफाइनलमा प्रबेश

पोखरा २१, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (आइतबार) भएको खेलबाट ६ जना खेलाडी प्रि—क्वाटर फाइनलमा प्रबेश गरेका छन्। अन्तिम १६ भित्र पर्ने खेलाडीहरुमा दिनेश भण्डारी, वाङ्गचुक तामङ्ग, नितेश खण्डेलवाल, आयुष गौतम, सरोज गौतम र राजन लामा रहेका छन्। आइतारको खेलमा काठमाण्डौंका निमा शेर्पालाई काठमाण्डौंकै दिनेश भण्डारीले ४—२ को सेटमा पराजित गरे । अर्को खेलमा काठमाण्डौंका वाङ्गचुक तामाङ्गले वुटवलका कुनल श्रेष्ठलाई ४—३ को सेटमा पन्छाए भने हेटौडाका नितेश खण्डेलवालले पोखराका रोमन शाहीलाई ४—० को सोझो सेटमा… पुरा पढौ

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा आयोजक को विजयी सुरुवात, प्रशिक्षक केसी सम्मानित

पोखरा २१ माघ बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक एट ए साइड फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा आइतबार देखि तेश्रो चरणका खेलहरु हुने

पोखरा २१, माघ, पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज(आइतबार) देखि तेश्रो चरणका खेलहरु हुने भएकाछन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो चरणका खेलहरु सकिएसंगै आइतबार देखि तेश्रो चरणका खेलहरु हुने भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । शनिबार बिहान भएको दोश्रो चरणको खेलमा वुटवलका सांरग रानाले डिजेका पुजन दवाडीलाई, डिजेका निर्विक लामाले एफएसका आर्यन थापालाई, एएसका रोमन शाहीले पेप्सी कोलाका मिलन तामाङलाई,… पुरा पढौ