खेलकुद

फुुटवल खेलको विकास गर्न पोखरामा फागुन १ देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा २७, माघ, तल्लो स्तरबाटै फुुटवल खेलको विकास गर्ने उद्धेश्यले पोखरामा आउदो फागुन १ गते देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा फागुन महिनाको १ देखि ६ गतेसम्म शसस्त्र प्रहरी गण(ड्यामसाइड) को खेल मैदानमा पोखरामा तेश्रो अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा हुने यस प्रतियोगितामा पोखरा १७… पुरा पढौ

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भेलिन्टिएर लाग्ने, शनिबार ह्विलचियर र दृष्टिविहिन दौड हुने

पोखरा २६, माघ यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो । म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयम सेवकसँग छलफल भएको मञ्चले जनाएको छ । छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा साइकल राइडरहरुले… पुरा पढौ

खेलकुदमा रहेको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न खेलकुदकर्मीको सुझाव

दीननाथ बराल,पोखरा २६, माघ, खेलकुद क्षेत्रमा रहेको वेतिथी अन्त्य गर्दै तीनै तहका खेलकुदका निकायसंग सहकार्य गर्न खेलकुदकर्मीले सुझाव दिनु भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्र्तगत हालै गठन भएको गण्डकी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिले शुक्रबार पोखरा रंगशालामा विभिन्न खेल संघ तथा खेलकुद संवद्ध संघ संस्थाका पदाधिकारीहरु बिच आयोजना गरेको छलफल कार्यक्रममा सहभागि खेलकुदकर्मीहरुले उक्त सुझाव दिनु भएको हो । खेलकुद जस्तो क्षेत्रमा अख्तियारमा उजुरी पर्नु, खेलकुदका पूर्वाधार निर्माण कम हुनु, भएका पूर्वाधारको उचित संरक्षण नहुनु, खेलाडी उत्पादनको… पुरा पढौ

नकरात्मक भित्र सकरात्मक पक्ष खोजौंस् आर्थिक मामिला मन्त्री आलेमगर,तेक्वान्दो संघ गण्डकीको तेश्रो साधरण सभा

पछिल्लो समय नेपाली समाज नकरात्मकतर्फ उन्मुख भएकोप्रति गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले चिन्ता व्यक्त गर्नुुुभएको छ । शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको तेश्रो वार्षिक साधरण सभाको पोखरामा उद्घाटन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले पछिल्लो समय हरेक कुरालाई नकरात्मक तरिकाले मात्रै लिने गरिएको भन्दै नकरात्मकभित्र पनि सकरात्मक बिषयबस्तु ओल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेपनि केही न केही हिसावले जोडिइरहेको बताउनुभयो ।… पुरा पढौ

इटहरीका गौतम र काठमाण्डौंका तामाङ पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिताको फाइनलमा प्रबेश

दीननाथ बराल, इटहरीका आयुष गौतम र काठमाण्डौंका वाङचुक तामाङ पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को फाइनलमा प्रबेश गर्नु भएको छ । आज (शुक्रबार) भएको सेमिफाइनलमा दुबै जनाले जित हासिल पार्दै फाइनलमा यात्रा बनाउनु भएको हो । पोखराको ड्यामसाइडमा रहेको बि एण्ड बि कम्प्लेक्स स्थित फाइनल स्कोर स्पोर्टस बारमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीका गौतमले काठमाण्डौंका राजन लामालाई ६—५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुग्नु भएको हो । त्यसै गरी अर्को खेल सेमिफाइनलमा काठमाण्डौंका तामाङले अन्तराष्ट्रिय काठमाण्डौंकै… पुरा पढौ

एट ए साइड भेट्रान फुटबल ः ६० वर्ष माथिको खेलमा बगरभाइखलक च्याम्पियन

पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक एट ए साइड भेट्रान फुटबल ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त… पुरा पढौ

फागुन १ देखि सातौ विरेन स्मृति १७ औं ‘बिटी कप’

पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए ।‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं संस्करणसम्म… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता अन्र्तगत शुक्रबार सेमिफाइनका खेलहरु हुने

पोखरा २५, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत भोलि (शुक्रबार) सेमिफाइनलका खेलहरु हुने भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा भोलि पहिलो सेमिफाइनल खेल काठमाण्डौंका राजन लामा बिरुद्ध इटहरीका आयुष गौतम बिचको खेल हुने भएको छ । त्यसै गरी अर्को खेलमा अन्तराष्ट्रिय काठमाण्डौंका खेलाडी रेगन श्रेष्ठ बिरुद्ध काठमाण्डौंकै वाङचुक तामाङ बिच खेल हुने भएको छ । प्रतियोगिता अन्र्तगत विहिबार ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष एवं खेलाडी… पुरा पढौ

पोखरा म्याराथन अन्तर्गत अपाङ्गता तर्फको पुरस्कार रकम हस्तान्तरण

पोखरा २५, माघ पोखरा म्याराथन अन्तर्गत अपाङ्गतातर्फको दृष्टिविहिन र ह्विलचियर दौडको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ह्विलचियर तर्फको महिलारपुरुषतर्फको पहिलो पुरस्कार १०र१० हजार र दृष्टिविहिनतर्फको १०र१० हजार गरी कुल रु ४० हजार रुपैयाँ बिहीबार पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय गंगाबहादुर गुरुङको स्मृतिमा उनका छोरा देवान गुरुङ र मनोज गुरुङले मञ्चका अध्यक्ष हरी प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ र संस्थापक अध्यक्ष खड्ग रानाभाटलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मनोज गुरुङले आफ्ना बुबाको सम्झनामा गरिएको पुरस्कार प्रायोजनले अरुलाईपनि प्रेरणा मिल्ने… पुरा पढौ

एट ए साइड भेट्रान फुटबल ः फाइनल समिकरण पुरा

पोखरा २५, माघ पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्नसँगै फाइनल समिकरण पुरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि… पुरा पढौ