समाज

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट वर्ष पुरुष खेलाडी को बन्लारु

पोखरा, पोखराको खेलकुद इतिहासमा एउटा प्रतिष्ठित पहिचान बनाइसकेको ‘दशौं रारा पोखरा स्पोर्टस् अवार्ड’ केवल पुरस्कार वितरण कार्यक्रम मात्र होइन, यो नेपाली खेलकुदको संघर्ष, समर्पण र सफलताको उत्सव पनि हो । वर्षभरि आफ्नो खेलमार्फत देश र प्रदेशको गौरव बढाउने खेलाडी, प्रशिक्षक र खेल व्यक्तित्वहरूको सम्मान गर्दै आएको यो अवार्डले हरेक वर्ष नयाँ प्रेरणादायी कथाहरू उजागर गर्दै आएको छ । यसपटक पनि विभिन्न विधाका उत्कृष्ट खेलाडीहरू आफ्नो अथक मेहनत, अनुशासन र उपलब्धिका कारण चर्चामा छन् । भलिबल कोर्टमा नेतृत्व र उत्कृष्ट प्रदर्शनमार्फत… पुरा पढौ

स्पोट्र्स अवार्डको रौनकसँगै गण्डकीमा जुर्मुराउँदो खेल पर्यटन

पोखरा, ३० वैशाख, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्ट्स अवार्डको पूर्व सन्ध्यामा गण्डकीमा खेल पर्यटनको चर्चा सुरु गरिएको छ । मञ्चले बुधबार ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ विषयक सत्र सञ्चालन गरी गण्डकी प्रदेशमा खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त सम्भावना भए पनि राज्यको स्पष्ट नीति र लगानीको अभाव रहेको विषयमा छलफल गरिएको छ । उक्त सत्रमा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका… पुरा पढौ

पोखरा महागनर लेखा समितिले भन्यो, निजी विद्यालयलको मनपरी

पोखरा, बैशाख २९, पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्ति प्र्रदानका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले गम्भीर चासो ब्यक्त गरेको छ । बैठकले छात्रवृत्ति, भर्ना, वार्षिक शुल्क, विद्यालय संचालन मितिका विषयमा गम्भीर चासो ब्यक्त गरेको हो । पोखरामा संचालनमा रहेका निजी विद्यालयले विद्यार्थीहरुसंग मनपरी रुपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो ब्यक्त गरेको हो । लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि १२ कक्षासम्म प्रदान गर्ने छात्रबृत्ति,… पुरा पढौ

कास्कीका कुन कुन बिद्यालयले ४ जिपिए ल्याए ! , कास्कीमा ८१.७५ प्रतिशत उत्तीर्ण, ६५ विद्यार्थीले ल्याए ४.० जिपिए, एकै बिद्यायका १२ जनाले ल्याए ४.० जिपिए

दीननाथ बराल,पोखरा, २९ वैशाख, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२ मा कास्कीबाट ८१.७५ प्रतिशत उत्र्तीण हुनु भएको छ । जिल्लामा कुल सहभागी विद्यार्थी मध्ये ८१.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले पोखरा क्लिकलाई जनाएको छ । १८.२५ प्रतिशत बिद्याथी भने नन् ग्रेडेड भएका छन् । कास्कीमा यस बर्ष ९ हजार ७ सय ५ जना र प्राविधिक धार तर्फ १ सय ८४ जना विद्यार्थी एसईई परीक्षामा सहभागि हुनु भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका… पुरा पढौ

पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम सकियो

पोखरा, २९ वैशाख, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि सुरु भएको पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा र नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) को प्राविधिक सहयोगमा भएको तालिम मंगलबार सकिएको हो । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरु सहभागी थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्माले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शर्माले अहिलेको समय एआई र मल्टिमिडियाको भएको उल्लेख… पुरा पढौ

छोरेपाटन माविका ३ जनाले ल्याए एसइईमा ४ जिपिए

पोखरा, २९ वैशाख, राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार छोरेपाटन माविका ३ जना विद्यार्थीले उच्चतम् ४.० जिपिए ल्याएका छन् । विद्यार्थी शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले उच्चतम् ४.० जिपिए ल्याएका हुन् । विद्यालयबाट २०८१ सालमा १ जनाको पनि ४.० जिपिए आएको थियो ।नतिजा हेर्दा छोरेपाटन माध्यमिक विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ । कुल १ सय ८१ जना विद्यार्थी परीक्षामा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी… पुरा पढौ

बेसलाइन एकेडेमीकी छात्रा कृतिका ले यस बर्षको एसईईमा ल्याइन ४.० जिपिए

पोखरा १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको नतिजाअनुसार उनले यो उच्चतम् सफलता हात पारेकी हुन् । विद्यालयबाट यस वर्षको परीक्षामा कुल ३२ जना विद्यार्थी सहभागी भएका थिए । नतिजाको विवरणअनुसार विद्यालयका ६ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए (ए प्लस) ल्याउन सफल भए । त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए (ए) हासिल गरेका छन् । परीक्षामा… पुरा पढौ

वर्ष महिला खेलाडी को होला !

पोखरा, दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट मनोनयनमा परेका… पुरा पढौ

पोखराको मदरल्याण्ड माविका १२ जना विद्यार्थीले ४.० जिपिए ल्याए

दीननाथ बराल,पोखरा, २९ वैशाख, पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका १२ जना विद्यार्थीले उच्चतम ४.० जिपिए ल्याउन सफल हुनु् भएको हो । यस वर्षको नतिजासँगै मदरल्याण्डले लगातार उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिएको बिद्यालयको दाबी छ । विद्यालयबाट २०८० सालमा १० जना र २०८१ सालमा ११ जनाले ४.० जिपिए ल्याएका थिए भने यसपटक उक्त संख्या बढेर १२ पुगेको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित नतिजाअनुसार विद्यालयबाट एसइईमा सहभागी १ सय ६३… पुरा पढौ

उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

पोखरा, २८ वैशाख, पोखराले नेपाली खेल इतिहासमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको छ । यही गौरवशाली विरासतलाई अगाडि बढाउने क्रममा अहिले युवा खेलाडीहरुको एउटा यस्तो पुस्ता मैदानमा देखिएको छ, जसले आफ्नो कलिलो उमेरमै ठूला–ठूला सफलताको जग बसालिसकेका छन् । खेलप्रतिको अगाध प्रेम, नियमित प्रशिक्षण, अनुशासन र राष्ट्रको झण्डा फहराउने दृढ संकल्प बोकेका यी खेलाडीहरू यतिबेला नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएका छन् । यसै सन्दर्भमा, पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान… पुरा पढौ

This will close in 20 seconds