समाज

पोखरा १५ ः वडा स्तरीय खेलकुद महोत्सवमा डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छनभने भलिवल, यूनि हक्की र फुटवल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतीय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले… पुरा पढौ

एनसेल छैटौँ टाइगर कपमा विदेशी सहित महिला तर्फ ५ र पुरुष तर्फ ६ टिम सहभागि हुने, शुक्रबार हुने उद्घाटन खेलमा गण्डकी र एपिएफ भिड्ने (खेल तालिका सहित)

दीननाथ बराल,पोखरा, ७ माघ, पोखरामा शुक्रबार देखि राष्ट्रिय खेल भलिवलको महाकुम्भ सुरु हुने भएको छ । विगत ५ बर्ष देखि निरन्तर रुपमा संचालन हुदै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ अन्र्तगत यस बर्षको छैठौं संस्करण शुक्रबार देखि पोखरामा सुरु हुने भएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनमा यही माघ १७ गतेसम्म पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा संचालन हुने उक्त प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली सहभागी हुने भएको आयोजक… पुरा पढौ

पोखरा १५ मा जारी खेलकुद महोत्सवमा ब्याडमिन्टन, यूनी हकी भलिवल प्रतियोगिता सुरु

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा आयोजित चौथो संस्करणको वडा खेलकुद महोत्सव दोश्रो दिन पनि जारी रहेको छ । खेलकुद महोत्सवको दोश्रो दिन ब्याडमिन्टन, यूनी हकी, भलिवल प्रतियोगिता शुरु भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक जनार्दन जिसीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसीले खेलकुदबाट वडाभित्रका मात्र नभइ महानगरकै वडाहरुलाई एकीकृत गर्ने अभियानमा पोखरा १५ लागेकोमा आयोजक प्रति आभार प्रकट गरे । खेलकुदले… पुरा पढौ

किन स्वतन्त्र उम्मेदवार बने डा. निरञ्जन कोइराला, विज्ञान, इमान र नीतिको राजनीतिका लागि कास्की–२ मा नयाँ विकल्प

पोखरा, नेपालको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका वैज्ञानिक डा. निरञ्जन कोइरालाले कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। दशकौँ देखि दलगत राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष सहित उनी “विकास, नीति र इमानदारी”को नयाँ राजनीतिक अभ्यासका लागि चुनावी मैदानमा उत्रिएका हुन्। डा.कोइरालाका अनुसार अहिलेको दलमुखी राजनीति व्यक्ति र क्षेत्रभन्दा पनि गुट, स्वार्थ र शक्ति केन्द्रित हुँदै गएको छ। “राजनीति सेवा होइन, सौदाबाजी बन्दै गइरहेको छ। यस्तो अवस्थामा विज्ञान, तथ्य र नीतिमा आधारित निर्णय गर्ने… पुरा पढौ

कास्कीमा ६ स्वतन्त्र सहित ४९ जनाको उम्मेदवारी दर्ता (भिडियो सहित), महिला सहभागिता न्यून, रास्वपा बाहेक मुख्य दलबाट महिला उम्मेदवार छैनन्

दीननाथ बराल,पोखरा, ६ माघ, कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्रसहित ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् भने ६ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। https://www.youtube.com/watch?v=5-vnV6hxVug आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको मनोनयन अवधिमा कास्की–१ मा १७ जना, कास्की–२ मा १७ जना र कास्की–३ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। समग्रमा हेर्दा कास्कीका तीनै क्षेत्रमा पुरुष उम्मेदवारको दबदबा देखिएको छ भने महिला सहभागिता… पुरा पढौ

एक दिवसीय क्रिकेट जारी ः सांग्रिलाले एभरेष्टलाई ३२६ रनले हरायो

पोखरा, कास्की जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा सांग्रिलाले एक पक्षिय खेल प्रदर्शन ग¥यो । ३७७ रनको विशाल विजयी योगफल पाएको एभरेष्ट ५० रनमै अलआउट हुन पुग्यो । समूह बी तर्फको खेलमा सांग्रिलासामु कम्जोर देखिएको एभरेष्ट १८।३ ओभरमा ५० रनमात्रै जोड्यो । धनजु यादवले १३ र सचिन यादवले १० रन बनाए ।एभरेष्टका लागि राज परियारले ४।३ ओभरमा १… पुरा पढौ

कास्की–२ बाट उज्यालो नेपाल पार्टीका कुशल गुरुङको उमेदवारी दर्ता

पोखरा ऊर्जा तथा जलवायु क्षेत्रका विज्ञ कुशल गुरुङले कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन ्। ऋाज (मंगलबार) माघ ६ गते उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट मनोनयनपत्र दर्ता गराएका हुन्। उज्यालो नेपाल पार्टीका अभियन्ता समेत रहेका गुरुङ समर्थक तथा शुभेच्छुकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । लामो समयदेखि ऊर्जा क्षेत्र, हरित विकास र वातावरण संरक्षणमा सक्रिय गुरुङले आर्थिक समृद्धि र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। मनोनयन… पुरा पढौ

कास्कीका तीनै क्षेत्रमा कांग्रेसको उम्मेदवार टुंगियो

पोखरा, अन्ततः नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउँदै नाम सार्वजनिक गरेको छ । अन्य दलहरूले उम्मेदवार घोषणा गरिसकेपछि कांग्रेसले अन्तिम चरणमा आएर आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । कांग्रेसबाट कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधव बास्तोला ‘मधु’ र क्षेत्र नम्बर ३ मा मनोज गुरुङले टिकट पाएका छन् । ढिलै भए पनि कांग्रेसले तीनै क्षेत्रमा उम्मेदवार तय गरेपछि चुनावी गतिविधि थप सक्रिय हुने देखिएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)… पुरा पढौ

राप्रपाबाट कास्की–३ मा युवा पर्यटन उद्यमी अर्जुन खनाल उम्मेदवार

पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट सफल युवा पर्यटन उद्यमी तथा समाजसेवी अर्जुन खनाल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ। युवामाझ भरोसाको पात्रका रूपमा चिनिँदै आएका खनाल राप्रपाका केन्द्रीय सदस्य समेत हुन्। टिकट प्राप्त गरेसँगै खनालले पार्टीले आफूमाथि गरेको विश्वासप्रति आभार व्यक्त गर्दै कर्तव्यबोधका साथ उम्मेदवारी स्वीकार गरेको बताएका छन्। उनले कास्की–३ का मतदाताबाट अमूल्य मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। खनालले कास्की–३ को आर्थिक विकास र समृद्धि लाई मुख्य… पुरा पढौ

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

काठमाडौं, काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् । कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने ९१९ अंक० उपविजेता भए भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा ९१८… पुरा पढौ