समाज

पोखराका विभिन्न स्थानमा योग शिविर सहित मनाईयो योग दिवस, योग र आरोग्य पर्यटनको सम्भावना छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा, ७ असार, पर्यटनको राजधानि पोखरामा अन्तर्राष्ट्रिय योग दिवस आज (आइतबार) योग शिविर सहित विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । आइतबार पोखरा रंगशाला, फेवाताल किनार, पोखराका पर्यटकीय गन्तव्यहरुमा योग शिविर सहित विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । भारतीय राजदूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा आइबतार बृहत योग शिविर आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल तथा भारतका विभिन्न उच्चपदस्थ व्यक्तित्व, खेलकुदकर्मी, योग साधक तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा आँगनद्वारा ८० केजी कपडा सहयोग, सुखावती च्यारिटी स्टोर्समार्फत वितरण गरिने

पोखरा, सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा आँगनले पोखरा–१७, पार्दीस्थित सुखावती च्यारिटी स्टोर्सलाई ८० केजी प्रयोगयोग्य कपडा हस्तान्तरण गर्दै कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष लायन विनोद प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि हुमागाईंले संकलित कपडाहरू सुखावती च्यारिटी स्टोर्सको पोखरा शाखाकी प्रबन्धक अन्जना थापालाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा क्लब ब्याक चिफ लायन पदमबहादुर ढकाल, सुखावती च्यारिटी स्टोर्सकी पोखरा… पुरा पढौ

कास्कीमा लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु, युवालाई लक्षित सचेतना र नियन्त्रणात्मक कार्यक्रम सञ्चालन

पोखरा, असार ६, लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार बढ्दो सामाजिक चुनौतीका रूपमा देखा परिरहेका बेला कास्कीमा यसको नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि सप्ताहव्यापी अभियान सुरु गरिएको छ। “लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नारासहित सुरु भएको अभियानअन्तर्गत युवालाई केन्द्रमा राखेर विभिन्न सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गरिने भएका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा तथा असल छिमेकी नेपाल नवजीवन पुनर्स्थापना केन्द्रको समन्वयमा अभियानको शुभारम्भ गरिएको हो।… पुरा पढौ

प्रदेशमा ५ प्रतिशत भन्दा कम प्रशासनिक खर्च हुने गरेको छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल,पोखरा ६, असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा ५ प्रतिशत भन्दा कम प्रशासनिक खर्च हुने गरेको बताउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा “संघीयतामा आमसञ्चार अन्तरक्रिया तथा संसदीय र अदालती रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम” को शनिबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार महङगो भयो भन्ने भाष्य खडा गर्न उचित नभएको उल्लेख गर्दै प्रदेशमा प्रशासनिक खर्च ५ प्रतिशत भन्दा कम हुने गरेको बताउनु भएको हो । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा प्रदेश सरकारहरूको प्रशासनिक खर्च कुल खर्चको ५… पुरा पढौ

पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा डोजर चल्यो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ६ असार, पोखरा बसपार्कमा रहेको बाँस्तोला कम्प्लेक्समा शनिबार डोजर चलेको छ । विहिबार बसपार्क क्षेत्रको उत्तरी क्षेत्र र केही पूर्वी भागमा डोजर चले पनि शनिबार पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बास्तोला थर कम्प्लेक्समा ३ सय २० वटा व्यापारीक सटर तथा अस्थायी घर टहराहरु भत्काइएको पोखरा महानगरपालिकाले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=-DKzevwKnRk&t=702s करिब पाँच दशकदेखि अड्किएको बसपार्क निर्माण योजनालाई अघि बढाउन महानगरले अस्थायी घर–टहरा हटाउने काम दुई दिन अघिदेखि बसपार्कमा डोजर लगायर भत्काउन सुरु गरेको थियो । बिहीबारदेखि… पुरा पढौ

खेलकुद पत्रकार मञ्चको एआई तालिम सम्पन्न

पोखरा, ६ असार, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ सम्पन्न भएको छ । सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा भएको तालिम शनिबार सकिएको हो । तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्यांक विश्लेषण, फोटो, अडियो, भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो । दुई दिनसम्म चलेको तालिमले पोखराका खेलकुद पत्रकारहरुलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास लिएको छ । तालिम… पुरा पढौ

योग दिवसको अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम

पोखरा, अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम आयोजना गरिएको छ । उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा शनिवार पोखरा रानीपौवास्थित मनमन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिएको छ । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा योगमय जीवन सुखको आधार विषयमा प्रवचन दिइएको थियो । कार्यक्रमका अध्यक्ष कपिलनाथ कोइराला र प्रमूख वक्ता राजयोग प्रशिक्षक व्रह्मकुमारी सुधाले संयुक्त रुपमा पानसमा दियो बालेर कार्यक्रमको उद्दघाटन गरेका… पुरा पढौ

एन प्याब्सन कास्कीले आबद्ध विद्यालयका नेतृत्वकर्तालाई दियो प्रशिक्षण

पोखरा, एन प्याब्सन कास्कीको आयोजना विद्यालय सशक्तीकरणका लागि २१औँ शताब्दीमा नेतृत्वका चुनौती विषयक प्रशिक्षण शनिवार देखि सुरु भएको छ । काठमाण्डौं युनिभर्सिटी स्कुल अफ एजुकेसनको सहकार्यमा भएको उक्त प्रशिक्षण कार्यक्रम आइतबार समापन हुने छ । प्रशिक्षण कार्यक्रममा एन प्याब्सनमा आबद्ध ४४ विद्यालयका संस्थापक तथा प्रिन्सिपलको सहभागिता रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा काठमाण्डौं युनिभर्सिटी स्कुल अफ एजुकेसनका ढुण्डिराज गिरी, धनपति सुवेदी, डिल्लीराम भट्टराई, स्मृति न्यौपाने, राजीव सुवेदी, कृति सुब्बा र राजन अधिकारीले सहजीकरण गर्नेछन् । निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा… पुरा पढौ

न्यू ग्यालेक्सीमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १÷१ लाख सहित सम्मान, कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा , न्यू ग्यालेक्सी इङ्लिस सेकेण्डरी स्कुलमा नवप्रवेशी कक्षा ११ का विद्यार्थीहरूलाई विशेष कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरिएको छ । शनिवार विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थी शिक्षक र विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । उक्त अवसरमा विद्यालयको तर्फबाट २०८२ को एसइईमा ४ जिपिए ल्याउने विद्यार्थी आर्यमान अधिकारी र आयुष कुमार दासलाई नगद १÷१ लाख र सम्मान पत्रले सम्मान गरिएको थियो । यी दुई विद्यार्थी हाल न्यू ग्यालेक्सीमै कक्षा ११ को साइन्स… पुरा पढौ

अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम

असार ६,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हाँसिल गरेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले प्रथम स्थान हाँसिल गरेको हो । यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । विजेता तथा उप–बिजेता टिमले नगद सहित मेडल पुरस्कार प्राप्त गरे । पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कृत… पुरा पढौ

This will close in 20 seconds