समाज

किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा, २६ भाद्र , निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ। सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना… पुरा पढौ

पो.उ.वा.संघ चुनाव,आफ्ना उम्मेदवारहरुलाई एक मत भएर मत हाल्ने पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

पोखरा, भदौ २६, पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् । एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै… पुरा पढौ

मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने

पोखरा २६, भदौ, ११औं संस्करणको मिस पोखरा ‘२०२४’ को प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्ने भएको छ । इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङ र पब्लिक फोरकेका प्रबन्ध निर्देशक मन क्षेत्रीले बुधबार असोज १७ गते हुने ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गर्ने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले स्थापना भएको छोटो समयमै प्रतिष्ठित इभेन्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । इभेन्ट फर यूका अध्यक्ष गुरुङले टेलिभिजनसँगको सहकार्यले इभेन्टको गरिमा अझै बढ्ने विश्वास व्यक्त गरे… पुरा पढौ

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ दिने आश्वासन

पोखरा २६, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए । उद्योगि तथा व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता… पुरा पढौ

नाबाट पत्रकार शर्मा र सुवेदी सम्मानित, अधिवेसन स्थगित

पोखरा २५, भदौं नेपाल हवाई खेलकुद संस्था (ना) बाट परशुराम शर्मा र अमृत सुवेदी सम्मानित भएका छन् । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनलाई मंगलबार पोखरामा सम्मान गरिएको हो । अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदी र नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मालाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत लगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् । यसैबिच नाको अधिवेसन भने स्थगित… पुरा पढौ

सहारा क्लवले २६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने, सहारा खेलकुद पुरस्कार शर्मालाई

पोखरा, २५ भदौ, पोखराको सहारा क्लवले आफ्नो स्थापनाको २६ औं बर्ष गाँठमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । क्लवले २६ औं बार्षिकोत्सवको अवसरमा सरसफाई, रक्तदान, पुरस्कार वितरण तथा सम्मान सहितको कार्यक्रम गरी मनाउने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा… पुरा पढौ

आर्थिक चुनौतिको सामना गर्न हातेमालो गरौं ः गोकर्ण

पोखरा २५, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ आंैं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् । संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् । आफुले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक अन्य… पुरा पढौ

हाप्किडो सेमीनार पोखरामा सुरु

पोखरा २५, भदौ, हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तैे देखिएको बताएका छन् । उनले भने–“दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न ।… पुरा पढौ

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा

पोखरा २५, भदौ, गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र… पुरा पढौ

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा, भदौ २५, स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको… पुरा पढौ

This will close in 20 seconds