समाज

दशैं बिषेशः पोखराबाट असोजको पहिलो साता देखि सुकिला नोट पाइने

दीननाथ बराल, पोखरा २२, भदौ, पोखरामा यस बर्षको वडा दशेैं पर्वलाई लक्ष्ति हुने गरी आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही हुने भएको छ । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आउँदो असोजको पहिलो साता देखि सुकिला नोट सटही गर्ने व्यबस्था मिलाउने भएको कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले पोखराक्लिकलाई बताउनु भयो । राष्ट्र बैंक केन्द्रको निर्देशन अनुसार यस बर्ष नयाँ नोट सटही नहुने भएकोले बजारमा एक पटक पुगेका चलन चल्तीमा प्रयोग गर्न मिल्ने… पुरा पढौ

गत बर्षको उपविजेता पुलिसले यसपाली जित्यो लामाचौर कप राष्ट्रिय पुरुष भलिवलको उपाधि

दीननाथ बराल,पोखरा, २२ भदौ, गत बर्षको उपविजेता नेपाल पुलिस क्लवले यसपाली लामाचौर कप राष्ट्रिय पुरुष भलिवल प्रतियागिता २०८१ को उपाधि हात पार्न सफल भएको छ । पोखरामा शनिबार ईन्द्र राज्य लक्ष्मि माविको खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा पुलिसले शसस्त्र पहरी वलको एपिएफ क्लव माथि ३–२ को सेटमा पराजित गर्दै उपाधि सहित हात पार्न सफल भएको हो । उपािध सहित पुलिसले एक लाख ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो । प्रतिष्प्रर्धामा भएको… पुरा पढौ

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम

पोखरा, २२ भाद्र, पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता ९भगिनी सम्बन्ध० कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गर्नुभएको हो । दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै… पुरा पढौ

लामाचौर महोत्सवःअन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम

पोखरा, २१ भदौ, तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न

पोखरा २१ भदौ, पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न भएको छ। चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समुहगत तिज गीत प्रस्तुति रहेको थियो। वडा नं १६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए। सहभागी टोलीलाई नगद जनही दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक रामकुमारी बानियाँले नगद र प्रमाणपत्र… पुरा पढौ

लामाचौर कप भलिबलको महिला तर्फको उपाधि एपिएफलाई, पुरुष तर्फको फाइनल खेल स्थगित

पोखरा, २१ भदौ, लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि… पुरा पढौ

प्रथम अन्तर क्लव ह्याण्डवलको उपाधी टिम मनकामनालाई

पोखरा २० भदौ, पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टिम मनकामनाले उचालेको छ।ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल बस्नेतले जानकारी दिए। त्यस्तै हाईजेष्ट स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।… पुरा पढौ

पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धता सहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा

पोखरा २०, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानल सहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्र सहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् । पोखरेल प्यानलले… पुरा पढौ

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा २०, भदौ महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा पोखराः पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ । पोखरा… पुरा पढौ

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा २०, भदौ, महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका हुन् । पोखरा २० भदौ । लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा… पुरा पढौ

This will close in 20 seconds