समाज

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ

पोखरा कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा राम नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राम कुमार श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा विनोद प्रसाद श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी संघको सदस्यहरुमा बिजय कार्की, चिन्तामणी बास्तोला, प्रकाश बज्राचार्य र गृमा उदास निर्वाचित भएका छन । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामा निर्वाचन संयोजक रहेको… पुरा पढौ

टान गण्डकीको आयोजनामा ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, असोज ३, ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले युएसएडको सहयोगमा विहीबार ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा पर्यटन पदयात्रामा जाने गाईड तथा पोर्टरहरुलाई दीगो पर्यटनका लागि पदयात्रामा जाँदा गर्नुपर्ने अभ्यास, जानेर होस् वा नजानेर त्यहाँ पुग्ने पर्यटक वा पदयात्रीले वातावरणमा पु¥याईरहेको हानी, नोक्सानीलाई कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सचेतमूलक जानकारी दिइएको थियो । कार्यक्रमको समापनमा बोल्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन… पुरा पढौ

केन्द्र सरकारले समयमै कानून नवनाउदा प्रदेश सरकारलाई कठिन

दीननाथ बरालपोखरा ,३ असोज, गण्डकी प्रदेशको राजधानि पोखरामा पनि संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । संविधान दिवस गण्डकी प्रदेशको मुल समारोहको आयोजनामा पोखरामा प्रभात फेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाईएको हो । पोखराको शहिद पार्कबाट सुरू भएको प्रभात फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित मन्त्री, सांसद, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभात फेरीमा एपिएफको ब्याण्ड बाजा, विभिन्न जनजातिको… पुरा पढौ

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो । पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति… पुरा पढौ

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान प्रकट गर्नुभएको हो । नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरुप २०७२ साल असोज ३… पुरा पढौ

पोखरा सडक पेटिका रुख विरुवा काटछाट् भए पछि….

.दीननाथ बराल,पोखरा २, असोज, केही दिन अघि पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसबुक स्टाटस लेख्दै बिद्युत प्राधिकरणका कार्यालय प्रमुखले आफुखुसि रुख विरुवा काटछाट गरेको आरोप लगाएका छन् । उनले भने “पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा“ परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं, तर धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ, बिद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो… पुरा पढौ

पोखराको नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा, २ असोज, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आठौं सस्करणको खुल्ला क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । ‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताउनु भयो । ए… पुरा पढौ

ऋषिलिला पत्रकारिता पुरस्कारबाट पौडेललाई सम्मान गरिने

पोखरा, २ असोज पोखरा बृद्धाश्रमद्वारा सञ्चालित “ऋषिलिला पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा बिशेष योगदान दिनु हुने कस्कीका ज्येष्ठ नागरिकहरु र सम्मानित हुन लाग्नु भएका पत्रकार पौडेललाई अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असौज १५ गते एक समारोहमा सम्मान गरिने भएको हो । पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा बिशिष्ठ योगदान पु¥याउनु भएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रम, सीतापाईलाका संस्थापक अध्यक्ष स्वर्गिय ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा उहाँका छोरा कुसुमकेशव पराजुलीद्वारा… पुरा पढौ

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

पोखरा २, असोज, पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर… पुरा पढौ

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखरा, २ असोज, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो । रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए । उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं… पुरा पढौ

This will close in 20 seconds