समाज

पोखरा लेकसाइडको केयर मार्क हस्पिटलको रक्तदान कार्यक्रमबाट १०१ यूनिट रंक्त संकलन

दीननाथ बराल, पोखरा ६, असोज, पोखरा लेकसाइडको केयर मार्क हस्पिटलको खुल्ला रंक्तदान कार्यक्रम २०८१ बाट १०१ यूनिट रंक्त संकलन भएको छ । पोखराको लेकसाइडमा रहेको उक्त हस्पिटलको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको हस्पिटलका अध्यक्ष जितु गुरुङले बताउनु भयो । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पहिलो रंक्तदाता सृष्टि शाही ठकुरीलाई व्लड व्याग हस्तान्तरण गर्दै पोखराको पर्यटकीय गन्तव्य लेकसाइडमा उक्त हस्पिटलले गुणस्तरिय सेवा दिएकोमा प्रशंसा गर्नुभयो ।… पुरा पढौ

बिक्रम थकाली सहित अन्य व्यक्तिहरु सम्मानित

पोखरा ६, असोज, पोखराका खेलकुदकर्मी एवं समाजसेवी बिक्रम थकाली सहित केही व्यक्तिहरु सम्मानित हुनु भएको छ ।सहारा क्लब, पोखराका पूर्व अध्यक्ष, फुटबल अभियन्ता, सहारा बाल आधारभुत विद्यालय, पोखरा–९, बसपार्ककका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको थकालीलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारी सम्मान र पुरस्कृत गरिएको हो । लामो समय सहारा क्लब, पोखराको अध्यक्षमा रहेर फुटबल विकासमा लाग्नु भएको थकाली अहिले पनि क्लबको शुभचिन्तकका रुपमा पोखरेली फुटबलसँगै समग्र नेपाली फुटबलको बिकासमा लाग्दै आउनु भएको छ । थकाली सहित अन्य व्यक्तिहरु… पुरा पढौ

भ्यू फेवा राउन्ड फेवा रुटमा टानको सरसफाई

पोखरा ५, असोज ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान) गण्डकीले शनिबार पोखरामा सरसफाई गरेको छ । भ्यू फेवा राउन्ड फेवा रुट (ड्यामसाइड) को दिगो प्रवर्द्धनको उद्दस्यले बृहत् सरसफाइ कार्यक्रम आयोाजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पर्यटन परिषदमा आवद्ध विभिन्न संघ संस्थाहरु ,हान,नाटा,नारा,ना, रेवान, मजदुर संघ, टुरिस्ट पुलिस पोखरा, स्थानिय क्लबहरु ड्यामसाइड र पुल्चोक क्लब,लायन्स क्लबहरु लायन्स क्लब अफ लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनका… पुरा पढौ

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पोखरा, ५ असोज गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समिक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन हुनु भएको छ । यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध… पुरा पढौ

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पोखरा, ५ भदौ, पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् ।… पुरा पढौ

अल्जाईमर सम्बन्धी जनचेतना जगाउँदै रोट्रयाक्ट

पोखरा, असौज ५ , अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरु लाई प्रायः लाग्ने अल्जाईमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताएको छ । पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचतना कार्यक्रमका श्रोत ब्यक्ति डा. देवेशचन्द्र घिमिरेकाका अनुसार यो बिर्सने रोगको तथ्याङ्क नेपालमा बिश्वसनीय नरहे पनि… पुरा पढौ

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

पोखराः ४ असोज अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० पोखराका प्रमुख डा। रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताए ।‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्न सक्छ’, कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा,… पुरा पढौ

लेकसिटी कलेजको संचालक समितिको अध्यक्षमा पुनः प्राडा पराजुली

पोखरा, ४ असोज पोखरा वडा नं ४ स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समितिको अध्यक्षमा पुनः प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायण कुमार श्रेष्ठ रहेका छन् । लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयूक्त रुपमा व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए । संस्थापक अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले कलेजले पढाइ सँगै… पुरा पढौ

४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास, २०८३ साल माघ १६ सम्म सक्नुपर्ने

पोखरा, ३ असोज, कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ । शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान… पुरा पढौ

हिमालय क्लवमा मोहन, कृषि सहकारीमा दुर्गालाल

पोखरा ३ असोज, हिमालय क्लव पोखरा–१६ वाटुलेचौरको सम्पन्न अधिवेशनले मोहनवहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।क्लवको स्थापनाकालवाटै सचिव र पछि अध्यक्ष वनेका थापा लामो समयदेखि क्लवलाई नेतृत्व गर्दै आईरहेका छन् । क्लवको विहीवार सम्पन्न २८ औं साधारण सभा तथा १४ औं अधिवेशनले निवर्तमान अध्यक्ष सुशील वस्नेत,प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा,सचिवमा तुलवहादुर वस्नेत, सहसचिवमा मनु वस्नेत,कोषाध्यक्षमा लक्ष्मी पौडेल र सह कोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए।त्यस्तै सदस्यमा राजकुमारी वाँनिया,लक्ष्मी श्रेष्ठ,विष्णु नेपाली,सुवाष तिमिल्सीना,सरीता अधिकारी,केशव थापा,रामशरण वाँनिया,खगेन्द्र थापा र… पुरा पढौ

This will close in 20 seconds