समाज

स्याङजाको कोल्मा बहाकोटमा पुष ८ गते, पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा १०, मंसिर, स्याङजाको कोल्मा बहाकोटमा आउँदो पुष ८ गते पाँचौ सस्करणको क्रस कन्ट्रि दौड प्रतियोगिता २०८१ हुने ंभएको छ । स्याङजाको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा उक्त प्रतियोगिता हुने तयारी गरिएको सोमबार पोखरामा आयोजित प त्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । खुल्ला दौड २५ किलोमिटर सहित ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने भएको मञ्चका अध्यक्ष सु.मे.दुधप्रसाद गुरूङले बताउनु भयो । क्रस कन्ट्रि अन्तर्गत २५ किमि खुल्ला सहित महिला तर्फ १० किलोमिटर, २१ बर्ष मुनिका खेलाडीहरुलाई… पुरा पढौ

नेपाल फर्निचरको सोरुम पोखराको प्रर्साङमा विस्तार, बिषेश छुटको अवसर ..

दीननाथ बराल,पोखरा १०, मंसिर, पर्यटकीय नगरस्ी पोखरामा नेपाल फर्निचरको चौथो शाखा विस्तार भएको छ । पोखरामा फर्निचरको माग बढी भएकोले आफ्नो शाखा विस्तार गरिएको नेपाल फर्निचरका संचालक एवं युवा व्यवसायी सुजन अधिकारीले बताउनु भयो । केन्द्रिय कार्यालय काठमाण्डौंमा रहेको नेपाल फर्निचरले स्वदेशमा उत्पादित बस्तुबाट गुणस्तरिय र टिकाउका फनिचर तथा फर्निसिङका सामानहरु उत्पादन गर्दै आएको उहाँले जनाउनु भयो । उहाँले भन्नु भयो“ हामीले नेपालीको माया गर्ने र नेपाली उतपादन मन पराउने ग्राहकहरुको लागि उहाँहरुको इच्छा र चहाना अनुसारका फर्निचर हामी उत्पादन… पुरा पढौ

मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’ का लागि थप १ लाख प्रदान

पोखरा, मंसिर १०, पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन्… पुरा पढौ

जोण्टा क्लव अफ पोखराको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

१० मंसिर, पोखरा, विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनि गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितिय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान हाँसिल गरे । प्रतियोगिताका वितेताहरुलाई एक समारोहका विच नगद सहित ट्रफि, प्रमाण–पत्रले पुरस्कृत गरियो । उनीहरुलाई आयोजक क्लवका अध्यक्ष रोजिना रंजित बिजुक्छे, मिस नेपाल इन्टरनेशलन करुणा… पुरा पढौ

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा १०, मंसिर, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच सिलान्यास गरेका हुन । सो अवसरमा वोल्दै सांसद मन बहादुर गुरुङले… पुरा पढौ

निवृत्त प्राध्यापकका अनुभव–अनुभूति अब पुस्तकमा

कास्कीका विभिन्न क्याम्पसबाट सेवा निवृत्त भएका अध्यापक तथा प्राध्यापकका अनुभव–अनुभूति एकै ठाउँमा पढ्न पाइने भएको छ । यो सबै कुराको जाँचोपाँजो निवृत्त प्राध्यापक समाज पोखराले मिलाएको हो । समाजले सोमवार एक समारोहका बीच निवृत्त प्राध्यापक मञ्च : संक्षीप्त जीवनी एक लोकार्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले शिक्षामा सुधार आवश्यक भएकाले सरकारले अनुभव प्राप्त प्राध्यापकहरूसँग सहकार्य गरेर समस्याको निर्क्यौल गर्न सकेमा राम्रो हुने धारणा राखे । साथै उनले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि… पुरा पढौ

रास्वपाका सभापति लामिछानेलाई पुनः पाचौं पटक म्याद थप

पोखरा ९ मंसिर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतले पुनः १५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो । सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ पर्नु भएको सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल वेलवासीका्े इजलासले रवि माथि थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । पहिलो पटक ६ दिन म्याद दिएकोे अदालतले दोस्रो… पुरा पढौ

टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु

दीननाथ बराल, पोखरा ९, मंसिर, इलेक्ट्रीक स्कुटर टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरियन्ट पोखरामा बिक्रि वितरण सुरु भएको छ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट आवर भेरियन्ट पोखरामा आइतबार सार्वजनिक गरेसंगै उक्त स्कुटर बिक्रि वितरण गर्न सुरु भएको हो । सिटी स्क्वायर व्याइवेट, न्युरोडमा आयोजित उक्त क्षेत्रीय उद्घाटन कार्यक्रममा यस क्षेत्रका ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रीक सवारी साधनको विकल्पको रुपमा आएको कम्पनीको दाबी छ । नयाँ… पुरा पढौ

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योति बोर्डिङ लाहाचोकलाई

 मंसिर ९, हेमजा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानज्योति बोर्डिङ लाहाचोकले जितेको छ । माछापुच्छ्रे  गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।   यता ५ स्वर्ण १ रजत र ३ कास्या पाप्त गरि माछापुच्छ्रे  मा.वि दोस्रो भएको छ… पुरा पढौ

सृजना मा.वि.मा पुरस्कार वितरण

पोखरा ९, मंसिर, पोखरा–८, सृजनाचोक शान्तिमार्गमा रहेको सृजना माविमा यही मंसिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मङ्सिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो । भने मङ्सिर ९ गते आइतवारका दिन २०८१ साल असोज १६, १७… पुरा पढौ

This will close in 20 seconds