समाज

एथ्लेटिक्स मिटमा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट

पोखरा, कास्की जिल्ला एथ्लेटिक्स संघको इतिहासमै पहिलो पटक पोखरामा आयोजना भएको दुई दिने पोखरा ओपन एथलेटिक्स मिट २०२५ मा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट घोषित भएका छन् । पुरुषतर्फ विभागिय टोली नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र सलिम देवान उत्कृष्ट हुँदा महिलातर्फ नेपाल पुलिस क्लबकी सिमा चौधरी र चितवनकी रेशमा सुवेदी उत्कृष्ट बन्न सफल हुनु भएको संघ कास्कीका अध्यक्ष गज बहादुर गुरूङले बताए । उत्कृष्ट भए संगै उनीहरुले नगद १०र१० हजारका साथमा प्रमाणपत्र हात पारेका छन् । दुई दिन… पुरा पढौ

पालिकाका प्रतिष्ठानसँग सहकार्य गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण

चैत्र ३१, पोखरा, गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण… पुरा पढौ

केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग

पोखरा, ३१ चैत, इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्ट सहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ ।संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आउँदै गरेको नयाँ वर्ष २०८२ को अवसर समेत पारी शनिबार गुरुकुलमा त्यहाँका ८१ जना बटु्कलाई टिसर्ट सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुुभयो । कार्यक्रमकै अवसरमा बटुकहरूलाई भोजन समेत गराइएको थियो । संस्थाले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमका साथमा वर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कामहरू गर्दै आएको उहाँले बताउनुभयो… पुरा पढौ

पोखरामा आयोजित पर्यटक दौडमा लण्डनका साम प्रथम, १८ देशका ५५ सहभागी

पोखरा, ३१ चैत, पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे । महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने… पुरा पढौ

केपी ओलि कप टी २० क्रिकेट जारी, समूह सी बाट हिमाल फ्रेन्ड्स सेमीफाइनलमा

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ । १०२ रनको विजयी लक्ष्य… पुरा पढौ

नेकपा माओवादी केन्द्र पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन सम्पन्न

पोखरा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गत पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने, र स्थानीयस्तरमा विकास, समावेशिता र सामाजिक समानताका एजेन्डाहरूलाई अगाडि बढाउने रहेको थियो। संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो। आयोजकहरूले कार्यक्रमलाई सङ्गठित, मर्यादित र उद्देश्यपूर्ण बनाउँदै सकरात्मक सन्देश प्रवाह गरेका थिए… पुरा पढौ

कृषिको उत्सव आलु महोत्सव

पोखरा, ३० चैत, आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ ।यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । महोत्सवमा दैनिकजसो हजारौंको सहभागिता रहने… पुरा पढौ

ल्वाङगाउँमा मेला सम्पन्न, युके लण्डनलाई भलिबलको उपाधि महिला तर्फ धम्पुस च्याम्पियन

पोखरा, ३० चैत्र, ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ । गत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज ९शनिबार० भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो । उपाधिसँगै लण्डनले नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो… पुरा पढौ

युनिश गुरुङलाई बुद्धिचाल प्रतियोगिताको उपाधि

पोखरा, पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् । माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए । यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका सम्पादक… पुरा पढौ

प्रथम एलिट भलिबल कपः महिलातर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा, प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए । आइतबार महिलातर्फ… पुरा पढौ

This will close in 20 seconds