पोखरा, २ पुस, गण्डकी बोर्डिङ स्कुल, लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला सुरु हुँदैछ । विद्यालय परिसरमा ३ दिनसम्म चल्ने कार्यक्रममा पहिलो २ दिन विभिन्न इभेन्ट्समा खेलकुद क्रियाकलाप हुनेछन् । अन्तिम दिन शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला हुने विद्यालयका मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिए । बुधबार बिहान साढे १० बजे सुरु हुने खेलकुदमा कक्षा ४ देखि १२ विद्यार्थीले भाग लिने छन् । उद्घाटन अवसरमा विद्यार्थीले मार्चपास गर्ने छन् । यसैगरी, विभिन्न दूरीमा…
पुरा पढौ