कास्की, मादी गाउँपालिका–७, छाचोक तमु समाजले बाढी तथा डुबान प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. १ लाख सहयोग गरेको छ । भदौ १० गते आएको विनाशकारी बाढी तथा डुबानका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समाजले आफ्नो कोषबाट उक्त रकम प्रदान गरेको हो। प्राकृतिक विपद्का कारण घरबार, सम्पत्ति तथा भौतिक संरचना गुमाएका नागरिकको पीडामा साथ दिन र राज्यको राहत तथा पुनःस्थापना अभियानमा सहयोग…
पुरा पढौ