देश तथा समाज पत्रिका

पोखरामा पनि नर्सिङ दिवस मनाइयो

पोखरा १० रामघाटमा रहेको त्रिभुवन विश्व बिद्यालय चिकित्सा अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा नर्सिङ दिवस मनाइएको छ । विश्व नर्सिङ दिवसको अवसरमा आइतबार क्याम्पसमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको पुष्पा शर्माले बताउनु भयो । क्याम्पस प्रमुख नीता ताम्राकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सा.प्रा. शारदा शर्मा, सा.क्याम्पस प्रमुख तथा सचिव नान कार्की लगगायले नर्सिङ सेवाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित नाटक, पोष्टर प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता समुहगत रुपमा भएको थियो । पुरा पढौ

यु–२३ बास्केटबलको उपाधि पिप्लेलाई

पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो ।उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित… पुरा पढौ

पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ

पोखरा महानगरपालिका वडा नं।२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख… पुरा पढौ

जलकुम्भी झार निकाल्न ४० जनालाई रोजगारी

बर्सातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको छ । आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताउनुभयो । ‘फेवातालको भविष्य प्रति हामी निकै चिन्तित छौँ, उहाँले भन्नुभयो, यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको… पुरा पढौ

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षणः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे । उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी बनेकोमा… पुरा पढौ

गोर्खा र तनहुँका होटल व्यावसायिलाई दमौलीमा तालिम,(भिडियो सहित)

आगन्तुक पाहुनालाई गुणस्तरिय सेवा सहितको सुविधा दिन सुझाव दीननाथ बराल, दमौली ३०, वैशााख, मस्र्याङ्दी करिडोर अन्तर्गत गोर्खा र तनहुँका होटल व्यावसायिलाई दमौलीमा तालिम दिन सुरु गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा तनहुँमा आईतबार देखि दुई दिने आवासीय तालिम सुरु भएको हो । सोमबारसम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका उप प्रमुख ईन्दीरा दराईले व्यवसायीहरुलाई आफ्नो व्यवसायिक मर्यादामा रहेर व्यवसाय गर्न सुझाव दिदै होटलमा आउने पाहुनालाई गुणस्तरिय सेवा सुविधा उपलब्ध… पुरा पढौ

फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु

दीननाथ बराल,पोखरा ३०, वैशाख, पोखराको फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु भएको छ । पोखरा–१८ खपौदी ढल्केबर स्थित फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी“ भन्ने मुल नाराका साथ फेवातालको मुहानबाट जलकुम्भी झार सफाइ अभियान आइतबारबाट सुरु भएको हो । नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनु भएको राम बहादुर पौडेलको अध्यक्षतामा भएको सफाई अभियानमा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति एसपी अरुण पौडेल शर्मा सहितको टोलीले सफाई अभियानको सुरुवात गर्नु भएको हो… पुरा पढौ

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी… पुरा पढौ

यूनाइटेड क्लब पोखराद्धारा बाग्लुङका अग्निपिडितलाई आर्थिक सहयोग

यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्न भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बरावरको आर्थिक सहयोग गरेको हो । सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिलामणी शर्माले पोखरामा रहेको यूनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो… पुरा पढौ

लम्जुङ, गोर्खा र तनहुँका होटल व्यावसायिलाई दक्ष पार्न दमौलीमा तालिम

दीननाथ बराल,दमौली, २९, वैशााख होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त अयाोजनामा तनहुँमा आईतबार र सोमबार दुई दिने आवासीय तालिम हुने भएको छ । मर्यादी करिडोर अन्तर्गतका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदार “स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी“ दुई दिने तालिम तनहुँको दमौलीमा आयोजना हुने भएको शनिबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । दमौलीको ह्वाईट हाउस होटलमा यहि वैशाख ३० र ३१ गते होटल व्यवसायी संघ तनहुँको सह–आयोजनामा मस्र्याङ्दी करिडोर… पुरा पढौ