देश तथा समाज पत्रिका

माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा आयोजित महायज्ञमा विदेशबाट समेत सहयोग आउन थाल्यो

दीननाथ बराल,पोखरा, भाद्र ७, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ मा विदेशबाट समेत सहयोग आउन थालेको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद् भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा आयोजित महायज्ञको दोश्रो दिनमा अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष… पुरा पढौ

तनहुँमा बस दुर्घटना हुँदा २७ जनाको ज्यान गयो, १६ जना घाइते

तनहुँ, ७, भदौं, तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरा भन्ने ठाउँमा आज भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते हुनु भएको छ । पोखराबाट काठमाण्डौं तर्फ जादै गरेको उक्त बसमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू मध्ये अधिकांशको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको तनहुँका प्रहरी प्रमुख विरेन्द्र शाहीले बताउनुभयो । वेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा… पुरा पढौ

सातौं कृषि तीज प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने

भाद्र ७, पोखरा, पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भाद्र १४ गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु विच पोखरा उद्योगबाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने भएको हो । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र दित्तिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तितृय हुनेले १० हजार र सान्तवनाले नगद पाँच हजार… पुरा पढौ

शुक्ला साहित्यले गर्ने श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको तयारी तिव्र

पोखरा ०७ भदौं, पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ । हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा हुने धार्मिक झाँकी सहितको प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए । विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष प्रतियोगिता संचालनको रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउने गरी तयारी तिव्र पारेको र आन्तरिक वाहेकका… पुरा पढौ

पोखरामा सशस्त्र प्रहरीको सक्रियतामा वृहत डेंगी नियन्त्रण अभियान सुरु

पोखरा ७, भदौं, पोखरामा सशस्त्र प्रहरीको सक्रियतामा वृहत डेंगी नियन्त्रण अभियान सुरु भएको छ । पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको सक्रियतामा स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं. ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत स्थानिय समुदायहरुको सहभागीतामा दुवै वडाहरुका संवेदनशिल स्थानहरुमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका… पुरा पढौ

पोखरामा एक दिन अघि वेपत्ता भएका बालक फेवातालमा मृत भेटिए

दीननाथ बराल,पोखरा ७, भदौ, पोखरामा एक दिन अघि (विहिबार) वेपत्ता हुनु भएको बालक शुक्रबार (आज) फेवातालमा मृत अबस्थामा भेटिनु भएको छ । पर्वत फलेवास नगरपालिका २ थापाठाना घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्ने सुर्य बहादुर क्षेत्रीको १३ बर्षका छोरा प्रस्ताव क्षेत्री फेवातालमा मृत अबस्थामा भेटिनु भएको प्रहरीले जनाएको छ । डेरामा बस्दै आउनु भएको उहाँले कसैलाई पनि नसोधि कोठाबाट हिड्नु भएको स्थानियले बताउनु भयो । एक बालक ड््यामसाईड स्थित फेवातालमा हाम फालेको भन्ने आज दिउँसो ३ः०० बजे जानकारी हुन… पुरा पढौ

भरतपुर महानगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

चितवन, भदौ ७, भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०र०८१ को तेस्रो चौमासिक ९चैत–असार० भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स… पुरा पढौ

मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा, ७ भदौ , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिनुभएको छ । पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिनुभएको हो । जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो ‘जीवनको सबैभन्दा सक्रिय… पुरा पढौ

तमु धिं नेपाल माछापुच्छ्रे गाउँपालिकामा दुर्गा गुरुङ

पोखरा, ७ भदौ, तमु समुदायको पुरानो एवम अग्रणी संस्था तमु धिं नेपाल माछापुच्छ्रे गाउँ पालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ । संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवम सामाजिक क्षेत्रका अगुवाहरुको भेलाले आयोजक समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ, सदस्यहरुमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ , चिज बहादुर गुरुङ, राजु गुरुङ, राकेस गुरुङ, दानबहादुर गुरुङ, बिश्वास गुरुङ र अनिस गुरुङ रहनुभएको छ । गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम… पुरा पढौ

पोखरामा बस दुर्घटनामा ट्याक्सिमा ठक्कर खादा ठुलो मानविय क्षति हुनबाट बच्यो (भिडियो सहित)

पोखरा ७, भदौं, पोखरामा आज बस दुर्घटना हुदा तीन वटा ट्यासीमा ठक्कर खादा ठुलो मानविय क्षती हुनबाट बच्न सफल भएको छ । चालकले नियन्त्रण गुमाउदा पोखरा महानगरपालिका वडा नं १७ मा स्कुल बस दुर्घटना हुँदा चालक ५४ वर्षीय दलबहादुर गुरुङ घाइते हुनु भएको छ। पोखराको नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुँदा स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई हाल… पुरा पढौ