देश तथा समाज पत्रिका

पोखरामा भोली हुने ताया माचा नृत्य प्रतियोगीताको तयारी पुरा

पोखरा ७, भदौं, पोखरामा भदौ ८ गते अर्थात भोली हुने ताया मचा नृत्य प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी सकीएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगीतामा २८ वटा टोलीको सहभागीता रहने र ती सबै टोलीहरुलाई नाच प्रस्तुतीको समय निर्धारण गरेर बोलाईसकिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए । प्रतियोगीता गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा भोली विहान ८ बजेबाट सुरु हुने छ । यसअघि गत… पुरा पढौ

तराईबाट १ सय ७ रुपैया लिटरको दुुध पोखरामा लोक्कल दुध भन्दै १४० रुपैयामा बिक्रि गर्दा पोखरेली ठगिए

पोखरा, भदौ ७ , तराईबाट १ सय ७ रुपैया प्रति लिटरको दुुध पोखरामा लोक्कल दुध भन्दै १४० रुपैयामा बिक्रि वितरण हुने गरेको तथ्य सार्वजनिक भएको छ । पोखरा महानगरको बजार अनुगमन टोलीले उक्त तथ्य सार्वजनिक गरेको हो। यसरी आम पोखरेलीलाई एका तर्फ झुक्कायर तराइको दुधलाई लोक्कर भनि बिक्रि वितरण गरिएको छ भने अर्को तर्फ चर्को मुल्यमा पोखरेली ठगिनु भएको स्थानियले बताउनु भयो । पोखरा महानगरपालिकाले हालै दुध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ । दुुधमा मिसावट र… पुरा पढौ

माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन महायज्ञ सुरु, पहिलो दिनमै ११ लाख संकलन

पोखरा ७, भदौं, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो । महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नुभयो ।… पुरा पढौ

पोखरा ९ बास्तोलाथरमा कृषि हार्ट बजार सुरु

पोखरा ६, भदौं, पोखराको महेन्द्रपूल बस्तोला थरमा साप्ताहिक कृशि हार्ट बजार को सुरुवात गरिएको छ । पोखरा ९ का स्थानिय बासिलाई फलफुल तरकारी सहुलियत मुल्यमा उपलब्ध गराउने उद्धेश्यले उक्त हार्ट बजार सुरुवात गरिएको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । तस्बिर सन्जय शाक्य पुरा पढौ

कास्कीमा डेंगू सचेतना कार्यक्रमःडेंगू परिक्षण गर्दा ६ सय भन्दा बढी लिए कार्वाही गर्ने चेतावनी

दीननाथ बराल,पोखरा, ६ भदौं, कास्कीमा डेंगूका बिरामीहरुको ङख्यामा ह्वात्तै बृद्धि भएसंगै यहाँ सचेतना मुलक कार्यक्रम सुरु भएको छ । सरकारी तथा गैर सरकारी विभिन्न संघ संस्थाले यस्तो अभियान जारी राखेका छन् । कास्कीमा डेंगू रोग नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नं.२४ कालिका गणले विभिन्न सचेतना मुलक कार्यक्रम तथा सरसफाई गर्ने भएको छ । स्थानीयहरू सँगको सहकार्य एवं सहभागितामा भोलि(शुक्रबार) बिहान ७ बजे देखि ९ः३० बजे सम्म पोखरा महानगरपालिका वडा नं.५ र ८ का विभिन्न टोलहरुमा डेंगू खोजि गरी मार्ने अभियान… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा कार्की र पोखरेल भिड्ने

पोखरा ६, भदौं, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशनमा गोकर्ण कार्कीले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन्। संघको बरिष्ठ उपाध्यक्ष रहेका कार्कीले यही भदौ २८ र २९ गते पोखरामा हुने संघको महाधिवेशनमा आफु अध्यक्षमा उमेदवारी दिने बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । ससैलाई व्यवसायीहरुलाई समेटेर अघि बढ्ने बताउदै अध्यक्षका दाबेदार कार्कीले कसैलाई पाखा, कसैलाई काखा नगर्ने, आमव्यवसायी आफ्नो शक्ति रहेको दाबी गर्दै प्यानल बिनै आफु अध्यक्षमा उम्मेदवारी दिने जनाए । वरिष्ठ… पुरा पढौ

पोखरामा पत्रिका जलाएको प्रति महासंघको आपत्ति

पोखरा ६, भदौं, पोखरामा बुधबार समाधान दैनिक पत्रिका चलाएको बिरोधमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । पोखराबाट नियमति प्रकाशन हुँदै आएको समाधान दैनिकमा छापिएको समाचारलाई लिएर पोखराको सूर्यदर्शन सहकारी पीडितहरुको नाममा पत्रिका जलाइएको घटनाका विषयमा नेपाल पत्रकार महासंघ कास्की देखि गण्डकी प्रदेश समितिले आपत्ति जनाउदै गम्भिर ध्यनाकर्षण भएको जनाएको छ । यस घटनाको घोर भत्सना गर्दै पत्रिका जलाउने र सर्वजनिक रुपमा पत्रकार माथि धम्किपूर्ण लाल्छना लगाउने व्यक्तिको पहिचान गरी यथाशीघ्र कानूनी दायरामा ल्याउन महासंघले जोडदार माग गरेको छ ।… पुरा पढौ

दुई मन्त्रीलाई पदबाट नहटाउने कागेंसको बटम लाइन, गण्डकी प्रदेशमा कहिले बन्छ नयाँ गठबन्धन सरकार !

दीननाथ बराल,पोखरा ६, भदौं, गण्डकी प्रदेशक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार बचाउन महत्वपूर्ण भुमिका खेलेका प्रदेशका दुई मन्त्रीलाई पदबाट नहटाउने कागेंसले बटम लाइन नै बनाएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएको करिब डेढ महिना भन्दा बढी समय हँुदा पनि नेसपाका फणिन्द्र देवकोटा, स्वतन्त्र निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्रीपदबाट कागेंसले नहटाउने र एमालेले हटाउनु पर्ने मुख्य बिबाद भएको हुदाँ नयाँ गठबन्धन सहितको सरकार गठनमा ढिलाई भएको श्रोतले पोखराक्लिकलाई बताएको छ । बुधबार नेपाली कागेंस संसदीय दलको बैठकमा समेत… पुरा पढौ

मेनकाजी गुरुङको ६१ औं जयन्तीमा अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा, ६ भदौ, वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक, हिमाली साँस्कृतिक परिवारका पुर्व अध्यक्ष मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीमा भदौ ८ गते पोखरामा अन्तर बिधालय लोकनृत्य प्रतियोगिता हुने भएको छ। हिमाली साँस्कृतिक परिवारद्वारा पोखरा सभा गृहमा आयोजना गरिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको परिवारका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, सान्त्वना १० हजार र उत्कृष्ट नृत्य निर्देशक १० हजारसहित ट्रफी, मेडल, प्रमाण पत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक हिमाली साँस्कृतिक परिवारका… पुरा पढौ

शिक्षा क्षेत्रलाई थप ससक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्दैछौं– शिक्षा मन्त्री भट्टराई

काठमाडौं, भदौ ५, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप ससक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताउनु भएको छ। मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन स्थानिय रूपमा क्रियाशील स्थानिय तहहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै छिटै प्रभावकारी अनुगमन र समन्वयका लागि जिल्ला शिक्षा समन्वय इकाईमार्फत कार्यान्वयन हुनेगरी बलियो संयन्त्र निर्माणमा मन्त्रालय लागि परेको जानकारी दिनुभयो। मन्त्री भट्टराईले सो कुरा मन्त्रालयको विषयगत समितिको बैठकमा बताउनु भएको हो। स्थानिय तहलाई प्रदेश र संघ सरकारको… पुरा पढौ