देश तथा समाज पत्रिका

रुम्बा बाबु–छोरा गृह जिल्ला मकवानपुरमा सम्मानित

मकवानपुर, १४ कात्तिक, मकवानपुर जिल्ला खेलकुद विकास समितिले बिहीबार हेटौंडामा आयोजित एक विशेष समारोहका बीच खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघ मकवानपुरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। समारोहमा स्पेनमा रहेर अन्तर्राष्ट्रिय कराँते प्रशिक्षकका रूपमा योगदान दिँदै आएका अशोक लामा रुम्बा र उनका छोरा आमेथ लामा रुम्बालाई गृह जिल्लामा विशेष सम्मान गरिएको हो।… पुरा पढौ

वर्षा र हिमपातको सम्भावना रहेकोले अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान प्रशासनको आग्रह

दीननाथ बराल, पोखरा, १३ कार्तिक, अहिलेको अबस्थामा वर्षा र हिमपातको सम्भावना रहेकोले अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान कास्की प्रशासनले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रतिकुल मौसममा अत्यावश्यक बाहेक घर बाहिर यात्रा नगर्न र पद मार्गमा नजान आग्रह गरेको हो । प्रशासनले बिहीबार विज्ञप्ति जारी… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ शुक्रबार च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रम हुने,कार्यक्रमलाई सफल पार्न विदेशबाट सहयोग संकलन

दीननाथ बराल, पोखरा १३, कार्तिक, सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गर्न लागेको च्यारिटी डिनर नाइट तथा सांस्कृतिक कार्यक्रममा सहारा यूकेसहित विदशेमा रहेका खेलकुकर्मी एवं समाजसेवीले सहयोग गर्नु भएको छ । क्लवको उक्त अभियानलाई सफल पार्न विदेशी र स्वदेशबाट व्यक्ति देखि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेको केहीले कार्यक्रममा घोषणा गर्ने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले पोखरा क्लिकलाई बताउनु भयो । पोखरा उपमहानगरपालिका १२ माटेपानीस्थित एसआरकेसी ब्याङ्वेटमा कात्तिक १४ गते(शुक्रबार) साँझ ५ देखि… पुरा पढौ

डा. नवराज केसी र साहित्यकार सुबिन भट्टराइका कुरा

पोखरा, डा. नवराज केसीले काम गर्ने अस्पतालमा छट्पटाइरहेही एक वृद्धालाई अक्सिजन दिएर तंग्रिएपछि ती वृद्धाले भनिन्, ‘यो हावा जुन मैले लिइरहेको छु यो कति गुलियो हो ।’ कुनै सुगन्ध र स्वाद नभए पनि उनले जीवनको स्वाद महसुस गरिरेहकी थिइन् त्यसैले उनलाई अक्सिजन गुलियो लागेको थियो । यही उदाहरण दिदैं डा. केसी भन्छन्, ‘प्रत्येक क्षणमा आफूले आफूलाई कसरी महसुस गरिरहनु भएको छ त्यो क्षण स्व हो र स्वस्पर्श पनि हो ।’ पोखरा न्यूरोडस्थित सिटी स्क्वायरमा आयोजित फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवमा… पुरा पढौ

आजीवन राजनीति गरेकाहरुबाट हुन नसकेपछि समाज अन्योलतामा प¥योः राजेश हमाल

पोखरा, अभिनेता राजेश हमाल बुधबार पोखरामा आफ्ना जीवन, भोगाई र सिनेमाका विषयमा खुलेर गफिए । फाइनप्रिन्ट बुक्स र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको अन्तिम सेसन हमालले पत्रकार अपिल त्रिपाठीसँग आफ्ना धेरै विगतका कुरा खोले । उनीहरुबिचको कुराकानी ‘युगदेखि युगसम्म’ मा आधारित थियो । उक्त पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयायलाई समेटिएर लेखिएको छ । उक्त सेसनमा राजेशले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाको बारेमा पनि चित्रण गरे । उनले राजनीतिमा चासो नराखे पनि… पुरा पढौ

पोखरामा ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’

पोखरा, फाइनप्रिन्ट बुक्सको आयोजना र ¥याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा सत्रमा छलफल गरिएको थियो । पहिलो सत्रमा सुबिन भट्टराइको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भराईले संवाद गरेकी थिइन् । साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि खेलिरहेका कथा सुबिन पुस्तकका लागि कथा लेखनमा लागेको बताए । ‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स पनि आन्दोलित (भिडियो सहित)

दीननाथ बराल,पोखरा १२, कार्तिक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा कार्यरत स्टाफ नर्सहरु आन्दोलित हुनु भएको छ ।करिब एक महिना अघि देखि पोखरामा नीजि अस्पतालबाट सुरु भएको स्टार्फ नर्सहरुको आन्दोलनमा हाल सरकारी संस्थामा कार्यरत स्टाफ नर्स उक्त आन्दोलनमा एकिबद्धक्ता व्यक्त गर्दै प्रतिष्ठानका नर्सहरुआन्दोलनमा उत्र्रिनु भएको हो । https://www.youtube.com/watch?v=DL9WCRymBqs नेपाल नर्सिङ संघको केन्द्रीय निर्देशन अनुसार आज देखि बिहान १० देखि १२ बजेसम्म ‘पेन डाउन’ गर्दै काम नगरी आफुहरु आन्दोलनमा उत्र्रिएको नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति कास्कीकी सचिव सारदा शर्माले… पुरा पढौ

बाझापाटन सांगीतिक फेस्ट हुने

बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो । खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए । कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए । उनका अनुसार सांगीतिक साँझमा दि लोकल्स, ड्रिर्मज, शैलु राई लगायतको प्रस्तुती रहनेछ । उक्त कार्यक्रमका… पुरा पढौ

सहारामा जाईकाको स्वयमसेवक

पोखरा बसपार्कको सहारा बाल आधारभूत विद्यालयमा २ वर्षका लागि युथ एक्टिभिटिज शिर्षककमा जापान अन्तराष्ट्रिय सहकार्य एजेन्सी (जाईका)ले १ स्वयंमसेवक शिक्षक उपलब्ध गराएको छ । अन्‍ना चुसिमा नाम गरेको स्वयंमसेवक शिक्षकले आगमाी २ वर्ष उक्त विद्यालयमा सेवा गर्ने भएको विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले वताईन् । एक कार्यक्रमका विच जाइकाको टोलि सहित अन्‍नालाई विद्यालयमा स्वागत गरिएको छ । जाईका भोलेन्टियर सेक्सन नेपालका सिनियर कार्यक्रम प्रमुख राघव कायस्थ, जाईका नेपालका जापानी प्रतिनिधीहरुलाई स्वगत गर्दै विद्यालयका अध्यक्ष विक्रम थकालीले आगमी वसाई फलदाई रहने अपेक्षा… पुरा पढौ

जेनजी आन्दोलनका क्रममा हिंसात्मक गतिविधि गर्नेहरूमाथि कास्कीमा कारबाही सुरु

पोखरा, १२ कार्तिक, जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयहरूमा भएको आगजनी र तोडफोड घटनामा संलग्न १८ जनामाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार भेटघाटमार्फत पक्राउ परेकाहरूको नाम विवरण सार्वजनिक गरेको हो। पक्राउ परेकामध्ये धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–४ बस्ने २४ वर्षीय राजेश मक्रान्ती, पोखरा–४ अधिकारीमार्गका ५४ वर्षीय नारायण साई, पोखरा–११ फूलबारीका २२ वर्षीय अरुण विक, पोखरा–१ कसेरीका ४१ वर्षीय रुपेश मगर र पोखरा–१ मोहोरिया टोलका ४३ वर्षीय दिपु साई रहेका छन्। कास्की… पुरा पढौ