देश तथा समाज पत्रिका

अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट निजी क्षेत्रका माग प्रति दुवै मन्त्री सकारात्मक

पोखरा,१९ कात्तिक, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ । अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेन–जी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो । ‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी पलायनको… पुरा पढौ

पोखरामा प्रहरीको कार्यालयमा रहेको मोसा सहित स्कुटर चोरी गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

दीननाथ बराल,पोखरा १९, कार्तिक पोखरामा प्रहरीको कार्यालयमा रहेको मोटरसाइकल (मोसा) सहित स्कुटर चोरी गर्ने ६ जना प्रहरीले नियन्त्रणमा लिएको छ । तीन वटा स्कुटर र एउटा मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ नं.का स्कुटर सहित चार जनालाई पक्राउ गरेको हो भने वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले ग ४ प ७६८४ नं.को चोरी भएको स्कुटर सहित… पुरा पढौ

पोखरामा सहकारी ठगीमा संलग्न ७ जना पक्राउ

दीननाथ बराल,पोखरा, १९ कात्तिक, पोखरामा सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरू पक्राउ पर्नेको क्रम रोकिएको छैन। पछिल्लो घटनामा पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित सात जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो। उनीहरूलाई सहकारीको झण्डै ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पक्राउ पर्नेहरूमा अध्यक्ष गोदारसँगै कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाप गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद… पुरा पढौ

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

पोखरा, १९ कार्तिक, पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई… पुरा पढौ

अनमोल सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

पोखरा , पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापनाको दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको संस्थाका सचिव एकनारायण भण्डारीले वताए । सो अवसरमा पहिलो रक्तदाता शिवराज पौडेललाई कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी छोरेपाटन उपशाखाकाका सभापति हरि श्रेष्ठले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखाको समन्वयमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी… पुरा पढौ

गण्डकी प्रदेशमा २ अर्ब भन्दा बढी खर्च कटौती, सवारी साधनको बिमा अनिवार्य गर्न निर्देशन

दीननाथ बराल,पोखरा,१८ कार्तिक, गण्डकी प्रदेश सरकारले व्यापक खर्च कटौती गर्न थालेको छ । आर्थिक मितव्ययिता र संस्थागत संरचना सुधारका लागि प्रदेश सरकारले यस्तो कदम चालेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले पोखराक्लिकलाई बताउनु भयो । जेनजी आन्दोलनको क्रममा करिब २ अर्बको क्षति व्यहोरेको प्रदेश सरकारले चालु आर्थिक बर्षमा विनियोजन भएको बजेटबाट करिब २ अर्ब खर्च कटौती गर्न मन्त्रालय सहित कार्यालयहरुलाई पत्रचार गरिएको उहाँले जनाउनु भयो । आर्थिक मामिला मन्त्रालयले हालै जारी गरेको निर्देशन अनुसार विभिन्न शीर्षकमा करिब… पुरा पढौ

दुई पटक स्थगित प्रदेश सभा बैठक तेस्रो पटक कार्तिक २४ गते बस्ने

दीननाथ बराल,पोखरा, १८ कार्तिक, दुई पटक स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक तेस्रो पटक यही कार्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ। गण्डकी प्रदेश सभा सचिवालयले मंगलबार सूचना जारी गर्दै बैठक मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने जनाएको हो। प्रदेश सभा सचिव गोविन्द पौडेलका अनुसार बैठक विशेष कारणवश स्थगित भएको भए पनि अब नयाँ मिति निश्चित गरिएको छ ।यसअघि असोज २२ र भदौ २५ मा तोकिएका बैठकहरू ‘जेन–जी आन्दोलन’का क्रममा प्रदेश सभा भवनमा भएको आगजनीका… पुरा पढौ

पोखरामा दिगो पर्यटनका लागि मेडिकल र वेलनेस टुरिजम प्रचुर सम्भावना छ ः(भिडियो सहित)

दीननाथ बराल, पोखरा, १७ कात्तिक, पर्यटनको राजधानि पोखरामा स्वास्थ्य तथा आरोग्य पर्यटन (Medical & Wellness Tourism) को केन्द्रका रूपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र स्वास्थ्य पूर्वाधारका दृष्टिले पोखरामा यस किसिमको पर्यटनका लागि अथाह सम्भावना रहेको सोमबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागि वक्ता एवं विज्ञहरूले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=PkhMElDzLQo दिगो पर्यटन र गुणस्तरिय पर्यटनको लागि पनि अब स्वास्थ्य तथा आरोग्य पर्यटनको प्रबद्र्धन गर्न आवश्यक भएको खाँचो हौलाइएको छ ।… पुरा पढौ

पोखरा रंगशालामा ५ वर्षका लागि ५ ठाँउमा फ्री वाइफाइ

दीननाथ बराल, पोखरा, १७ कात्तिक, पोखरा रंगशाला फ्री वाइफाइ जोनको रूपमा विकसित गरिने भएको छ । चर्चीत इन्टरनेट कम्पनी वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडको प्रविधिक सहकार्यमा जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशालामा ५ ठाँउमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने गरी सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा समितिका अध्यक्ष मिलन गुरुङ र वल्र्ड लिंक कम्युनिकेशनका गण्डकी जनसम्पर्क अधिकृत यूसुफ श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । सम्झौता आगामी पाँच वर्षका लागि ५ ठाँउमा लागु हुने समितिले पोखराक्लिकलाई जनाएको छ । सम्झौता अनुसार,… पुरा पढौ

राष्ट्रिय व्यापार मेला र क्यान इन्फोटेकको तयारी सुरु, खल्बलिएको व्यावसायिक वातावरणलाई लयमा फर्काउने उद्देश्य ः अध्यक्ष कार्की

पोखरा,१७ कात्तिक, पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन,… पुरा पढौ