राजनीति

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण ः मुख्यमन्त्री अधिकारी

पोखरा ११ बैशाख, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताउनुभएको छ । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘एयरपोर्ट देखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उहाँले भन्नुभयो… पुरा पढौ

सहकारी पिडितहरुको पोखरामा सडक आन्दोलन सुरुः फरार अभियुक्त पक्राउ गर अन्यथा राज्यकोषबाट हाम्रो पैसा फिर्ता गरः(भिडियो) सहित

कास्कीका सहकारी पिडितहरुले फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग गर्दै अन्यथा राज्यकोषबाट आफ्नो रकम फिर्ता गर्नुपर्ने भनाई राखेका छन्। कास्कीका सहकारी पिडितहरु सोमबार आन्दोलित हुदै पोखराको सडकमा बिरोध प्रर्दशन गरी उक्त माग गर्नु भएको हो । सहकारी पिडित तारापति सुवेदीले सहकारी ठगीमा अराोपितहरुलाई राज्यले आफुहरु सामु ल्याए त्यसको आवश्यक कार्वाही गर्ने चेतावनी दिनु भयो । गरिब र जनताको नाम लिने केही नेताहरुले हाल जनताको रकम लुट्ने उपर आउदो चुनावमा भोट होइन भौतिक आक्रमण गर्ने चेतावनी दिनु भयो । अर्को सहकारी… पुरा पढौ

भोलि(मंगलबार) सार्वजनिक बिदा

भोलि (मङ्गलवार) सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ । पुरा पढौ

गण्डकीमा आगामी बर्ष लगानी सम्मेलन ः मन्त्री चुमान

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानल पुजिगत खर्चको बढाउन सरकारको बिषेश ध्यान जाने बताउनु भएको छ । मन्त्रालयको पदभार ग्रहण् गर्दे मन्त्री चुमानले उहाँले बिगत देखि नै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागि पर्ने उल्लेख गर्नुभयो । आगामी बर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने र्निणय गर्नुभएको छ । आर्थिक मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीए कार्यदल गठन गरिएको हो ।… पुरा पढौ

मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले… पुरा पढौ

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु, ४५ प्रतिशत सेवाग्राहीलाई सहजता

गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक… पुरा पढौ

गण्डकी प्रदेशको आर्थिक मामिलामा चुमान र भौतिक पूर्वाधारमा पुनः गुरुङ

डि.एन.बि.पोखरा ८, वैशाख, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ जना बिना विभागीय मन्त्रीलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गर्नु भएको छ । नेकपा माओवादी (केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानलाई आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पुनः भौतिक पूर्वाधार बिकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने गरी मुख्यमन्त्री अधिकारीले सिफारिस गर्नु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा दुई जना मन्त्रीलाई जिम्मेवारी दिने गरी सिफारिस आएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले पोखराक्लिकलाई… पुरा पढौ

पोखराका ५० वटा छाडाचौपाय गौशालामा व्यब्स्थापन गरियो, छाडाचौपाय छाड्ने उपर कार्वाही हुने

दीननाथ बराल, पोखरा ७, वैशाख, पोखरा महानगर क्षेत्रका ५० वटा छाडा पशुचौपायहरु गौशालामा व्यबस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोक देखि पोखरा क्षेत्रका सडकमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा व्यबस्थापन गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीहरुलाई महानगरिय प्रहरीको… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, प्रतिपक्ष दलद्धारा बैठक बहिष्कार

पोखरा ७, वैशाख, गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरे पछि उक्त बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख कृष्ण धितालले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताउनु भएको थियो । आजको बैठक सुरु भएसंगै बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गर्नु भएको थियो तर प्रतिपक्ष दलका सांसदहरु सहभागि नभएको हुदा… पुरा पढौ

गण्डकी प्रदेश सभाको अधिवेशन यही वैशाख ७ गतेलाई आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन यही वैशाख ७ गतेलाई आह्वान भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन बस्ने आह्वान गरेका हुन्। उक्त अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्ने आन्तरिक तयारी भएको श्रोतको दाबी छ । मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेश सभाको अधिवेशन बोलाउनु गलत भएको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । उहाँले भन्नु भयो“ पहिलो कदम अवैधानिको बाटो… पुरा पढौ

This will close in 20 seconds