समाचार

लायन्स क्लब अफ पोखरा चौतारीद्वारा गोकुलधामका गाईलाई पशुआहार सहयोग

पोखरा, १८ असार, लायन्स वर्ष २०२६–०२७ को शुभारम्भको अवसर पारेर लायन्स क्लब अफ पोखरा चौतारीले एक उदाहरणीय सामाजिक कार्य गरेको छ। क्लबले आफ्नो नयाँ कार्यकालको पहिलो दिन पोखरा–१४, बाच्छेबुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाममा रहेका गाईहरूका लागि पशुआहार तथा खाद्यान्न सामग्री वितरण गरेको हो। एक समारोहका बीच पूर्व बैंकर समेत रहनुभएका क्लबका अध्यक्ष गोविन्दप्रसाद ढकालले राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष तथा गोकुलधामका प्रमुख पण्डित कमलनयन गौतमलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। नयाँ लायन्स वर्षको पहिलो दिनलाई रचनात्मक र परोपकारी कार्यबाट सुरुवात… पुरा पढौ

पोखरा महानगरद्वारा ६ युवा ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ बाट सम्मानित

पोखरा, असार १८ युवा उद्यमशीलता, सीप विकास, नवप्रवर्द्धन, पत्रकारिता, खेलकुद, पर्यटन, समाज सेवा तथा अपाङ्गता सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना युवालाई पोखरा महानगरपालिकाले ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ प्रदान गरेको छ। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न यूथ फेस्टिभल २०८३ का अवसरमा महानगर प्रमुख धनराज आचार्यले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर जनही ३० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गर्नुभयो। यस वर्ष पत्रकारिता क्षेत्रमा दुर्गा राना मगर, पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन… पुरा पढौ

पोखरामा असार २० गते विभिन्न ब्राण्डका निःशुल्क कफीको स्वाद लिन पाइने (भिडियो) ,राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको उपाधि कफी सहकारी संघ ललितपुरलाई

दीननाथ बराल,पोखरा, १८ असार, के तपाई व्यवसायीक कफी खेति गर्न चहानुहुन्छ ? के तपाई कफीको पारखी हुनुहुन्छ ? साच्चै हामीले कस्तो कफी खाने वा स्वास्थ्यका लागि कफीको महत्व लगायतका बिषयमा बृहत बहस, छलफल र अन्तरक्रिया सहितको राष्ट्रिय कफी प्रदर्शनी यही असार २० गते शनिबार पोखरामा हुने भएको छ । माथि उल्लेखित प्रश्नको गतिलो जबाफ दिने उद्धेश्यले शनिबार पोखरा मालेपाटन (डुमि«बोट) मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय परिसरको कफी बगैचामा राष्ट्रिय कफी प्रदर्शनी हुने जसले उपभोक्तादेखि कफी उत्पादन… पुरा पढौ

कक्षा १ मा भर्ना भएका करिब आधा विद्यार्थी एसईईसम्म पुग्दैनन्, विद्यालय शिक्षामा टिकाइ सबैभन्दा ठूलो चुनौती

पोखरा, असार १८, नेपालमा विद्यालय शिक्षाको सबैभन्दा ठूलो चुनौती विद्यार्थी भर्ना होइन, उनीहरूलाई विद्यालयमै टिकाइराख्नु बनेको छ। कक्षा १ मा भर्ना भएका करिब ९ लाख बालबालिकामध्ये करिब आधाले मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको यात्रा पूरा गर्ने तथ्य सार्वजनिक भएको छ। शिक्षा विज्ञहरूले यसलाई विद्यालय शिक्षाको गुणस्तर, नीति कार्यान्वयन र राज्यको लगानीमाथिको गम्भीर प्रश्नका रूपमा हेरेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार पोखरामा आयोजना गरेको शिक्षा क्षेत्रका समसामयिक विषयमा पत्रकारसँगको अन्तरक्रियामा सार्वजनिक गरिएको तथ्यांकअनुसार कक्षा १ मा ८… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

लेखनाथ, १८ असार , लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस एवं २९ औं वार्षिकोत्सवका अवसरमा संस्थाका सदस्यहरु विच ब्याडमिन्टन तथा दौड प्रतियोगिता सम्पन्न गरेको छ । असार १६ र १७ गते गरि २ दिनसम्म आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी शुभम पार्टी प्यालेसका सञ्चालक हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सञ्चालक सन्तोष गुरुङको समुहले प्राप्त गरेको छ भने गण्डकी मल्टी एग्रो फार्मका सञ्चालक हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका सञ्चालक लक्ष्मण बाँस्तोलाको समुह उपबिजेतामा सिमित हुन पुगेको छ… पुरा पढौ

लेउवा संघमा महिला जनप्रतिनिधि तथा उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

लेखनाथ, १८ असार, लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । असार १६ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिम विहिबार समापन गरिएको हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक… पुरा पढौ

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा थप ऊर्जा

पोखरा, असार १८, पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजना गरेको दुईदिने 'पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ। "पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य" भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना महिला पत्रकार सहभागी भएका थिए। कार्यक्रममा सहभागी पत्रकारहरूले पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदासहित स्थानीय होमस्टे, जैविक विविधता र पर्यटकीय सम्भावनाको प्रत्यक्ष अवलोकन गरेका… पुरा पढौ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

असार १८ ,पोखरा, कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो । यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए । उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने… पुरा पढौ

कास्कीको मादी–७ नयाँ गाउँमा सोझोकुनाको पूर्वाधार निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

कास्की, असार १८, कास्कीको मादी गाउँपालिका–७ नयाँ गाउँस्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सोझोकुनामा पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै सोझोकुनामा आउने भक्तजन तथा पर्यटकलाई सहज पहुँच उपलब्ध हुने तथा धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ। मादी गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, सिक्लेसको ५०–५० प्रतिशत लागत साझेदारीमा कुल रु। ८ लाख लागतमा उक्त पूर्वाधार निर्माण गरिएको हो। योजना उपभोक्ता समितिमार्फत निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न भएको जनाइएको छ ।… पुरा पढौ

कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक छः संयोजक प्रचण्ड (भिडियो सहित)

दीननाथ बराल,पोखरा १७, असार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूसंग सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नेकपा गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट पार्टीहरूसंग बीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=3tZIDcURbdU सहकार्यका क्रममा विचार, नीति र कार्यशैलीमा समानता देखिएपछि मात्रै न्यूनतम आधारमा पार्टी एकीकरण हुने उहाँको भनाई थियो । विगतमा एमाले र… पुरा पढौ

This will close in 20 seconds