समाचार

पोखरामा ह्योल्मो भाषाको प्रशिक्षण सुरु

पोखरा ९, पुष नेपाल ह्योल्मो समाज सेवा समिति, पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा शुभारम्भ भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका व्यक्तिहरूको सहभागी रहेको छ । भाषा प्रशिक्षण कक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले नेपाल बहुभाषिक, बहु जातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँ देखि प्रचलनमा रहिआएका भेसभुसा, कला, संस्कृति तथा भाषा… पुरा पढौ

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

पोखरा ९, पुष, क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाण्डौमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम आठमा प्रवेश गर्न सफल भए संगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ । क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडी संग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए ।आज सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र… पुरा पढौ

नेपाल इन्टरनेशनल च्यालेन्ज सुरु, एकल तर्फ प्रिन्स र रसिलाको यात्रामा पूर्णविराम

काठमाण्डौं ८, पुष, नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आजबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन् । नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन् । प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन् । यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्ट संग पराजित भईन् । रसिला भट्ट संग २१–११, २१–१४ को… पुरा पढौ

पोखरामा आन्तरिक पर्यटकको चहल पहलःबढ्दै

पोखरा ८, पुष, पोखरामा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । पोखरामा भोलि देखि सुरु हुने बिवाईडी अन्तराष्ट्रिय वेलुन फेष्टिभल सहितका अन्य महोत्सवहरु पोखरामा हुने र बुधबार क्रिशमस डे समेत परेकोले आन्तरिक पर्यटक पोखरामा आगमन बृद्धि हुन लागेको व्यवसायीहरुले बताए । पुरा पढौ

छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

पोखरा ८, पुष, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले उद्घाटन गर्दै विद्यार्थी कालमा पढ्ने र जिवनमा उपयोग हुने सिप सिक्नु पर्ने वताउँदै आँखामा कुनै पनि समस्या देखिएमा आफै उपचार गर्न भन्दा अस्पतालमा गएर जाँच गरेर मात्र औषधि राख्नु पर्ने वताए । हिमालय आँखा अस्पतालका प्राविधिकहरु अर्सु… पुरा पढौ

तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र, कृषिको लागि केही स्टल बाँकी अन्यको बुकिङ भयो ।

पोखरा ७, पुष, तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो । कृषिको लागि केही स्टल बाँकी रररहेको छ भने अन्यको बुकिङ भएको क्लवले जनाएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले… पुरा पढौ

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

७ पुष,पोखरा, पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले पार्क निर्माण कार्यको शिलन्यास पनि गर्नुभयो । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको नामाकरण… पुरा पढौ

नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा याम हमाल

पोखरा ७, पुष नेपाल ठकुरी सगँम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा हिरा बिक्रम शाही, द्धितिय उपाध्यक्षमा कृष्ण बहादुर चन्द , सचिवमा रबिन्द्र बम मल्ल , सदस्यहरुमा नितु शाहि, दिल कुमारी खाँण, सन्तोष मल्ल, दिपक मल्ल छन् । नव निर्वाचित अध्यक्ष याम हमालले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै ठकुरीको हकहित र एकतामा ध्यान दिने बताउनु भयो । कार्यक्रममा… पुरा पढौ

रास्वपाका सभापति रवि लामिछानेको सवारी साधन सहित सम्पत्ति जफतको माग, संसद पद समेत निलम्वन हुने प्रकृयामा सम्पत्ति शुद्धिकरण तर्फ २७ करोड रकम बिगो दाबी

दीननाथ बराल,पोखरा ७, पुष, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । उक्त मुद्धा दायर गरेसंगै उहाँको सवारी साधन सहितको सम्पत्ति जफतको लागि माग गरिएको छ । साथै सभापति लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना… पुरा पढौ

सिटीवान टेलिभिजनको अध्यक्षमा पुनः पवन प्रजापति

पोखरा ७, पुष, पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् । सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् । नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक… पुरा पढौ

This will close in 20 seconds