समाचार

राइड शेयरिङ नियमावली खारेज नगरे जेठ १५ देखि गण्डकी क्षेत्रका सार्वजनिक यातायात घर ग्यारेज गर्ने चेतावनी

दीननाथ बराल,पोखरा ८, जेठ, गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड शेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । पोखरामा आज आयोजित बिरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले आफुहरुको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिनु भएको हो । यदि आफुहरुको… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङ आकर्षण गर्न समय थप तथा पुरानै ठाउँबाट अवतरण गर्न सुरू

दीननाथ बराल,पोखरा, ७ जेष्ठ, पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङको आकर्षण गर्न डेढ घण्टा समय थप भएको छ भने पुरानै ठाउँबाट अवतरण गर्न सुरू भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को पहलमा नेपाल नागरिक उड्न प्राधिकरणले उक्त अनुमति दिएसंगै प्याराग्लाईडिङको आकर्षण गर्न डेढ घण्टा समय थप भएको छ भने पुरानै ठाउँबाट अवतरण गर्न सुरू भएको नाका अध्यक्ष अनिल केसीले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=30IRozNN5P4 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएसंगै पोखराको सराङकोट तथा तोरीपानीबाट उडान भएकोमा स्थान्तरण भई मान्द्रेढुंगा र खपैदीबाट… पुरा पढौ

यु १६ गण्डकी छनौंट क्रिकेट ः तनहुँ ४ विकेटले विजयी

जेष्ठ ७,पोखरा, पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा सुप्रिम सुनारले अर्धशतकिय पारी खेलेपछि तनहुँले बाग्लुङलाई ४ विकेटले पराजित गरेको छ । वर्षातले प्रभावित खेलमा टस जितेर ब्याटिङ गरेको बाग्लुङले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय ३ रनको योगफल तयार पारेको थियो । बाग्लुङका रमित कँडेलले ३४ तथा अतित नेपालीले २२ रन हाने । तनहुँका बलरहरु बरदान यादव, सौरभ कुशवाह, अंकति झा, शुभम पौडेल र सुप्रिम सुनार सबैले १÷१ विकेट लिए । जितका लागि १ सय ४… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवद्र्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७, पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्र्तक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित… पुरा पढौ

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पोखरा महानगरपालिका वडा नं। १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् ।उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने

जेष्ठ ७,पोखरा, पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता… पुरा पढौ

शनिबार पोखरामा माओबादी केन्द्रको जनसभा हुने, माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट हुने

दीननाथ बराल,पोखरा ७, जेठ, माआबोदी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यही जेठ ९ गते कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्कीमा अध्यक्ष प्रचण्ड सहितको टोली प्रबेश गरेसंगै स्वागत सहित भेटघाट कार्यक्रम हुने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो । अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा… पुरा पढौ

कास्कीको माछापुच्छ्रे पुर्खोली घर भएका विश्वनाथ पौडेल राष्ट्र बैँकको गर्भनर

पोखरा, सरकारले नेपाल राष्ट्र बैँकको गर्भनरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सत्ता गठबन्धनका नेकपा(एमाले) र नेपाली काँग्रेस बीचको कबिर डेढ महिनाको रस्साकस्सी बीच केन्द्रीय बैंकले १८ औं गभर्नर पाएको छ । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिना पछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच कसलाई गभर्नर नियुक्त… पुरा पढौ

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

काठमाडौं, ७ जेठ, जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो । प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे। समातामुलक समाज निर्माण अभियानमा समर्पित मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा… पुरा पढौ

This will close in 20 seconds