समाचार

पटनाबाट इन्डो नेपाल मनसुन कार ¥यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा, २४ असार, भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् । पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ । बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो । पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत… पुरा पढौ

पोखरामा क्लब स्तरीय भलिबलः लिग चरणका तीन खेल सकियो,सभ्य समाज निर्माणमा खेलकुदको भूमिका महत्वपुर्ण हुन्छः अध्यक्ष केसी

पोखरा, पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोगिताको लिग चरणको खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेको छ । लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो । घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३ अङ्क जोड्यो… पुरा पढौ

चिकित्सक सडकमा, बिरामीको हैरानी, गण्डकीमा आज पनि ओपीडी सेवा ठप्प

दीननाथ बराल,पोखरा, २४ असार, नेपाल चिकित्सक संघको आह्वानमा भएको आन्दोलन मंगलबार पनि गण्डकी प्रदेशभर देखिएको छ। सरकारीदेखि निजी अस्पतालसम्मका चिकित्सकहरू आफैँ सडकमा उत्रिएपछि कास्की लगायत गण्डकीका सबै जिल्लामा ओपीडी सेवा ठप्प रह्यो। पोखरा, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका अस्पताल, मेडिकल कलेज, क्लिनिक, नर्सिङ होमहरूमा आकस्मिकबाहेक सबै सेवा बन्द हुँदा बिरामीहरू उपचार नपाएर मर्कामा परेका छन्। पोखराको पृथ्वीचोकमा आज पनि संघ गण्डकीले विरोध प्रदर्शन गर्दै कोणसभा आयोजना गरेको संघले पोखराक्लिकलाई जनाएको छ । कोणसभामा बोल्दै संघका सल्लाहकार डा. बुद्धिबहादुर… पुरा पढौ

कास्की शाखालाई पत्रकार फुटसलको उपाधि

बागलुङ, २४ असार, नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ। आज सम्पन्न फाइनल खेलमा आयोजक बागलुङ शाखाको टिमलाई ६–५ गोल अन्तरले पराजित गर्दै कास्की शाखाले उपाधि चुमेको हो। कास्कीले उपाधि सहित ट्रफी मेडल प्रमण पत्र प्राप्त गरेको कास्कीका सचिव भूपाल गुरुङले पोखराक्लिकलाई बताए । कास्कीले समूह चरणपछि क्वार्टरफाइनलमा बाई पाएको थियो भने सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो। उता, बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै… पुरा पढौ

रसुवा घटनामा ५५ जनाको उद्धार, १८ जना अझै वेपत्ता नाम सहित, खोजी कार्य जारी

रसुवा, २४, असार बाढीका कारण रसुवामा हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना अझैसम्म वेपत्ता हुनु भएको छ । बेपत्ता हुनेमा ३ जना सुरक्षाकर्मी, नेपाली र चिनियाँ नागरिक सहित १८ जना अझै वेपत्ता हुनु भएको हो । विवरण सहित । पुरा पढौ

लेकसिटी कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

पोखरा, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ । कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शनिवार भएको कार्यक्रममा खादा र मायाको चिनोसहित उनीहरुलाई विदाइ गरिएको हो । कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समिति अध्यक्ष प्रा. डा. विश्वकल्याण पराजुलीले विद्यार्थीहरुलाई आगामी दिनका लागि शुभकामना दिँदै समाजको हितका लागि सदैव क्रियाशील हुन आग्रह गरे । समय अनुकुल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा कलेज प्रतिवद्ध रहेको बताउँदै… पुरा पढौ

विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भविष्य निर्माणतर्फको ठूलो कदम होः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखरा–९ स्थित श्री सहारा बाल आधारभूत विद्यालयमा नवस्थापित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै यसलाई बालबालिकाको उज्यालो भविष्य निर्माणतर्फको महत्वपूर्ण कदमको रूपमा टिप्पणी गरेका छन् । प्रयोगशाला शुभारम्भका साथै विद्यालयलाई विभिन्न दाताहरूको सहयोगमा प्राप्त प्रोजेक्टर, साउन्ड सिस्टम र फर्निचर सामग्रीको पनि औपचारिक हस्तान्तरण गरिएको उक्त कार्यक्रममा मन्त्री थापाले भने, “हामीले चाहेको परिवर्तन यस्ता विद्यालयमै हुन्छ, जहाँ विज्ञान पढिन्छ, प्रयोग गरिन्छ र बालबालिकाले भविष्य कोर्छन्।” उनले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्राथमिकता अनुसार… पुरा पढौ

कास्कीमा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया

२४ असार, पोखरा, कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको सन्दर्भमा कास्कीमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको निशुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुखद पक्ष भएको बताउनुभयो।प्रमुख पौडेलले २०८५ साल वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने… पुरा पढौ

गण्डकीमा उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत

पोखरा, गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम ९अपे्रन्टिशीप० कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ । शिक्षालय तर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानति… पुरा पढौ

रसुवामा चीनबाट आएको बाढी: १८ बेपत्ता, जलविद्युत् आयोजना र भन्सारमा क्षति

रसुवा, असार २४, चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परेर कम्तीमा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमध्ये ९ जना नेपाली, ६ जना चिनियाँ नागरिक र ३ जना नेपाली प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। एक जना प्रहरी भने नदीको बीच भागमा सुरक्षित रहेका छन् र उनीसँग सम्पर्क भएको बताइएको छ। त्यसैगरी नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद… पुरा पढौ

This will close in 20 seconds