समाचार

गण्डकी प्रदेश खेलकुद परिषदमा सदस्य मनोनयन, अधिकांश कास्कीका

पोखरा,३२, असार, तीन महिनादेखि रिक्त रहेको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य पदमा प्रदेश सरकारले नयाँ मनोनयन गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा परिषदमा नयाँ सदस्य हालै नियुक्त गरिएको हो। नयाँ सदस्यहरूले सोमबार पोखरामा आयोजित कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं परिषद अध्यक्ष विन्दुकुमार थापाको उपस्थितिमा परिषदका सदस्य सचिव श्रीधर शर्माले शपथ गराएका हुन्। प्रदेश खेलकुद विकास ऐन २०७७ र नियमावली २०७८ अनुसार रिक्त पदमा नियुक्ति गरिएको सदस्यसचिव शर्माले… पुरा पढौ

यातायात कार्यालयका कर्मचारी घुस सहित पक्राउ

पोखरा, ३१ असार, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखा कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पौडेलले सेवाग्राहीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा पनि सफल गरिदिने आश्वासन दिँदै नगद ७ हजार रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भयो । पक्राउ परेका पौडेल माथि अहिले आवश्यक अनुसन्धान कार्य… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने कथा प्रवचन शुरु

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रजचन शुरु भएको छ । आगामी साउन ३१ सम्म सञ्चालन हुने श्रमदवीचक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा वोल्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजलाई स्वच्छ बनाउन महत्वपूर्ण योगदान दिने बताए । समाजलाई अनुशासित बनाई सभ्य समाज निर्माण गर्न धार्मिक अनुष्ठाले महत्व राख्ने बताउदै पोखराको… पुरा पढौ

पोखराको पुरानो टुडिखेलमा तेस्रो ऐतिहासिक तिज महोत्सव हुने , संयोजकमा भानुभक्त अधिकारी चयन

पोखरा, ३१, असार पोखरा–१ मा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा तेस्रो ऐतिहासिक तिज महोत्सव हुने भएको छ। आउदो भदौ ६ गतेदेखि १५ गतेसम्म पोखराको पुरानो टुडिखेलमा महोत्सव सञ्चालन हुने भएको केन्द्रले जनाएको छ । आज पोखरामा सम्पन्न बैठकले महोत्सवको तयारी र समन्वयका लागि भानुभक्त अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिले महोत्सवको सफल आयोजना तथा व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउने भएको छ । संयोजक अधिकारीले महोत्सवलाई भव्य र सफल बनाउन सबै स्थानीय निकाय, सामाजिक संस्था, वडा… पुरा पढौ

सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल उद्घाटन

पोखरा,३१ असार पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो । अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा… पुरा पढौ

अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई

युएईलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई युएईको आबुधावीस्थित नेपाली राजदूतावासमा राजदूत तेजबहादुर क्षेत्री लगायत दूतावास परिवारले बिदाई गरेका छन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा हुन गईरहेको २०२५ वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको भूमिका निर्वाह गर्न अधिकारी सोमबार त्यस तर्फ प्रस्थान गरेका छन् । यही जुलाई १७ बिहीबारदेखि जुलाई १९ शनिबारसम्म हुने वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको भुमिका निर्वाह गर्न युएईबाट त्यस तर्फ… पुरा पढौ

सहारा क्लब र एजी एक्सप्रेस कार्गोबीच सहकार्य, अब प्रत्येक केजीमा क्लबलाई सहयोग

दीननाथ बराल,पोखरा, असार ३१, पोखराको सहारा क्लबले फेरि पनि समाजसेवाको यात्रामा एउटा महत्वपूर्ण कदम चालेको छ। आज क्लबमा आयोजित एक समारोहमा सहारा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एन्ड कुरियर कम्पनीका प्रतिनिधि तुलसी उप्रेतीबीच सहयोग सम्झौता भएको हो । अबदेखि विदेशमा सामान पठाउँदा प्रयोग हुने एजी एक्सप्रेसको सेवाबाट क्लबलाई पनि सहयोग पुग्नेछ। सम्झौता अनुसार, विदेशमा पठाइने सामग्रीको ग्लोबल सेल मूल्यअनुसार प्रति केजी पाँच रुपैयाँ क्लबलाई वार्षिक रूपमा प्राप्त हुने छ । साथै क्लबका सदस्य, सल्लाहकार र विदेशस्थित शाखा… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन, उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टि गर्न किसानको माग (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३१ असार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन गर्दा उत्पादित बस्तुको बजारीकरण तथा मुल्यको ग्यारेन्टि गर्न किसानले माग गर्नु भएको छ । पोखरा सहित कास्कीमा संचालन भएका विभिन्न योजना अन्र्तगत सोमबार ६ वटा योजनाको जम्बो टोलीद्धारा अनुगमन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=oNUbuo2eBA8 पोखरा लगायत कास्कीका विभिन्न स्थानमा सोमबार अनुगमन उक्त परियोजनाको तीन तहका सरकारका प्रतिनिधि सहित पत्रकारको टोलीले अनुगमन गरेको… पुरा पढौ

पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

पोखरा,३० असार श्रावण महिनमको प्रत्येक सोमबार पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबमको तयारी तीव्र बनाइएको छ । यस वर्षको श्रावण महिनामा चार वटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी अन्तिम चरणमा पुगेको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामले जनाएको छ । श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । यी चार दिनमा पोखरा १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको… पुरा पढौ

हाइकिङ मार्फत तारेभिर र कालाबाङ घरेडी बुद्धपार्कको प्रवद्र्धन

पोखरा, हाइकिङ मार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृङ्खला पोखरा–२२ मा रहेको तारेभिर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि हरेक महिनाको अन्तिम शनिबार गरिदैं आएको हाइकिङ भाग ६० मा पोखरा महानगरपालिका वडा नं. २२ को कालाबाङ घरेडी बाट पैदल यात्रा सुरु गरेर, भुम्दी, तारेभिर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर हाईकिङ कार्यक्रमको… पुरा पढौ

This will close in 20 seconds