समाचार

पोखराबाट भुटानका लागि असोज १२ गते देखि चार्टर्ड फ्लाइट सुरु हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १८ भदौ, पर्यटनको राजधानि पोखराबाट भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि भुटान एयरलाइन्सले आउँदो असोज १२ गते (सेप्टेमबर २८ तारिख) देखि चार्टर्ड फ्लाइट सुरु गर्ने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) को पहलमा पहिलो चरणमा ४ वटा उडान हुने जानकारी मंगलबार साँझ पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गराइएको हो । https://www.youtube.com/watch?v=VWdHLb_VJIE युटिटिका कार्यवाहक अध्यक्ष परासर प्रसाईले आफ्नो ५० वर्ष पुरानो कम्पनीले पोखराको पर्यटन सम्भावना देखेर सुरुमा ४ उडान गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले माग र व्यवसायीको… पुरा पढौ

कास्कीका पालिकाले जि.स.स.लाई एक प्रतिशत रकम नदिएको गुनासो

दीननाथ बराल, पोखरा, १७ भदौ, जिल्ला समन्वय समिति (जि.स.स.) कास्कीले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न कार्य प्रगतिसहित चालु आर्थिक वर्ष २०८२÷८३ का लागि तयार गरिएको कार्ययोजना सार्वजनिक गरेको छ । आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त योजना सार्वजनिक गरिएको हो । कार्यक्रममा जि.स.स. कास्कीका प्रमुख लिलाधर पौडेलले स्थानीय तहहरूले संकलन गर्ने राजस्वको १ प्रतिशत प्रशासनिक खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था भए पनि हालसम्म रुपा गाउँपालिकाबाट मात्र ६१ हजार रुपैयाँ प्राप्त भएको र बाँकी पालिकाबाट केही रकम नआएको गुनासो… पुरा पढौ

यु १४ फुटबल प्रतियोगिताछात्रातर्फ लिग चरण सुरु, छात्रको प्रिक्वाटरफाइनल सम्पन्न

पोखरा, पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ । मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ फिस्टेल एकेडेमीले शिशु कल्याण बोर्डिङ स्कुललाई २–१ गोलले हरायो । दोस्रो खेलमा कालिका माविले भद्रकालीलाई १–० ले हरायो । पोल बि तर्फ भएको खेलमा हेमजा बोर्डिङले बालोदयलाई २–० ले हराउँदा बालकल्याणले… पुरा पढौ

पोखरामा दोस्रो नेपाल खुला स्नूकर प्रतियोगिता सुरु (भिडियो सहित) , स्नुकर खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न मेयर आचार्यको आग्रह

दीननाथ बराल,पोखरा १७, भदौ, खेलकुदको शहर पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा मंगलबार देखि सुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा यही भदौं २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले स्नुकर खेल खेल्ने खेलाडीहरु समाजमा हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन… पुरा पढौ

रविन्द्र ढाटलाई शाक यान्त मुआथाईको सम्मान

पोखरा, म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन रविन्द्र ढाटलाई शाक यान्त मुआथाईले पोखरामा सम्मान गरेको छ । भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै ऐतिहासिक जित निकालेका उनी पहिलो नेपाली एमएफएन च्याम्पियन हुन् ।उनलाइ गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व मुख्यमन्त्री खगराज अधिकारीले सम्मान गरे । सम्मान गर्दै अधिकारीले खेलको माध्यमबाट नेपालको नाम उच्च बनाएको धन्यवाद व्यक्त गरे । उनले गण्डकी प्रदेश खेल पर्यटनको समेत राजधानि भएकाले प्रदेश सरकारले यसतर्फ ध्यान दिएको सुनाए । सम्मानित हुँदै ढाटले आफु एमएफाइटमा… पुरा पढौ

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

पोखरा, गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ चैत १५ गते सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो। सरोकारवाला, विज्ञ तथा सांसदहरूसँगको व्यापक छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको विधेयकलाई… पुरा पढौ

पोखरा– ३३ भरतपोखरीमा बागमारा महोत्सव

कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए कल्बका सचिव स्वागत भुसालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रको कला, संस्कृति र पर्यटनलाई प्रोत्साहन… पुरा पढौ

अल्फाबिटाको मल्टि सिटी एड्मिशन डे कार्यक्रम पोखरामा सम्पन्न

पोखरा, भाद्र १६, अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया, क्यानडा, युके, अमेरिका, जर्मनी, न्युजिल्याण्ड, जापान, भारत, थाइल्याण्ड र आयरल्याण्ड का विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका थिए । झण्डै तिन सय जना विद्यार्र्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा एभिला युनिभर्सिटी अमेरिका, फेडिरेशन युनिभर्सिटी अस्ट्रेलिया, युनिभर्सिटी अफ… पुरा पढौ

संघीय शिक्षा ऐनको विरुद्धमा निजी विद्यालयका वस सडकमा प्रदर्शन

पोखरा, नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान, अपेन र एनएएमले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका हुन् । यसैको विरोधमा सोमबार देशभरका निजी तथा आवसीय विद्यालयका वसहरु कालो झण्डा र कालो व्यानर सहित सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेका छन् । कास्कीमा पनि… पुरा पढौ

मुस्ताङमा चौथो संस्करणको “टप अफ द वल्र्ड गल्फ क्लासिक” हुने

दीननाथ बराल, पोखरा, १५ भदौ, संसारकै उच्च स्थानको गल्फ कोर्ष मुस्ताङ गल्फ कोर्षमा यही भदौं अन्तिम साता “टप अफ द वल्र्ड गल्फ क्लासिक”को चौथो संस्करण हुने भएको छ । मुस्ताङको लोवथाङमा यही भदौ २८ र २९ गते उक्त प्रतियोगिता हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यस वर्ष नेपाल, अमेरिका, भारतसहित विभिन्न देशका करिब ५५ देखि ६० जना गल्फरहरुले सहभागिता जनाउने अपेक्षा गरिएको मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले बताउनु भयो । नेपालका उत्कृष्ट ४… पुरा पढौ

This will close in 20 seconds