समाचार

बुधबारदेखि माछापुच्छ्रे गाउँपालिकामा सुरु हुने अध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पूरा (भिडियो सहित) प्रतियोगितामा महिला तर्फ ८ र पुरुष तर्फ १६ टिम सभागि हुने

दीननाथ बराल, पोखरा, कास्कीको माछापुच्छ«्रे गाउँपालिका–४, लाहाचोकमा यही चैत ११ गते (बुधबार) देखि चौथो संस्करणको माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ । माछापुच्छ«्रे« गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन उक्त प्रतियोगिता चैत १४ गतेसम्म संम्म संचालन हुने भएको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=De1kAEYVOd4 प्रतियोगितामा हालसम्म महिला तर्फ ८ र पुरुष तर्फ १६ टिमको सहभागिता रहेको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले… पुरा पढौ

पोखरामा बुधबारदेखि दोस्रो ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो हुने (भिडियो सहित),नेपालमा रहेका नयाँ ब्राण्डका गाडी पोखरामा

दीननाथ बराल, पोखरा ९, चैत, पर्यटनको राजधानि पोखरामा चैत ११ (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुती तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा चैत्र ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो सञ्चालन हुने आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=8C9RjOT48KY प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको यस कार्यक्रममा विभिन्न ३२ ब्रान्डका आधुनिक… पुरा पढौ

पोखरामा एक बृद्धको गाडीको ठक्करले मृत्यु

दीननाथ बराल,पोखरा ९, चैत, पोखरामा आज (सोमबार) हात्ती गाडी (सानो भेन) को ठक्करले पोखरा २० भलामका एक ज्येष्ठ नागरिक धर्म बहादुर बि.क.को मृत्यू भएको छ । पोखरा सभागृह चोकमा ग २ च २१६२ नम्बरको गाडीले बिहान ९ः४५ बजे ठक्कर दिँदा पैदल यात्री ६५ बर्षीय विकको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । सभागृह चोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको गाडीले जेब्राक्रस नजिकै विकलाई ठक्कर दिएसंगै उहाँको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा डा. अनिल सुवेदीको सहयोग

पोखरा, ९ चैत, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको फोटो पत्रकार अक्षयकोष’ मा डा. अनिल सुवेदी आर्थिक सहयोग गरेका छन् । कृषि वैज्ञानिक डा. सुवेदीले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । कृषि तथा वातावरण विज्ञ डा. सुवेदीले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुबलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (लि–बर्ड) का पुर्व कार्यकारी निर्देशक समेत रहेका डा. सुवेदीले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए… पुरा पढौ

जिल्ला खेलकुद विकास समितिले १७ वर्षपछि ‘वर्ष उत्कृष्ट खेलाडी’ सम्मान पुनः सुरु गर्ने

सागर सुनारपोखरा ९, चैत जिल्ला खेलकुद विकास समिति कास्कीले १७ वर्षपछि ‘वर्ष उत्कृष्ट खेलाडी’ सम्मान कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ। आज (सोमबार) सम्पन्न समितिको १२औँ बैठकले उक्त निर्णय गरेको समितिले जनाएको छ । समितिका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा बसेको बैठकले वर्ष खेलाडी छनोटका लागि सदस्य रामचन्द्र गिरीको संयोजकत्वमा छनोट समिति गठन गरेको छ। समितिको सदस्इ सचिवमा कार्यालय प्रमुख डिबी नेपाली, सदस्यहरू डिल्लीजंग गुरुङ, हिमाल गुरुङ, अशिम सुबेदी तथा खेलकुद पत्रकार मञ्चबाट एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।… पुरा पढौ

पोखराको प्याराग्लाईडिङ देखि अन्तराष्ट्रिय हवाई उडानको बिषयमा छिट्टै निर्णय लिने क्यानका नि.महानिर्देशक कर्णको भनाई (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ८ चैत, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले पोखराको प्याराग्लाइडिङ गतिविधिलाई विस्थापित नगरी व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गरिने बताउनु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) द्वारा आयोजित २१औं खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको शनिबार बेलुका पोखरामा सम्पन्न भएको समापन समारोहमा बोल्दै उहाँले पोखरेलीलाई अब हवाई उडान सम्बन्धी विषयमा चिन्ता नगर्न आग्रह गर्दै प्याराग्लाईडिङलाई विस्थापित नगरी व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गरिने बताउनु भएको हो । https://www.youtube.com/watch?v=3aL3zjBCuP4 पोखराको आकाशमा भइरहेको साहसिक खेल गतिविधिले… पुरा पढौ

एन्फाको निर्वाचनमा सहभागि नहुदा प्रदेश खेलकुद परिषदको चेतावनी

दीननाथ बराल, पोखरा ८, चैत, गण्डकी प्रदेशमा पनि फुटबल प्रशासन र आसन्न निर्वाचनलाई लिएर विवाद चर्किएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी ले आफ्नो मातहतका ११ जिल्लालाई अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा सहभागी नहुन औपचारिक निर्देशन दिएको छ । परिषद्ले कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ र स्याङ्जा जिल्लाका खेलकुद विकास समितिलाई पत्राचार गर्दै एन्फाको आसन्न साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचन कानुनी रूपमा मान्य नहुने स्पष्ट पार्दै उक्त निर्वाचनमा सहभागि नहुदा चेतावनी समेत… पुरा पढौ

आगामी बैशाख दुई गते देखि कास्की सहित देशभर आर्थिक गणना हुँदै

पोखरा ,चैत्र ८, राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजना जिल्लास्तरिय सचेतना गोष्ठी एबम अन्तरक्रीया तथा छलफल कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आर्थिक गणना देशभरमा संचालनमा रहेका आर्थिक क्रियाकलाप संचालन गर्ने आधारभुत बिबरण संकलन ,प्रशोधन ,विश्लेषण र प्रकाशन गर्ने हुँदा समग्र देशको आर्थिक र बिकासको परिसूचकको मापनमा महत्त्वपूर्ण हुने बताउनुभयो । पौडेलले गणना नेपालको वास्तविक अर्थतन्त्रको आकार निर्धारणका लागि थप प्रभाबकारी नीति निर्माणमा समेत… पुरा पढौ

सिर्जना बहिराका विद्यार्थीलाई एनआईएमबीको पोशाक सहयोग

लेखनाथ चैत्र ,८ एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो । विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती… पुरा पढौ

पूर्वी नेपालमा जाउँ है पोखरा अभियान

पोखरा, ८ चैत आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ । पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा आयोजना हुन लागेको २१ औं… पुरा पढौ

This will close in 20 seconds