समाचार

पोखरामा वसन्त महोत्सव विशेष सांस्कृतिक कार्यक्रम, नेपाल–चीन मित्रता सुदृढ गर्ने प्रतिबद्धता

पोखरा, मित्रराष्ट्र चीनको नयाँ वर्षका अवसरमा सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन राजधानी पोखरामा ‘वसन्त महोत्सव’ विशेष सांस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रममा चिनियाँ कलाकारहरूले गीत, संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नु भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वसन्त पर्व संस्कृति र परम्पराको उत्सव मात्र नभई नेपाल र चीनबीचको मित्रता तथा आपसी सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले यस पर्वले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्व, सहयोग र विश्वासको लामो इतिहासलाई जीवन्त बनाएको उल्लेख गर्नुभयो।मेयर आचार्यले… पुरा पढौ

अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा, २८ माघ, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा पोखरा कार्यालयले आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो । राज्यका निकाय, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकले आ–आफ्नो तहबाट भ्रष्टाचार न्यूनीकरणमा जिम्मेवारी बोधसहित भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि तत्परता र सक्रियता देखाउन जरुरी रहेको उहाँले… पुरा पढौ

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा,२८ माघ, कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य,… पुरा पढौ

कास्कीमा पहिलोपटक उज्यालो नेपाल पार्टीद्वारा २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (भिडियो सहित) पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानदेखि फोहोरको दिगो व्यवस्थापनसम्मका स्पष्ट योजना

दीननाथ बराल,पोखरा २७, माघ उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै गुरुङले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए। पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यका कारण पर्यटनको राजधानी बनेको सहर भएको उनको भनाइ थियो। https://www.youtube.com/watch?v=B05Cp52jAtI गुरुङका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा… पुरा पढौ

अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा हङकङको गोर्खा इन्टरनेशनल क्लव आयोजक सहारा क्लवसंग पराजित

दीननाथ बराल, पोखरा, २७ माघ, अन्तिम एक मिनेट सम्हालिन नसक्दा आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागि भएको पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल क्लव आयोजक सहारा क्लवसंग पराजित भएको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज(मंगलबार) साँझ भएको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको इन्जुरी समयमा सहाराका प्रशन्न श्रेष्ठले गोल गर्दै पोखरेली दर्शकलाई प्रशन्न बनाउनु भयो । ९० मिनेटको खेलमा थपिएको ४… पुरा पढौ

कास्कीमा संयोजक प्रचण्डद्वारा अगुवा कार्यकर्तामाझ सम्बोधन गर्नु हुने

पोखरा , आशन्न प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की जिल्लाका नेता तथा कार्यकर्तामाझ विशेष सम्बोधन गर्नुहुने भएको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम भोलि(बुधबार) बिहान ८ः३० बजे, पोखरा महानगरपालिका–जिरो कि।मि। स्थित गोल्डेन हाउस पार्टी प्यालेसमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिबारे स्पष्ट धारणा राख्नुका साथै आगामी निर्वाचनको रणनीति, पार्टीको दिशा तथा जनताको… पुरा पढौ

राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई पुरस्कृत, २५ जना सम्मानित नाम सहित

दीननाथ बराल,पोखरा २७, माघ, आहा १ रारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको अवसरमा आयोजक सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सहित आहा रारा पोखरा गोल्ड कप सफल पार्न सहयोग गर्नुहुने अन्य २५ जना व्यत्ति तथा संघ संस्थालाई सम्मान गरेको छ । पोखरा रंगशालमा आज९मंगलबार० देखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटनको अवसरमा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रिती राई नगद सहित सम्मान गरेको हो । खेलाडी राईलाई सम्मान पत्रको साथमा नगद ५१ हजार सहित… पुरा पढौ

नेकपा १ का उम्मेदवार राजकाजी गुरुङ समक्ष पोखरा २९ का स्थानियद्धारा सुकुम्बासी समस्या समाधान गर्न माग

पोखरा, नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं। १ का उम्मेदवार राजकाजी गुरुङले पोखरा महानगरपालिका वडा नं। २९ अन्तर्गत विभिन्न टोल र बस्तीहरूमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमअन्तर्गत मिलन आमा समूह, सैनिक बस्ती नवदुर्गा आमा समूह, दुर्गा आमा समूहलगायत विभिन्न आमा समूहहरूसँग भेटघाट गरिएको थियो। भेटघाटका क्रममा नवदुर्गा आमा समूहकी उपाध्यक्ष बबिता गुरुङले राष्ट्रलाई सही दिशातर्फ लैजान तमु समुदायबाट राजकाजी गुरुङलाई जिताउन आमा समूहले मत दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आमा समूहहरूले सामुदायिक भवन तथा खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न… पुरा पढौ

लेकसिटी स्टुडेन्ट वेलफेयर क्लबको अध्यक्षमा सफल सुवेदी

पोखरा, २६ माघ, विद्यार्थीहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा सामाजिक सेवामा सक्रिय रहने उद्देश्यका साथ पोखरामा ‘लेकसिटी स्टुडेन्ट वेलफेयर क्लब’ विधिवत् रूपमा स्थापना गरिएको छ । हालै सम्पन्न विशेष विद्यार्थी भेलाले सफल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको प्रथम उपाध्यक्षमा रोजिना वाग्ले र द्वित्तीय उपाध्यक्षमा पवित्रा सुवेदी चयन हुनुभएको छ । त्यसैगरी सचिवमा उमेन्द्र गुरुङ र सह–सचिवमा निश्चल उदास रहेका छन् । आर्थिक पारदर्शिताको जिम्मेवारी कोषाध्यक्षमा सन्देश शर्मालाई चयन गरिएको छ । क्लबलाई संस्थागत मार्गदर्शन… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौडमा २१ देशका म्याराथन सहित २१ इभेण्टमा ३ हजार ५ सय धावकले प्रतिष्प्रर्धा गर्ने, ७६ जना नगद सहित पुरस्कृत हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा २६, माघ, खेलकुदको शहर पोखरामा आउदो फाग्ुन २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ को तयारी पूरा भएको छ । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजनामा हुने उक्त म्याराथन (४२ किमि) सहितको २१ वटा इभेण्टको लागि आवश्यक तयारी पूरा भएको आज (सोमबार) पोखरा उधोग बाणिज्य संघको अमृतकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=PbZIIL9deaQ यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन… पुरा पढौ