समाचार

पोखरा रंगशालाको नेपथ्यको कन्सर्टमा एक करोड आम्दानी, क्रिकेटको क्रेज बढाउन नेपथ्यलाई प्रयोग गरेकै होः त्रिपाठी (भिडियो सहित)

दीननाथ बराल पोखरा, २३ कात्तिक, पोखरा रंगशालामा शुक्रबार साँझ सम्पन्न भएको नेपथ्य ब्याण्डको साङगीतीक कार्यक्रम अवलोकन गर्न ७ हजार ८ सय जनाले पोखरा एभेन्जर्सको जर्सी खरिद गर्नु भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ भन्ने नारासहित नेपाल प्रिमियर लिग (एनपिएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गरेको यस कन्सर्टका लागि दुई दिन अघि ६ हजार टिकट (जर्सी बुकिङ) भए पनि दर्शकको माग अनुसार शुक्रबार थप २ हजारको हाराहारीमा जर्सि बिक्रि गरिएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरा एभेन्जर्सले जनाएको छ… पुरा पढौ

एक्याप माछापुच्छ्रेको विकासमा बाधक भएको गुनासो (भिडियो सहित) माछापुच्छ्रेमा कृषि पर्यटनको अथाह सम्भावना

दीननाथ बराल,पोखरा, २३ कार्तिक, कास्कीको माछापुच्छ्रे गाउँपालिका भित्र रहेका धेरै पर्यटकीय गन्तव्य ओझेलमा परेको जनप्रतिनिधि तथा स्थानीयवासीले गुनासो गर्नु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे–६ ह्याङजाकोटमा आयोजित ‘माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पोखराको मुख्य बजार क्षेत्रसँग नजिक रहेर पनि गाउँपालिकाका आकर्षक गन्तव्य प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउनु भएको हो । https://www.youtube.com/watch?v=A-veyjAjSrM पर्यटनको राजधानि पोखरासंगै जोडिएको र सडक संजालको राम्रो पहुच भएको माछापुच्छ«ेका अधिकांश… पुरा पढौ

कास्की आइडलको पहिलो अडिसन सम्पन्न

पोखरा, कार्तिक २३, रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा… पुरा पढौ

कर्मचारी सहकारीमा पदम सर्वसम्मत

पोखरा, २३ कात्तिक, पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए । सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र… पुरा पढौ

कुमुदिनी होम्समा वादविवाद प्रतियोगिता

पोखरा, २३ कात्तिक, पोखरा महानगरपालिका–४ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिका अनुसार आइतबार तहगत रूपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । आज सम्पन्न पहिलो चरण अन्तर्गतको आधारभूत तह स्तरीय प्रतियोगिता विद्यालयकी आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । प्रतियोगितामा कक्षा ७ ‘ख’ का आदित्य खत्री प्रथम, कक्षा ७ ‘ग’ की संस्कृति गैह्रे द्वितीय, कक्षा ८ ‘क’ की प्रतिष्ठा के.सी. तृतीय र कक्षा ७ ‘क’ की आयुषा लामा सान्त्वना स्थानमा रहेका छन्… पुरा पढौ

पाल्पाली सहकारीको सातौं वार्षिक साधारणसभा

पोखरा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि., पोखराको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै पाल्पाली अग्रज व्यक्तित्व जनपुकार मुनकर्मीले देश–विदेशमा पाल्पाली जहाँ बसे पनि इज्जत र सानका साथ बस्ने गरेको बताए । उनले पाल्पाली समाज पोखरासँँगै पोखरामा सहकारी, पाल्पा हाउस र पाल्पाली कोलोनी स्थापना भएकाले आपसी सहकार्यमा अझै प्रगति गर्दै जानुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सञ्चालक समितितर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले आगामी आव २०८२÷०८३ का लागि विभिन्न प्रस्ताव पेस गरेका… पुरा पढौ

पोखराको सिर्जना बहिरा माविमा तीन दीनदेखि तालावन्दी

दीननाथ बराल,पोखरा २३, कार्तिक, पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा विगत ३ दिन देखि तालावन्दी भएको छ । बिद्यालयमा भएको अनियमितताको बिषयमा छानविन समितिले छानविन गर्न ढिलाई गरेको भन्दै बिद्याथीहरुले विहिबार सुरु गरेको अनिश्चितकालिन तालावन्दी आईतबार पनि जारी रहेको छ । बहिरा बिद्यार्थीहरुले आइतबार पनि प्ले कार्ड प्रर्दशन गरी बिद्यालयमा शांकेतिक रुपमा बिरोध प्रर्दशन समेत गर्नु भएको थियो । विहिबारदेखि बिद्यालयको सम्पूर्ण पठन पाठन प्रभावित भएको बिद्यालय प्रशासनले पोखराक्लिकलाई जनाएको छ । भदौं दोश्रो हप्तामा गठित छानविन समितिले दुई… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको साधारण सभा सम्पन्न, शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड

लेखनाथ, गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे । निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे । उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना… पुरा पढौ

नेलम्वोको सहारा विद्यालयमा ३ दिने शिविर सुरु

पोखरा, विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरा बसपर्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निःशुल्क दन्त र कानको शिविरका साथसाथै सचेतनामूलक कार्यक्रम सुरु भएको छ । ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन समारोहमा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र पक्षहरुवारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य राखेकी थिइन् । विद्यालयको सहयोगी संस्था सहारा क्लब पोखराका नव निर्वाचित अध्यक्ष केशव बहादुर थापाले नेलम्वो नेपाल संस्थाले विशेष… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा, कात्तिक २१, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका विज्ञान विषयसँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीमा नयाँ ज्ञानको खोजी गर्नका लागि विज्ञानसँग सम्बन्धित रहेर विभिन्न उपकरण र प्रोजेक्ट तयार पार्न लगाइएको थियो । तिनै सामाग्री र प्रोजेक्टलाई प्रदर्शनमा राखिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । प्रदर्शनीको प्रमुख अतिथि पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले उद्घाटन… पुरा पढौ