प्रमुख समाचार

सामाजिक सञ्जाल नचल्दा व्यवसाय प्रभावित, तत्काल निर्णय फिर्ता गर्न फिने गण्डकीको जोडदार माग

पोखरा २२ भदौ, पर्यटनको मुख्य सिजनका वेला सरकारले चालेको कदम प्रति गण्डकी प्रदेशका व्यवसायीहरुले आपती जनाएका छन् । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल निष्कृय पार्दा उक्त सामाजिक संजालबाटै व्यवसाय प्रबद्र्धन तथा प्रचार प्रसार गरेका व्यवसायीहरुले उक्त सामाजिक संजाल बन्द हुदा आफुहरुको व्यवसायमा ठुलो असर परेको गुनासो गरेका छन् । यसैबिच, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले उक्त निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको… पुरा पढौ

पर्वतीय दौड सफल पार्ने पर्यटन व्यवसायीको वचन, फाराम भर्ने म्याद भदौ २५ सम्म

पोखरा, २२ भदौ, विश्व पर्यटन दिवस अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरुले प्रभावकारी ढंगले सहयोग गर्ने वचन दिएका छन् । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिक प्रा.लि. संयुक्त आयोजनामा यही असोज ४ गते हुने प्रतियोगिता सफल पार्न आवश्यक सहयोग गर्ने उनीहरुले बताएका हुन् । केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा शनिबार छलफलमा व्यवसायीहरुले सरकारले हाल सामाजिक सञ्जाल फेसबुकसहित २६ सामाजिक सञ्जाल निष्कृय पारेकाले भाइवर र टिकटकलाई प्रतियोगिताको प्रचार माध्यम… पुरा पढौ

पोखरामा हुवावे सुपर ईभी चार्जिङ हब सञ्चालनमा, एकै पटकमा १० वटा गाडी चार्ज गर्न सकिने

दीननाथ बराल, पोखरा, भदौ २१, पोखरामा अत्याधुनिक प्रविधि सहितको सुपर फास्ट ईभी चार्जिङ स्टेशन संचालनमा आएको छ । पोखरा–सिमलचौर (राष्ट्र बैंक रोड) मा आधा मेगावाट (५०० किलोवाट) लोड क्षमताको सुपर फास्ट हब ईभी चार्जिङ स्टेशन शनिबार देखि सञ्चालनमा आएको हो । ४०० किलोवाट क्षमताको अत्याधुनिक हबमा एकै पटक १० वटा विद्युतीय सवारीसाधन चार्ज गर्न सक्ने क्षमता रहेको क्लिक इनर्जी (इनर्जी इन्भाइरमेन्ट कस्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि.) का अध्यक्ष महिला उद्यमी इन्दिरा शर्मा भण्डारीले बताउनु भयो । यस स्टेशनमा चौबिसै घण्टा चार्जिङ… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठक र सहारा उत्कृष्ट सदस्य गुरुङलाई

पोखरा, सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको… पुरा पढौ

पोखरामा इक्यान एजुकेसन फेयर सुरु, विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता

पोखरा, २० भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले… पुरा पढौ

पोखरामा एभरेस्ट महिला भलिबल लिग सुरु, साविक विजेता कर्णाली र उपविजेता ललितपुरको विजयी सुरुआत

दीननाथ बराल,पोखरा, २० भदौ, पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि एभरेस्ट महिला भलिबल लिग सुरु भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज कभर्डहलमा भएको उद्घाटन खेलमा साविक विजेता कर्णाली एसभिज र उपविजेता ललितपुर क्विन्सले विजयी सुरुआत गर्दै ३,३ अंक जोडेका छन् । पहिलो खेलमा प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको कर्णालीले घरेलु टोली पोखरा निन्जाजलाई सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२१ ले जित्दै लयमा आएको थियो । दोस्रो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै अग्रता कायम राखेको कर्णालीले अन्तिम सेटमा झनै… पुरा पढौ

पृथ्वी पत्रकारिता पुरस्कारबाट सुवेदी पुरस्कृत

पोखरा २०, भदौं, पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी होटल व्यवसायी समितिले आफ्नो १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनको उद्घाटन समारोहमा सुुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो । उनलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पान संयोजक गोपी बहादुर भट्टराई, पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ ,पूर्व अध्यक्ष बालकृष्ण न्युरे, नेपाल पत्रकार महासंघ… पुरा पढौ

होटल तथा रेष्टुरेण्टलाई कानूनि मापदण्ड पालना गर्न सुझाव, रेवान पोखराको ३१ औं बार्षिक साधारण सभा सम्पन्न

दीननाथ बराल, पोखरा १९, भदौं, पोखराका होटल तथा रेष्टुरेण्टहरुलाई कानूनि मापदण्ड पालना गर्न विहिबार पोखरामा आयोजना भएको एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन(रेवान) पोखराको ३१ औं बार्षिक साधारण सभाको विहिबार पोखरामा भएको उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले पोखराका केही होटल तथा रेष्टुरेण्टहरुमा कम उमेरका बालबालिकाहरु काममा लगाउने र न्यूनतम पारिश्रम समेत नदिएको गुनासो आएकोले होटल तथा रेष्टुेण्टहरुलाई वक्ताहरुले कानूनि मापदण्ड पालना गर्न चेतावनी दिनु भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले राज्यको… पुरा पढौ

महानायक हमालको टोलीलाई पराजित गर्दै पोखराका मेयर आचार्यको टिम विजयी, शुक्रबार देखि पोखरामा एभरेस्ट महिला भलिबल लिग

दीननाथ बराल, पोखरा, १९ भदौ, मैत्रिपुर्ण भलिवल खेलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको टोली विजयी हुनु भएको छ । पोखराको क्याम्पिङ चौरको भलिवल कोर्टमा विहिबार भएको खेलमा महानायक राजेश हमालको टोलीलाई २—१ को सेटमा पराजित गर्दै मेयर आचार्यको टोली विजयी भएको हो । पहिलो सेटमा पाजित भएको पोखराको टोलीले दोश्रो सेटमा सम्हालिदै तेश्रो सेटमा सहज जित हासिल गरेको हो । महानायक हमालको खेल हेर्न तथा कलाकारसँग सेल्फी खिच्ने दर्शकको केही समय भिडभाड भएको थियो । खेलकुदको शहर पोखरामा शुक्रबारदेखि दोस्रो… पुरा पढौ

एभरेष्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण

दीननाथ बराल,पोखरा १८, भदौं, एभरेष्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । यही भदौ २० देखि २८ गते सम्म पोखरामा नै हुन लागेको उक्त प्रतियोगिताको पूर्व अवसरमा पोखराको होम टिम पोखरा निन्जाजले ट्रफी अनावरण संगै ट्रफी टुर कार्यक्रम आयोजना गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ट्रफी अनावरण गर्दै पोखरामा भलिबल खेलको धेरै क्रेज र सम्भावना रहेको बताउनु भयो । उक्त खेलले भलिवल खेलको विकाससंगै महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मेयर… पुरा पढौ