जिवनशैली पत्रिका

कास्की आइडलको पहिलो अडिसन सम्पन्न

पोखरा, कार्तिक २३, रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा… पुरा पढौ

कर्मचारी सहकारीमा पदम सर्वसम्मत

पोखरा, २३ कात्तिक, पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए । सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र… पुरा पढौ

कुमुदिनी होम्समा वादविवाद प्रतियोगिता

पोखरा, २३ कात्तिक, पोखरा महानगरपालिका–४ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिका अनुसार आइतबार तहगत रूपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । आज सम्पन्न पहिलो चरण अन्तर्गतको आधारभूत तह स्तरीय प्रतियोगिता विद्यालयकी आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । प्रतियोगितामा कक्षा ७ ‘ख’ का आदित्य खत्री प्रथम, कक्षा ७ ‘ग’ की संस्कृति गैह्रे द्वितीय, कक्षा ८ ‘क’ की प्रतिष्ठा के.सी. तृतीय र कक्षा ७ ‘क’ की आयुषा लामा सान्त्वना स्थानमा रहेका छन्… पुरा पढौ

पाल्पाली सहकारीको सातौं वार्षिक साधारणसभा

पोखरा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि., पोखराको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै पाल्पाली अग्रज व्यक्तित्व जनपुकार मुनकर्मीले देश–विदेशमा पाल्पाली जहाँ बसे पनि इज्जत र सानका साथ बस्ने गरेको बताए । उनले पाल्पाली समाज पोखरासँँगै पोखरामा सहकारी, पाल्पा हाउस र पाल्पाली कोलोनी स्थापना भएकाले आपसी सहकार्यमा अझै प्रगति गर्दै जानुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सञ्चालक समितितर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले आगामी आव २०८२÷०८३ का लागि विभिन्न प्रस्ताव पेस गरेका… पुरा पढौ

पोखराको सिर्जना बहिरा माविमा तीन दीनदेखि तालावन्दी

दीननाथ बराल,पोखरा २३, कार्तिक, पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा विगत ३ दिन देखि तालावन्दी भएको छ । बिद्यालयमा भएको अनियमितताको बिषयमा छानविन समितिले छानविन गर्न ढिलाई गरेको भन्दै बिद्याथीहरुले विहिबार सुरु गरेको अनिश्चितकालिन तालावन्दी आईतबार पनि जारी रहेको छ । बहिरा बिद्यार्थीहरुले आइतबार पनि प्ले कार्ड प्रर्दशन गरी बिद्यालयमा शांकेतिक रुपमा बिरोध प्रर्दशन समेत गर्नु भएको थियो । विहिबारदेखि बिद्यालयको सम्पूर्ण पठन पाठन प्रभावित भएको बिद्यालय प्रशासनले पोखराक्लिकलाई जनाएको छ । भदौं दोश्रो हप्तामा गठित छानविन समितिले दुई… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजको साधारण सभा सम्पन्न, शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड

लेखनाथ, गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे । निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे । उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना… पुरा पढौ

नेलम्वोको सहारा विद्यालयमा ३ दिने शिविर सुरु

पोखरा, विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरा बसपर्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निःशुल्क दन्त र कानको शिविरका साथसाथै सचेतनामूलक कार्यक्रम सुरु भएको छ । ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन समारोहमा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र पक्षहरुवारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य राखेकी थिइन् । विद्यालयको सहयोगी संस्था सहारा क्लब पोखराका नव निर्वाचित अध्यक्ष केशव बहादुर थापाले नेलम्वो नेपाल संस्थाले विशेष… पुरा पढौ

करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई सम्मान लिन भ्याई नभ्याई

पोखरा, करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई यतिवेला सम्मान लिन भ्याई नभ्याई भएको छ । केही समय अघि स्पेनमा कराते खेलको मुख्यप्रशिक्षकको जिम्मेवार वहन गर्नु भएको रुम्बालाई पोखरा देखि हटौंडा हुदै काठमाण्डौंसम्म विभिन्न संघ संस्थाहरुले सम्मान तथा स्वागत गर्दा उहाँलाई हाल भ्याई नभ्याई भएको हो । यसैबिच, फुलकन्ट्याक्ट कराते महासंघले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव र पहिचान उच्च बनाउने खेलाडी, प्रशिक्षक तथा योगदानकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरेको छ। त्रिपुरेश्वर, काठमाडौंमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कराते खेलका समर्पित प्रशिक्षक देव कुमार… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा, कात्तिक २१, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका विज्ञान विषयसँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीमा नयाँ ज्ञानको खोजी गर्नका लागि विज्ञानसँग सम्बन्धित रहेर विभिन्न उपकरण र प्रोजेक्ट तयार पार्न लगाइएको थियो । तिनै सामाग्री र प्रोजेक्टलाई प्रदर्शनमा राखिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । प्रदर्शनीको प्रमुख अतिथि पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले उद्घाटन… पुरा पढौ

‘डुलुवा’ टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म, पोखराबाट विदाइ

पोखरा, २१ कात्तिक, पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ । २१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराइले टोलीलाई पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरुले डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका व्यान हस्तान्तरण गरे । उनीहरुलाई रेवान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराई,… पुरा पढौ