जिवनशैली पत्रिका

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल प्यानलको उम्मेदवारी घोषणा (भिडियो सहित)

दीननाथ बराल, पोखरा १, भदौं, पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पोखरेलले आफ्नो प्यानल घोषणा गर्नु भएको हो । हाल पोखरेल नेतृत्वले संघको पदाधिकारीमा मात्र आफ्नो टिमको उमेदवारी घोषणा गरेको हो । यही भदौं २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनका लागि पोखरेल नेतृत्व टीम संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको प्यानल बिच प्रतिष्प्र्रा हुने भएको छ । यद्यपी कार्कीले भने औपचारिक रुपमा… पुरा पढौ

गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम

पोखरा १, भदौं महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभुमिबाट… पुरा पढौ

साहित्य रत्न कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण

पोखरा १, भदौं, साहित्य रत्न पुरस्कारबाट कल्याण पन्त र रूना साहित्य पुरस्कारबाट असफल गौतम पुरस्कृत हुनु भएको छ । गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष साहित्यकार पन्त र मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार साहित्यकार एवं पत्रकार गौतमलाई शनिबार पोखरामा आयोजित एक समारोहबीच अर्पण गरिएको हो । साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित गरिने उद्धेश्यले सञ्चालित दुवै पुरस्कारको राशि जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको अध्यक्ष भानु भण्डारी क्षितिजले बताउनु भयो ।… पुरा पढौ

२२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु

दीननाथ बराल,पोखरा १, भदौं, २२ दिनमा पोखरामा डेंगु संक्रमणबाट एक महिला सहित तीन जनाको मृत्यु भएको छ । गत साउनको १० देखि ३१ गते सम्म पोखराका विभिन्न अस्पतालमा उपचार हुदै गरेका डेंगु संक्रमणका एक महिला सहित ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ । पोखराको फिष्टेल हस्पिटलमा पोखरा ५, प्रस्र्याङ बस्ने ५२ बर्षकी एक महिलाको डेंगु शंक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल अधिकृत यामनाथ बरालले बताउनु भयो । त्यसै गरी पोखरा १२ बस्ने ४० बर्षका… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रेट्रोफिटिङ भएका केही भवन हस्तान्तरण नहुँदा दैनिक १ सय ५० जना सेवाग्राही प्रभावित

दीननाथ बराल,पोखरा ३२, साउन, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रेट्रोफिटिङ भएका केही भवन हस्तान्तरण नहुँदा दैनिक जसो १ सय ५० जना सेवाग्राही प्रभावित हुनु भएको छ । अस्पतालमा दातृ निकाय बेलायत सरकार (डिएफआइडी) ले दिइएको आर्थिक तथा प्राविधिक सहयोग रोकिएपछि हाल केही रेट्रोफिटिङ भएका भवनहरु समयमै हस्तान्तरण हुन नसक्दा दैनिक १ सय ५० जनालाई वेड(शैया) उपलब्ध गराउन नसक्दा अस्पतालको विभिन्न सेवाबाट बन्चित हुनु परेको अस्पताल श्रोतले जनाएको छ । गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पताल जहाँ हाल ३ सय ८० शैया संचालन भए… पुरा पढौ

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा ३२, साउन, नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको… पुरा पढौ

सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा

पोखरा ३२, साउन, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे । “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न… पुरा पढौ

पोखराको क्याटवाक क्लवले दोस्रो वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने

पोखरा ३१, साउन पोखराको क्याटवाक क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बार्षिकोत्सवको अवसरमा रंक्तदान तथा निःशुल्क आँखा परिक्षण लगायतका कार्यक्रम गर्ने भएको हो । पछिल्लो समयमा निकै चर्चामा रहेको तथा युवा पुस्ताको रोजाइमा परेको क्याटवाक क्लबले भदौ १ गते रक्तदानसँगै निःशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न भएको क्लवले जनाएको छ । क्याटवाकले यस अघि विभिन्न सामाजिक कार्यक्रममा सरिक हुदै सहयोग गर्दै आएको छ । पुरा पढौ

‘दिलसरा’ले दर्शकको दिल जित्नेछः प्रभावशाली महिला बन्न प्रेरणा दिनेछ

कविता घर्तीमगर,पोखरा ३१, साउन, । सबै समुदायले विगतदेखि नै आफ्ना समुदायको कला, भाषा, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई संरक्षण र उजागर गर्न विभिन्न तवरबाट प्रयास गर्दै आइरहेका छन् । यसै क्रममा मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदै छ । चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रदेश प्रमुख समक्ष प्रस्तुत

पोखरा, ३१ साउन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा ९पौडेल० ले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक कामकारबाहीमा पूर्ण जिम्मेवार रहने बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारलाई कानुनी सवालमा कहिँकतै चुक्न नदिई सजग गराउन मुख्य न्यायाधिवक्ताको भूमिका रहन्छ । कानुनको व्यवहारिक प्रयोगमा सुधार गर्दै जानुपर्ने विषयमा पनि राय प्रदान गर्नेमा… पुरा पढौ