जिवनशैली पत्रिका

लगानी विस्तार गर्दै अंशुभरा, लेकसाइडमा “३१ एभिन्यु” आउँदै

पोखरा २, भदौं, अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको… पुरा पढौ

सिटीवान टेलिभिजनले तेस्रो संस्करणको तीज गीत मेला गर्ने

पोखरा २, भदौ गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राख्नुभयो । पहिलो… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको साधारणसभा

पोखरा २, भदौं, बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २६ औ साधारणसभा सम्पन्न भएको छ ।एसोसियसनको साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले ब्यवसायीले आफ्नो ब्यवसायलाई सबल र सुदृढ गर्ने सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउदै अहिलेको समयमा ग्राहक र ब्यवसायी विच चित्र र चरित्र एउटै हुन सके मात्र सम्बन्धमा सुधार भई ब्यवसाय लामो समय सम्म टिकाइ राख्न सम्भव रहने बताए । बर्षेनि राज्यको एक खर्व भन्दा बढि रकम बाहिर गइरहेको भन्दै उहाँले आफ्नो धर्तिमा कर्म… पुरा पढौ

नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

पोखरा २, भदौं, नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन पोखरा पाँचौ इकाई अधिबेशनले निरोज खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो। समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल सह(सचिब राजन बाबू ढुंगाना र कोषाध्यक्षमा बिनाय श्रेष्ठ , सह (कोषाध्यक्षमा उत्तम सुबेदि चयन भएका छन्। यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ , रेशम बिष्ट चयन भएका छन । कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका उपाध्यक्ष डा।… पुरा पढौ

पाल्पाको लाखे नृत्य अवलोकन गर्दै हजारौं पोखरेली सहभागि (डिभियो सहित)

दीननाथ बराल,पोखरा, १, भदौं, पाल्पाको लाखे नृत्य अवलोकन गर्दै शनिबार हजारौं पोखरेलीले साथ दिएका छन्। पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रर्दशन गरिएकोले हजारौं पोखरेलीले साथ दिएको आयोजक सटिजन फर्निचरका संचालक दीपक कार्कीले पोखराक्लिकलाई बताए । न्यूरोडस्थित सिटिजन फर्निचर परिसरको सडकमा बेलुका ८ः०० बजे देखि राति १०ः३० बजेसम्म उक्त नाच प्रर्दशनी गराइएको उनले जनाए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजा सहित टोलीले साथ दिएको थियो । युवा व्यवसायी कार्की आफैं पनि भैरवस्थानका… पुरा पढौ

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल सुरु

पोखरा, १ भदौ, पोखरा महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज ९शनिबार० देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए । थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्यो । तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्यो । चौथो खेलमा ढिकी… पुरा पढौ

एन प्याव्सन कास्कीद्धारा अभिभावकलाई अभिमुखीकरण

पोखरा, १ भदौ , नेशनल प्याव्सन कास्कीले अभिभावकलाई प्रशिक्षण दिएको छ । एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत कक्षा ८ मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा १ हजार २ सय जना अभिभावकको सहभागिता रहेको थियो। विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धि गर्न अभिभावकको जिम्मेवारीको विषयलाई लिएर अभिभावकलाई अभिमुखीकरण गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो । ‘विद्यार्थीको पहिलो पाठशाला घर हो । आफ्ना वावु नानीका विषयमा अभिभावकले पनि निगरानी राख्नुपर्दछ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष अधिकारीले भन्नुभयो,‘अभिभावकलाई जिम्मेवारीबोध गराउनका… पुरा पढौ

श्रीमदवीतकमा सहयोग रकम आउने क्रम जारी

पोखरा १, भदौं, पोखराको रत्नचोकमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड संगै विभिन्न संघ संस्था तथा ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट सुरु भएको एक महिने श्रीमदवीतक चर्चाको २४ औ दिन समाजसेवी डब्लू टू गम बहादुर गुरुङले ५० हजार, डीज्नील्याण्ड एकेडेमी पोखरा ७ बाट २५ हजार ५ सय ५५, चिउलीपार्चे तमु समाज पोखरा १२ बाट २५ हजार, विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश बहादुुर श्रेष्ठका श्रीमती… पुरा पढौ

मैत्रीपुर्ण खेलको उपाधि खेल पत्रकारलाई

पोखरा १, भदौं, खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलको उपाधि खेल पत्रकारले चुमेको छ ।पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा खेल पत्रकारको टिमले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोलअन्तरले हराउन सफल भएको हो । खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टिमले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गर्न सफल भएको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पुरा गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल गरे । मञ्चका लागि विरेन पुलामी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल प्यानलको उम्मेदवारी घोषणा (भिडियो सहित)

दीननाथ बराल, पोखरा १, भदौं, पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पोखरेलले आफ्नो प्यानल घोषणा गर्नु भएको हो । हाल पोखरेल नेतृत्वले संघको पदाधिकारीमा मात्र आफ्नो टिमको उमेदवारी घोषणा गरेको हो । यही भदौं २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनका लागि पोखरेल नेतृत्व टीम संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको प्यानल बिच प्रतिष्प्र्रा हुने भएको छ । यद्यपी कार्कीले भने औपचारिक रुपमा… पुरा पढौ