जिवनशैली पत्रिका

२६ औं लामाचौर तीज महोत्सव सुरु

पोखरा, १९ भदौ, नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघमा ४ जना पदाधिकारी सहित ७ जना निर्वीरोध निर्वाचित

पोखरा १८, भदौं, पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा ४ जना निर्विरोध चयन हुनु भएको छ । यसरी सर्वसम्वत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बाँस्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध हुनु भएको हो । मंगलबार उम्मेदवारी फिर्ता र उम्मेदवारको नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठले बताउनु भयो । निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवारी दर्ता भएको थियो भने सोमबार दाबी विरोधको समय दिइएको थियो । उक्त पदमा भने ४ जनको मात्र उम्मेदवारी… पुरा पढौ

कोन सहकारीमा तीज कार्यक्रम

पोखरा, १८ भदौ पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सामाजिक उत्तर दायित्व अन्तर्गत मंगलवार तीज विशेष कार्यक्रम सम्पन्न भयो । वडा नं १३ का वडा सदस्य सुचित तामाङले शेयर सदस्य उर्मिला बस्नेतलाई तीजको उपहार दिएर कार्यक्रमको उद्घाटन गर्नु भयो । वडा सदस्य तामाङले तीज कार्यक्रम मनाउँदा तडक भडक नगरी सरल तरिकावाट मनाउन अनुरोध गुर्न भयो । शेयर सदस्यलाई पैसा बचत गर्ने बानी बसाल्न सहकारीले मनि पर्स उपहार दिएको सदस्य… पुरा पढौ

पोखराको रामबजारमा ३३ औं संस्करणको तिज गित प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा १८, भदौ, राम मन्दिर माछापुच्छ्रे महिला समूह पोखरा १०, १५ को आयोजना महिलाहरुको महान पर्व हरि तालिका तिज पर्वको अवसरमा ३३ औं संस्करणको तिज गित प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा, पोखराको घरना समुह हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा यही भदौ २१ गते उक्त प्रतियोगिता हुने भएको राम मन्दिर माछापुच्छ्रे महिला समुहका अध्यक्ष एवं मुल समारोहका अध्यक्ष माया गुरूङ (भुजेल) ले बताउनु भयो । प्रतियोगितामा विजेतालाई नगद २५ हजार, उपविजेतालाई २०, तेश्रो हुनेलाई १५ हजार शान्त्वनालाई… पुरा पढौ

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्छ : मन्त्री थापा

पोखरा १८, भदौं, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे । “हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढीरहेका… पुरा पढौ

ओझेलमा परेका तिर्थस्थल चिनाउन पोखरामा कोटि होम हुने

पोखरा, १७ भदौ, पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्री सहितको विराट धन धान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो । सोमबार कोटी होमबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशक पछि पोखरामा कोटी होम हुन लागेको बताए । पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमिहुँदै जाँदापोखरा… पुरा पढौ

पोखराको लामाचौरमा राष्ट्रिय भलिबल भोलि देखि, महिला तर्फको उद्घाटन खेलमा गण्डकी र एपिएफ भिड्ने

पोखरा, १७ भदौ, लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले टाइसिट सार्वजनिक गरेको छ । मंगलबार बिहान ८ बजे महिलातर्फ उद्घाटन खेलमा एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २… पुरा पढौ

मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

दीननाथ बराल, पोखरा १७, भदौ, गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ । आज (सोमबार) अपरान्ह मन्त्री मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले जनाएको छ । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो । नेकपा एमालेका ४ जना मन्त्रीलाई आज नै मुख्यमन्त्री पाण्डेले नियुक्ति गर्नु भएको थियो । उहाँहरुको सपथ ग्रहण पश्चात मन्त्री गुरुङ सपथ… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीद्धारा सपथ ग्रहण

दीननाथ बराल,पोखरा, १७ भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरु नियुक्त भएसंगै उहाँहरुले आज नै सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गरेसंगै सोमबार नै उहाँहरुले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालयको सभा हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेलाई ४ सहित ९ मन्त्रालय हुने

दीननाथ बराल,पोखरा १६, भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेलाई ४ सहित ९ वटा मन्त्रालय बनाइने भएको छ । गण्डकी प्रदेशको आइतबार (आज) बसेको क्याविनेट बैठकले प्रदेशमा हाल कायम रहेको ७ मन्त्रालयबाट थप २ मन्त्रालय बढाई ९ मन्त्रालय पुर्याउने निर्णय गरेको हो । नेपाली कागेंसको भागमा ५ मन्त्रालय परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । मन्त्रालय ७ वटा भए पनि संरचना भने ९ मन्त्रालयमा मन्त्री बाहेक अन्य संरचना भएकोले प्रदेशको खासै धेरै आर्थिक व्यहभार… पुरा पढौ