पोखरा, २२ भाद्र, पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता ९भगिनी सम्बन्ध० कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गर्नुभएको हो । दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै…
पुरा पढौ